५ साउन, काठमाण्डौं । वैदेशिक रोजगारीमा समस्या परेर बेखर्ची भएर फर्केका पीडित पुरुष कामदारलाई आश्रय दिन राजधानीमा ‘सुरक्षित गृह (सेल्टर होम)’ खुलेको छ । महिला सुरक्षित गृहहरु सञ्चालन हुँदै आए पनि पुरुष सुरक्षित गृह यो पहिलो हो ।
साउदी अरबबाट फर्केका कामदारले ४ बर्षदेखि खोलेको एक संस्था ‘प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)’ ले अन्य संस्थाको आर्थिक तथा भौतिक सहयोगमा गृह सञ्चालन गरेको हो । त्यसको भाडा तिर्न एनआरएन कतारले २ लाख रुपैयाँ र ‘सुरक्षित आप्रवासन परियोजना’ सामीले वेड, कुर्ची, फर्निचर, किचन सामाग्री, रंगरोगन, टीभीलगायतका भौतिक सहयोग दिएको छ । गृहमा ३ कोठामा १० बेड छन् । धोबीखोला नजिक मध्यबानेश्वरको देवीनगरस्थित भद्रघले बहुमुखी क्याम्पससँगै एक घरमा बिहीबारदेखि गृह सञ्चालनमा आएको कान्तिपुर दैनिकमा खबर छ । ‘३० बेडसम्म बनाउने योजनामा छौं’ पीएनसीसीका अध्यक्ष महेन्द्र पाण्डेले भने, ‘यो बस्न मात्र होइन पीडित कामदारलाई परेका समस्यामा सहयोग पुर्याउन पनि हो ।’
पीएनसीसीले पीडित र बेखर्ची भई खाना बस्न र घर जानबाट रोकिने अवस्था भएका कामदार २ सातासम्म गृहमा राखी कानुनी, स्वास्थ्य लगायतका उपचार र निकायसँग समन्वय गराउने भएको छ । सेल्टरका होम संयोजक देवीप्रसाद खत्रीका अनुसार पीडित कामदारलाई चिया, खाजा, खाना, व्यक्तिगत सरसफाइका सामग्री र सञ्चार सम्पर्क गर्ने संस्थाले बेहोर्ने छ । - Onlinekhabar.com

६ असार, दोहा । कतारमा भएको माइक्रोभ्यान दुर्घटनामा तीन नेपाली कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
कम्पनीमा काम गरेर सनैयास्थित क्याम्पमा र्फकने क्रममा सल्वारोडमा भएको माइक्रोभ्यान दुर्घटनामा बृजनाथ पण्डित, कृष्ण राजबंशी र पशपल धमलाको मृत्यु भएको स्थानीय पेनेसुला दैनिक पत्रिकाले जनाएको छ । मृत्यु हुने नेपालीहरुको ठेगाना खुल्न सकेको छैन ।
दुर्घटनामा घाइते भएका १३ नेपालीको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । टायर पड्किएपछि नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ ।

२ असार, दोलखा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका दोलखा मालीका एक युवाको मृत्यु भएको तीन महिना बितिसक्दा पनि उनको शव स्वदेश ल्याइएको छैन । फागुन १० गते सवारी दुर्घटनामा मृत्यु भएका माली- ८ का लालबहादुर बस्नेतको शव अहिलेसम्म पनि ल्याउन नसकिएको हो । मृत्यु भएको तीन महिनासम्म पनि उनको शव नेपाल ल्याउन नसकिएपछि पीडितका परिवारजन चिन्तित बनेका छन् ।
मृतक युवकको शव झिकाउन सम्बन्धित मेनपावर, परराष्ट्र कन्सुलर, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलगायतलाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको मृतकका काका ज्ञानबहादुर बस्नेतले गुनासो गर्नुभयो । मृतक बस्नेतको शव साउदीस्थित एक अस्पतालमा राखिएको र उनी कार्यरत कम्पनीले शव बुझ्न नमानेका कारण समस्या भएको बताइएको छ । विसं २०६९ वैशाखमा काठमाडौँस्थित नाइल इन्टरनेसनल ओभरसिजमार्फत साउदी अरब पुगेका बस्नेतको काम सुरु गरेको नौ महिना नपुग्दै दुर्घटनामा परी मृत्यु भएको थियो । रासस

१७ जेठ, काठमाण्डौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कामदार लैजान लिने कोरिया भाषा परीक्षा -केएलटी) अक्टुबरमा गर्ने तयारी गरेको छ । कोरियाले यस बर्षको भाषा परीक्षामा करिब ८ हजार २ सय नेपालीलाई उत्तीर्ण गर्ने भएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा कोरिया मानब संसाधन विकास (एचआरडी) ईपीएस सेन्टर नेपालका निर्देशक लि दोङ सिर्कले यस बर्षको कोरिया भाषा परीक्षा अक्टुबरमा गर्ने तयारी भइरहेको जानकारी दिएको खबर कारोबार दैनिकले छापेको छ । ‘मे २१ तारिखमै भाषा परीक्षा गराउने गरी मिति तोक्ने तयारी थियो,’ उनले भने, ‘तर, नेपालको श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले धेरै कामदार कोरिया जाने योग्यसूची (रोस्टर) मा रहेकाले अहिले नगर्न आग्ह गरेपछि केही समय धकेलिएको हो ।’
अक्टुबरमा भाषा परीक्षाको तयारी भएको भन्दै निर्देशक सिर्कले श्रम मन्त्रालयसँग छलफल गरेर मिति तय गरिने जानकारी दिए ।

१० जेठ, क्वालालम्पुर । विदेश आएर खुरुखुरु आफनो काम गरेर पैसा कमाउने वेलामा साथी साथी विच लडेपछि कस्तो दुख पाईएला । तपाईले कल्पना गर्नु भएको छ । यदि छैन भने अव सुन्नुस । घटना गएको दशैको दिन जोहोरको पेकननासमा रहेको एक कम्पनीमा कार्यरत नेपालीको हो । दशैको दिन कम्पनीमा भएका साथीहरु रमाईलो गर्दै दशै मनाईरहेको थिए ।
यहि रमाईलो गर्ने क्रममा तारापाल गाविस वडा न ९ वर्दियाका वल वहादुर सुनुवार र संखुवासभाका प्रदिप केसिको सामान्य भनाभन भयो । सामान्य भनाभनले अलि ठुलो रुप लिन थाले पछि दुवै पक्षका साथीभाईहरु जम्मा भए । त्यहाँ रहेको स्थानियवासिले भने त्यो कुरा मनपराएनन र प्रहरीलाई खवर गरे । प्रहरीले एकएक गर्दै धेरै जनालाई पक्राउ गर्यो र प्रहरी कार्यालयमा पुर्यायो । कोहिका साहुहरु अलि राम्रा थिए आफना कामदारहरुलाई प्रहरी कार्यालयवाट निकालेर काममा लगाए भने केहिलाई तुरुन्तै नेपाल पठाईयो ।

तर तारापालका वल वहादुरलाई भने नत कम्पनीले वास्ता गरयो नत अन्य कुनै निकायले । उनलाई जेलवाट निकाल्ने प्रयास सात महिनासम्म पनि कहि कतैवाट नभएपछि केहि साथीहरुले उनको खोजीनिति गर्न थाले । खोजीनिति गर्दै जाँदा वल वहादुरले पेकननासमा रहेको जेलमा वन्दि जीवन विताईरहेका रहेछन । त्यसपछि कम्पनीमा काम गर्ने साथी खिमानन्द भण्डारी, पेकनासमै एभरेष्ट रेष्टुरण्ट सन्चालन गरेका वस्नुभएका गणेश गुरुङ र छविलाल गिरीको पहलमा उनलाई नेपाल पठाउने तयारी भएको छ । आउदो जुन ३ तारिखमा वल वहादुर नेपाल र्फकदै छन । विदेशमा भगडा गरेर सात महिनासम्म दुःख पाएकोमा वल वहादुर अहिले निकै पछुतो लागिरहेको छ ।
तबल बढेको छैन, बढ्ता पैसा नतिर्नोस् : कार्यबाहक राजदूत
१० जेठ, क्वालालम्पुर । मलेसियामा नेपाली कामदारको न्यूनतम तलव ९ सय रिंगेट पुगेको भनिए पनि अझै ६ महिनासम्म नेपाली कामदारले न्यूनतम तलव नपाउने भएका छन् । तलब बढेको भ्रममा परेर म्यानपावरलाई बढ्ता पैसा नतिर्न नेपाली राजदूतावासका अधिकारीले आग्रह गरेका छन् । मलेसिया सरकारले शुरुमा विदेशी कामदारका लागि पनि न्यूनमत ९ रिंगेट तलब लागू गर्ने घोषणा गरेको थियो । मासिक ५ सय४६ रिंगेट न्यूनतम तलब पाइरहेका नेपाली त्यो खबर सुनेपछि हौसिएका थिए ।

सुरुमा केही कम्पनीले न्यूनतम तलब कार्यन्वयन गरे पनि अधिकांश रोजगारदाताको अवरोधपछि अहिले मलेसियामा कार्यरत नेपाली कामदारहरुले पुरानै सम्झौताअनुसार तलब पाइरहेका छन । मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराईले व्यवहारिकरुपमा नेपाली मजदुहरुले बढेको तलव पाउन नसकेको बताउनुभयो । ‘स्पष्ट भाषामा भन्दा अहिले मलेसियामा नेपाली कामदारहरुको न्यूनतम तलब बढेको छैन ।’ भट्टराईले भन्नुभयो-’मलेसिया सरकारले सन् २०१४ बाट त्यो निर्णय कार्यान्वयन गर्छौं भनेको छ, सरकारको अर्को निर्णय नआएसम्म भन्न सकिन्न ।’
म्यानपावरको ठगी
नेपालमा म्यानपावर कम्पनीहरुले भने मासिक ९ सय रिंगेट तलव पुगेको भन्दै महंगो शुल्क उठाउने गरेको राजदूत भट्टराईले बताउनुभयो । ‘सुरुसुरुमा यहाँ रहेका नेपाली कामदारहरुमा कन्फ्युजन थियो, कतिपय कम्पनीमा कामदार आन्दोलनमा पनि उत्रिए । तर, पछि सरकारले सन् २०१३ भरि तलव बढाउन नसक्ने भनेपछि अहिले त्यति धेरै समस्या छैन’- भट्टराईले भन्नुभयो- ‘मुख्य समस्याचाहिँ अहिले पनि नेपालमा म्यानपावरहरुले मासिक ९ सय रिंगेट तलव पाइन्छ भन्दै कामदारबाट बढी पैसा असुलिरहेको पाइएको छ ।’
सेक्युरिटी गार्डमा काम लगाइदिने भन्दै दुईदेखि साढे दुई लाख रुपैयाँसम्म तिरेका पीडित दूतावाससम्म आइपुगेको भन्दै उहाँले भन्नुभयो-’मलेसियामा न्यूनतम तलव बढेको छैन, नेपाली कामदारहरुले पुरानै तलब पाएका छन, त्यसैले बढी तिरेर आउनु हुँदैन, यो कुरा कामदारले प्रष्ट बुझ्न जरुरी छ । त्यो बुझिएन भने गरिव नेपाली कामदार आफ्नो घरखेत गुमाउनुपर्नेे खतरा छ ।’ अहिले पनि दूतावासमा स्वीकृतिका लागि आउने डकुमेन्टमा मासिक ९ सय रिंगेट तलव उल्लेख हुने गरेको तर ब्यबहार लागू नभएको भन्दै राजदूत भट्टराईले दोहोरो सम्झौता मलेसियाका श्रमिकका लागि मुख्य समस्या भएको बताउनुभयो ।
दबावमा दूतावास
करिव ५ लाख नेपाली कामदार रहेको मलेसिया विगत १३ महिनादेखि राजदूतविहीन छ । दूतावासको नेतृत्व गरिरहनुभएको छ, उपनियोग प्रमुख लेखनाथ भट्टराईले । ७ जना कर्मचारीका भरमा चलिरहेको राजदूतावासमा अहिले कामको चर्को दबाब छ । साँझ ५ बजे अनलाइनखबर प्रतिनिधि राजदूतावास पुग्दा कर्मचारी काममा व्यस्त थिए भने २०-२५ जना कामदार पासपोर्ट लिने लाइनमा बसिरहेका थिए । ‘साँझ ८ बजेसम्म सेवाग्राहीहरु लाइनमै हुन्छन’-भट्टराईले भन्नुभयो-’१० बजेअघि हामी घर पुग्न पाउँदैनौं ।’ शनिबार र आइतवारजस्ता बिदाको दिनमा पनि दूतावासका कर्मचारी आन्तरिक काममा खटिने गरेको उहाँले जानकारी दिनुभयो । दूतावास रहेको भवनमा कार्यालय समयपछि र बिदाको दिनमा एसी सुविधा काटिन्छ । तर, पनि दूतावासका कर्मचारी पसीना पुछ्दै काम गरिरहेका हुन्छन् ।
दूतावासका अनुसार अहिले पनि दैनिक एक सय जनाको पासपोर्ट बनाइरहेको र ३० जना जतिको यात्रा अनुमतिपत्र जारी गरिरहेको छ । त्यसबाहेक नेपाली कामदारका समस्या सुन्ने, समाधान गर्ने, नयाँ कामदारका माग स्वीकृत गर्ने लगायतका कामको चाप पनि उत्तिकै छ । राजदूतको कार्यकक्षका टेवल, सोफा, दराज सवै पासपोर्ट बनाउने डकुमेन्टले भरिएका थिए । ‘मेरो टेलवमा पासपोर्टको यो चाङ कहिले पनि घट्दैन’ टेबलतिर देखाउँदै भट्टराईले भन्नुभयो ।
रोजगारका लागि कोरिया आएका एक नेपाली मंगलबार बिहान मृत फेला परेका छन् ।२ वर्ष अघि रोजगार अनुमति प्रणालीबाट कोरिया आएका गुल्मी हर्दीनेटाका २३ वर्षीय अर्जुन पन्त नजिकैको पार्कमा झुण्डिएको अवस्थामा यसरि मृत भटिएका हुन्।
पन्थ कोरियाको थेगुस्थित मिहोङ सानप नामको एक कपडा उत्पादन कम्पनीमा काम गर्दै आएका थिए । प्रारम्भीक अनुसन्धानमा आत्माहत्या भएको हुन देखिएको मृतकका नजिकका साथीलाई उदृत गर्दै नेपाली संपर्ग समितिका अध्क्षय लोचन राईले बताएका छन् ।
पन्त केही समय देखि मानशिक तनावमा रहेको र घर जानका निम्ति साहुसँग बिदा माग गर्दै आएका थिए भने कम्पनीले बिदा दिँदै नेपाल जानका लागि शुक्रबारको टिकटको ब्यवस्था मिलाएको थियो ।

लुभेन । नेपालका असाहय, गरिव तथा सडक बालबालिकाहरुको शिक्षा तथा स्वास्थ्यमा क्षेत्रमा सहयोगार्थ बेल्जियममा साँस्कृतिक कार्यक्रम गरिएको छ । चितवन सहायता कोष बेल्जियमको आयोजनामा आइतवार नेपालका ख्याती प्राप्त गायक रामकृष्ण ढकाल तथा गायिका मालिका कार्कीको उपस्थितिमा बेल्जियमको लुभेन शहरमा एक भब्य साँस्कृतिक कार्यक्रम गरिएको हो ।
पहिलो चरणको औपचारिक कार्यक्रम अन्तर्गत सभापतिको आसनबाट संस्थाकी अध्यक्ष श्रीमती पार्वती अधिकारीले चितवन सहायता कोष बेल्जियम बिशुद्ध सामाजिक सेवामा समर्पित भइ नेपालमा परोपकारी क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । उहाँले साँस्कृतिक कार्यक्रमबाट आएको रकम पनि बिगतको जस्तै सामाजिक कार्यमा खर्चिने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूताबास बेल्जियमका द्वितीय सचिव लक्ष्मण खनालले चितवन सहायता कोष बेल्जियमले नेपाल र नेपालीप्रति गरेको मानवीय कार्यको सराहना गर्दै परदेशको अति ब्यस्त समयका बाबजुत पनि संस्थाले नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरेको सहयोग प्रति प्रशंसा गर्नु भयो । कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकदिर्धाहरुलाई स्वागत गर्दै संस्थाको तर्फबाट शान्ति भट्टराईले स्वागत मन्तब्य राख्नु भएको थियो ।
उक्त पहिलो चरणको कार्यक्रम सस्थाका सदस्य विश्व अर्यालले संचालन गरेका थिए भने कार्यक्रममा एन आर एन बेल्जियमका आई सी सी सदस्यत्रय रबिन्द्रमान श्रेष्ठ, अर्जुन कुमार श्रेष्ठ, पिजी शेर्पा लगायत नेपाली संघ सस्था का अध्यक्ष तथा प्रतिनिधि साथै अन्य नेपाली हरुको उपस्थिति रहेको थियो । दोश्रो चरणको साँस्कृतिक कार्यक्रममा नेपालबाट आउनु भएका ख्याती प्राप्त सुमधुर तथा कर्ण प्रिय स्वरका धनि गायक रामकृष्ण ढकालको अति मर्म स्पर्शी गीतहरुको माध्यमबाट उपस्थित दर्शकहरु मन्त्रमुग्ध बनेका थिए भने अर्की चर्चित गायिका मल्लिका कार्कीले समेत आफ्नो गीत प्रस्तुत गरेकी थिईन । 3 साँस्कृतिक कार्यक्रम अन्तरगत यूरो नेपाल कलाकार संघ बेल्जियमका कलाकारहरुले समेत आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने पछिल्लो चरणको साँस्कृतिक कार्यक्रम सोफिया महर्जन कार्कीले संचालन गरेकी थिईन । कार्यक्रमा नेपालीहरुको उल्लेखीय उपस्थित रहेको थियो ।
५ जेठ, क्वालालम्पुर । मलेसियामा एक नेपाली कामदारको ज्यान गएको छ । पाल्पा जिल्ला अर्गली-५, घर भई क्वालालम्पुरमा रहेको एलाईट सेक्युरिटी कम्पनीमा गार्डको रुपमा कार्यरत अन्दाजी ३२ वर्षीय श्रीधर थापाको शनिवार विहान सुतेकै अवस्थामा ज्यान गएको हो ।
शुक्रवार राति १० वजेसम्म नियमित डिउटी गरी थापा राति ११ वजेतिर कोठमा आएर सुतेका थिए । शनिवार विहान डिउटि जाने समय हुँदासम्म पनि नउठेपछि साथीहरुले उठाउन खोज्दा उनको ओछ्यानमै ज्यान गएको थियो ।
हाल उनको शवलाई पोसमार्टमको लागि स्थानिय अस्पतालमा लगिएको छ । थापा ५ महिना अगाडि हिमरक ओभरसिज मार्फत रोजगारीको शिलशिलामा मलेसिया आएका हुन् ।