नरोक मलाइ म नयाँ नेपाल बनाउने हतारमा छु //
औधी माया गर्छु देशलाई त्यसैले साउदी कतारमा छु //
न गर्छु आफु केहि गर्छु त मात्रै गाली नेतालाई
बाँजो छ सुन फल्ने बारी म सस्तो श्रम बजारमा छु //
धेरै भयौ दाजु भाइ आमा हाम्री एउटी थिइन्
भाइ पिच्छे चाहियो रे आमा अब टुक्रा पर्ने बिचारमा छु //