अति भएपछि पतिकै घरअगाडि सातादेखि धर्ना (घरमा यातना होइन, सम्मान दिइयोस् )- भिडियो हेर्नुहोस

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)


सप्तरी,जेठ ३ । सप्तरी कञ्चनपुर गाविस-२ की नितु गुप्ता रौनियारले आ फ्नै पतिको घरअगाडि एक सातादेखि धर्ना दिइरहेकी छिन् । माग छ- घरमा यातना होइन, सम्मान दिइयोस् ।

सिन्दुर, रातो चुरा र रातै सारी लगाएर धर्नामा बसिरहेकी नितुलाई रौनियार सेवा समितिले साथ दिएको छ । उनीसँग स्थानीय महिला र पुरुषहरू पनि धर्नामा बसिरहेका छन् ।

१३ असार ०६८ मा सप्तरीको कञ्चनपुरनिवासी सुमित गुप्ता रौनियारसँग खोजपुर गाविस-७ की नितुको बिहे भएको थियो । झन्डै ३५ लाख खर्चिएर भएको सो बिहेपछि सुमितले पत्नी नितुलाई एक वर्षसम्म राम्ररी राखेका थिए । काठमाडौंमा बस्दै आएकी नितुलाई सुमितले अचानक माइत पठाए । आफूलाई तिरस्कार किन गरियो भन्नेसमेत बुभ\mन नपाएको उनको गुनासो छ । नितु स्नातक अध्ययनरत छिन् ।

नेपाल टेलिभिजनका प्राविधिक सुमितले श्रीमतीलाई अस्वीकार गरेपछि स्थानीयसमेत नितुको पक्षमा उभिएका हुन् । समाजको समेत सहयोग पाएपछि आफूले न्याय पाउने उनको आत्मविश्वास छ । ‘मेरो के गल्ती ? जसरी उहाँले राख्नुभयो, त्यसरी नै बसेँ,’ घरअगाडि धर्ना बसेकी नितुले भनिन्, ‘बिहेपछि एक वर्षसम्म काठमाडौंमा सँगै राख्नुभयो, पछि आएर अचानक राख्न नसकिने भनेपछि बज्रपात नै भयो, अन्त्यमा मलाई त्यहाँबाट माइती आउनुपर्‍यो, पतिले मलाई राख्नुपर्ने मेरो माग छ ।’

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस