गहभरी आँसु पार्दै फुटबल छाडे बेकह्यामले (फोटो फिचरसहित)
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
५ जेठ, काठमाडौं । डेभिड बेकह्यामले आफ्नो फुटबल करियरको सुखद अन्न्त्य गरेका छन् । इङ्ग्ल्याण्डका पूर्व कप्तान बेकह्याम व्यवसायिक फुटबल करियरको अन्तिम खेल्दा पेरिस सेन्ट जर्मेन्नले लिग वानमा ब्रेस्टलाई ३–१ ले पराजित गरेको छ । जसमा कप्तानको समेत भूमिका निभाएका ३८ वर्षीय बेकह्यामले एक गोलको पास उपलब्ध गराएका थिए ।
१९ वर्षपछि लिग वान च्याम्पियन बनेको पेरिस सेन्ट जर्मेन्नले बेकह्यामलाई आगामी सिजन पनि फुटबल खेलाउन चाहेपछि उनले सन्यास लिएका हुन् । खेल सकिएपछि पेरिस सेन्ट जर्मेनका खेलाडीहरुले बेकह्यामलाई हावामा फल्दै खुसी मनाए भने बेलायतको झण्डा ओढेका बेलह्यामले उपाधि उचालेर खुसी मनाए ।
मैदान छाड्दै गर्दा उनले गहभरी आँसु पारेका थिए, जहाँ उनलाई श्रीमती भिक्टोरिया र छोराछोरीले साथ दिए । उनलाई दुबै क्लबका खेलाडी र समर्थकले स्ट्याण्डिङ अभिएसन दिएका थिए । आफूप्रति देखाएको सम्मानप्रति आभार व्यक्त गर्दै बेकह्यामले भनेका छन्–‘मेरो फुटबल करियरलाई यहाँ अन्त्य गर्नु विशेष रह्यो । यो भन्दा विशेष केही हुन सक्दैन ।’ उनले २२ वर्षे फुटबल करियर अन्त्यका लागि यो सही समय भएको समेत बताए । खेलको सुरुदेखि मैदान छाड्दासम्म बेकह्याम निकै भावुक देखिएका थिए ।
गत जनबरीमा मात्र पेरिस सेन्ट जर्मेन आएका बेकह्यामले ४ सय ६० मिनेट मैदानमा विताएका छन् । बेलायतका लागि १ सय १५ क्याज जितेका बेकह्यामले म्यानचेष्टर युनाइटेडबाट क्लब फुटबल सुरु गरेका हुन् । उन ४ देशको लिग जित्ने पहिलो इङ्ग्लिस फुटबलर हुन् ।

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |