सुत्केरी हुन आउने महिलाका आफन्तले पानीसमेत लिएर आउनुपर्ने

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

डडेल्धुरा,बैशाख १३ । सदरमुकाममा खानेपानीको अभाव बढ्दै जाँदा जिल्ला अस्पताल बैतडीले सुत्केरी हुन आउने महिलाका आफन्तलाई पानीसमेत लिएर आउन अनुरोध गरेको छ । एकजना महिलालाई अस्पतालमा सत्केरी गराउँदा सामान्य अवस्थामा कम्तीमा ६० लिटर र शल्यक्रिया गरे चार सय लिटर जती पानी आवश्यक पर्ने भएकाले साथमा आउने आफन्तलाई पानी लिएर आउन अनुरोध गरिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ । अस्पतालमा पर्याप्त खानेपानी अभाव र अस्पतालको एम्बुलेन्स समेत बिग्रिएकाले पानी बोक्ने साधन नहुँदा यसरी अभिभावकको सहारा लिनुपर्ने वाध्यता आएको स्वास्थ्य कार्यालय प्रमुख डा। गुणराज अवस्थीले बताउनुभयो । सुत्केरी हुन आउने महिलाले प्रोत्साहन स्वरुप एक हजार पाउने भए पनि आफन्तले भने पानीका लागि सास्ती खेप्नुपरेको छ ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस