६ असार, काठमाण्डौं । अमेरिकी डलरको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।
बिहीवारका लागि नेपाल राष्ट्र बैंकले ९४ रुपैयाँ २५ तोकेको भए पनि बाणिज्य बैंकहरुमा कारोबार गर्दा सर्वसाधारण ९५ रुपैयाँको हाराहारीमा तिर्नुपर्ने हुन्छ ।
करिव दुई महिनायता नेपाली रुपैयाँ डलरको तुलनामा निरन्तर कमजोर हुँदै आएको छ । भारतमा आयत बृद्धिसँगै डलरको माग बढेकाले भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर हुँदै गएको छ । जसको सिधा असर नेपाली रुपैयाँ पनि पर्ने गर्छ ।
राष्ट्र बैंकले बिहीवारका लागि तोकेको बिनिमय दरमा बाणिज्य वैंकहरुले सामान्य फेरबदल गर्न पाउँछन् । उनीहरुले भारतको बजारको उतारचढावका आधारमा आफ्नो दर दिनभरजसो परिवर्तन गरिरहन्छन् ।
डलरको निरन्तर महंगो हुँदै जाँदा बिदेशमा काम गर्ने नेपालीहरुलाई फाइदा भएपनि आयातमा टिकेको नेपाली अर्थतन्त्रलाई भने घाटा लाग्नेछ । यसले भारतबाहेकका देशबाट आउने इलेक्ट्रोनिक्स, लत्ताकपडा, मोबाइल लगायतका बस्तुका भाउ नेपाली बजारमा बढ्ने छ । Onlinekhabar

४ असार, काठमाडौं । जहाज अभावमा साख गुमाउँदै गइरहेको नेपाल बायुसेवा निगमले दुई नयाँ जहाज खरिदका सवैभन्दा महत्वपूर्ण मानिएको खुडकिलो पार गरेको छ । दुई जहाज खरिदका लागि ऋण दिन सैद्धान्तिक सहमति जनाएको कर्मचारी संचय कोष र निगमवीच मंगलबार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतासँगै निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसका दुई सानो आकारका जहाज किन्ने प्रकृया अगाडी बढेको छ । सरकारको जमानतमा कोषले निगमलाई एयरबस खरिदका लागि १० अर्ब रुपैयाँ ऋण दिने भएपछि २०७१ फागुन महिनामा पहिलो जहाज नेपाल आइपुग्ने भएको छ ।
ऋण सम्झौतापत्रमा निगमका प्रबन्ध निर्देशक मदन खरेल र सञ्चय कोषका कृष्णप्रसाद आचार्यले हस्ताक्षर गर्नुभयो । निगमले एयरबससँग ३२०-२०० सिरिजका दुई ‘न्यारो बडी’ विमान खरिद गर्न गत चैत २३ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार निगमले वैशाखमा बैनास्वरुप ५ लाख डलर एयरबसलाई पठाएको थियो । एयरबसले दूई चरणमा नेपाललाई विमान उपलब्ध गराउने सम्झौता भएको छ । पहिलो जहाज नेपाल भित्रिएको २ महिनापछि दोश्रो जहाज दिने एयरबसले बाचा गरेको छ ।
कोषले ऋण प्रदान गर्नका लागि निगमले खरिद गर्ने दुई विमान, निगमको न्युरोडस्थित केन्द्रीय कार्यालय र सिनामंगलको जग्गा धितोमा राख्ने भएको छ । निगमले १२ प्रतिशत ब्याजमा ऋण लिन लागेको हो । सम्झौतापत्रमा निगमले व्यापारीक उडान सुरु गरेको १५ वर्षभित्र ऋण चुक्ता गर्नुपर्ने उल्लेख छ । निगमले ऋणको ब्याजमात्र १ अर्ब २० करोड रुपैयाँ बुझाउनुपर्ने हुन्छ । सम्झौताअनुसार निगमले त्रैमाषिक रुपमा कोषलाई ३५ करोड रुपैयाँका दरले बुझाउनुपर्छ । निगमले असोज, पुस, चैत र असारमा किस्ता बुझाउने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
विमानको समष्टिगत बीमालेखा निगमले आफ्नो खर्चमा खरिद गर्नुपर्ने भएको छ । निगमले टिकट बिक्रिबाट प्राप्त हुने कुल आम्दानीको ३० प्रतिशत रकम कोषले तोकेको बैंकमा विशेष कोष खडा गरेर मासिक रुपमा जम्मा गर्नुपर्ने हुन्छ । कोषमा महिनाको १५ करोडका दरले जम्मा गर्ने र तीन/तीन महिनामा कोषको ऋण तिर्ने व्यवस्था गरिएको छ । जहाज खरिद भएपछि नेपालको पर्यटन विकासमा थप टेवा पुग्ने निगमका महाप्रबन्धक मदन खरेलले बताउनुभयो ।
निगमलाई उपलब्ध गराएको १० अर्ब रुपैयाँ ऋणमा निगमलाई जोखिम नरहेको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताउनुभयो । कोषको आम्दानी बढाउन ऋण प्रवाह गरेको उहाँले बताउनुभयो ।

३ असार, काठमाडौं । ठूलो रकमको कारोबार गर्ने ब्रोकर कम्पनीले सोमबार कारोबार गर्न नपाएपछि नेपाल स्टक एक्सचेन्जमा तुलनात्मक कम रकमको कारोबार भएको छ । यद्यपि बल्कमा सेयर खरिदबिक्रीले भने निरन्तरता पाएको छ । सेयर धितो राखेर कर्जा लिने ऋणीले सेयर लिलामी हुनबाट रोक्न आफैं बिक्री गरेर ऋण चुक्ता गर्न थालेका छन् ।
आज सेयर खरिदबापतको पैसा समयमा भुक्तानी नगरेको कारण सात वटा कम्पनीको कारोबार नेपाल स्टक एक्सचेन्जले रोक्का गरेको थियो । आइतबार ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो भने आज ७८ कम्पनीको ३ करोड ७७ लाखको मात्र कारोबार भएको छ । बल्कमा कारोबार भएका कम्पनीको सेयर मूल्य घटेको कारण नेप्से परिसूचकमा १.५४ अंकले गिरावट आई ४९३.३७ अंक कायम भएको छ ।
बैंक अफ काठमाण्डूको सेयर मूल्य हिजोको तुलनामा ४ रुपैयाँ घटेर प्रतिकित्ता ५७० रुपैयाँको दरमा १३ लाख ७२ हजारको कारोबार भएको छ । सिभिल बैंकको सेयर पनि १ रुपैयाँ घटेर १४८ रुपैयाँका दरले १७ लाख ३५ हजारको बिक्री भएको छ ।
चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४ रुपैयाँ घटेर ११३५ रुपैयाँको दरले २१ लाख ४६ हजारको बिक्री भएको छ । एभरेष्ट बैंकको सेयर ९० लाख रुपैयाँको बिक्री भएको छ । यो बैंकको सेयर १५२५ रुपैयाँमा कारोबार भएर अन्तिम एउटा कारोबार मात्र १५३९ रुपैयाम्ा भएको कारण हिजोको तुलनामा १४ रुपैयाँ बढेको छ ।
आइएलएफसीओ फाइनान्सको १२६ रुपैयाँको दरमा २५ लाखको कारोबार भएको छ । यो कम्पनीको ठूलो कारोबार कहिलेकाहीं मात्र हुने गर्दछ । नबिल बैंकको सेयर पनि १८ रुपैयाँ घटेर १७२० रुपैयाँको दरले २५ लाखकै बिक्री भएको थियो । बंगलादेश बैंकको सेयर ५ रुपैयाँ घटेर १९४ रुपैयाँको दरले २३ लाख कित्ता बिक्री भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा पनि २ रुपैयाँ घटेर ७२२ रुपैयाँको दरमा १७ लाखको बिक्री भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ११३९ रुपैयाँको दरमा २१ लाखको बिक्री भएको छ । नेपाल लाइफको मूल्य भने २ रुपैयाँले बढेको छ । प्राइम बैंकको पनि ५ रुपैयाँ घटेर ३२१ को दरमा १८ लाखको कारोबार भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको मा १२ लाखको कारोबार भएको छ । चार्टर्ड बैंकको कारोबार पनि १८०० रुपैयाँमा भएर अन्तिममा एक कारोबार १ रुपैयाँ बढाएर गरिएको कारण अघिल्लो दिनको तुलनामा १ रुपैयाँ बढेको छ ।

# Onlinekhabar