सडकबाटै संविधान लेख्ने अध्यक्ष वैद्यको चेतावनी
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
७ जेठ, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्ना माग सुनुवाई नगरेमा आन्दोलनका बलमा सडकबाट संविधान लेखिने बताउनु भएको छ ।
सहिद कृष्ण सेन ‘ईच्छुकको’ स्मृतिमा निर्मित नाटक ‘उनी मरेका छैनन्’को प्रदर्शनीको शुभारम्भ गर्दै अध्यक्ष वैद्यले २५ बुँदे बाधा-अड्काउ फुकाउ खारेज नभएसम्म देशले निकास पाउन नसक्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “गोलमेचसभा गरी दलहरूबीचबाटै नयाँ प्रधानमन्त्री चयन गरेर , विगतका कमी कमजोरी सच्याउँदै नयाँ संविधान लेख्ने प्रक्रियामा अगाडि बढाउनुपर्छ ।”
अध्यक्ष वैद्यलेले २००७ सालको क्रान्तिदेखि नेपाली जनतालाई पटक-पटक धोका दिइएको उल्लेख गर्दै फेरि पनि नेपाली जनतालाई धोका दिने षड्यन्त्र भइरहेको बताउनुभयो । उहाँले नेपाली जनतालाई फेरि धोका दिइए त्यो आफूहरूलाई सहृय नहुने बताउँदै त्यसो गरिए सडकबाटै नयाँ संविधान बनाउँने र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने जिकिर गर्नुभयो ।
इच्छुक बहुमुखी प्रतिभाका धनी भएको चर्चा गर्दै अध्यक्ष वैद्यले उहाँको शहादतले नेपालको वामपन्थी आन्दोलन र प्रगतिशील साहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |