शशांक कोइराला, कांग्रेस नेता
वीपी कोइरालाका छोरा एव्र नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । ‘जुन दिन ३ करोड जनताले हामीलाई राजा चाहिन्छ भन्छन्, राजा फेरि पनि फर्किएर आउँछन् ।’ कोइरालाले बीसीसी नेपाली सेवाका लागि रवीन्द्र मिश्रसँग कुरा गर्दै भन्नुभयो-’म तपाईलाई प्रष्ट भनिदिन्छु कि हुनसक्छ भोलि हामीले पुनः राजालाई ल्याएर राष्ट्र बचाउनु पर्छ ।’

बीबीसीलाई कोइरालाले दिनुभएको अन्तरवार्ता यस्तो छ-
नेपाली कांग्रेस र देशको वर्तमान परिस्थितिलाई हेर्दा तपाईलाई तपाईको बुबाले अख्तियार गरेको सिद्धान्त ठीकजस्तो लाग्छ कि त्यसलाई तोडेर काका गिरिजाप्रसाद कोइरालाले लिएको बाटो ठीकजस्तो लाग्छ ?
-म अहिले पनि वीपी कोइरालाको लाइनमा विश्वास गर्छु । कारण के छ भन्दा बीपी कोइरालाले जहाँसम्म राष्ट्रियताको कुरा हो, मेरो र राजाको एउटै ठाउँ छ र जहाँसम्म लोकतन्त्र प्रजातन्त्रको कुरा हो, मेरो विवाद छ भन्ने कुरा गर्नुभएको थियो । अहिलेको अवस्थामा तपाईले हेरिहाल्नु भो होला कि गत १० वर्षमा हामी कतातिर गइरहेका छौं ? २ सय ४० वर्षको राजतन्त्र पनि समाप्त भो । मेरो धारणा के हो भने यो दुर्भाग्यवस जुन परिस्थिति जन्मनुपथ्र्यो त्योबेला, सहमतिको परिस्थिति, मेलमिलापको परिस्थिति ०६२/६३ को आन्दोलनभन्दा पहिले । त्यो बेलाको माओवादीसँग पनि वार्ता गरेर नै उनीहरुलाई टेवलमा ल्याउनुपर्ने एउटा अवसर चाहीँ आएको हो । दोषी त सबै छन् यसमा, तर राजनीतिक बाटो यस्तो समाप्त भयो २ सय ४० वर्षको राजतन्त्र । हो त्यसबेला मलाई लाग्छ, गिरिजाप्रसाद कोइरालाले अठोट लिएर अर्कै बाटो लिएको भए सायद अर्कै परिस्थिति बन्थ्यो । तर, दुर्भाग्यवस बाध्य भएर कांग्रेसले पनि बाटो परिर्वतन गर्नुपर्यो । अहिले हामीले सच्याएनौं भने यो झन दुर्भाग्यपूर्ण हुनसक्ने म देखिराको छु ।
सच्याएन भने दुर्भाग्यपूर्ण हुन्छ भन्नु भो, वीपी कोइरालाले लिएको नीति ठिक थियो भनेर पनि भन्नु भो । अब अहिलेको परिस्थितिमा तपाईले त्यो कसरी सच्याउनु हुन्छ ?
-वीपी कोइरालाले सबैभन्दा पहिले उच्चारण गर्ने शब्द थियो राष्ट्रियता । अहिले राष्ट्रियताको बारेमा कोही प्रश्न पनि गर्दैनन्, चासो पनि राख्दैनन् । जातीय हिसावले देशको बाँडफाँड गर्नुपर्छ भन्ने कुराहरु आइराखेको छ । राष्ट्रियता यति कमजोर भएर गएको छ । जहाँसम्म त्यो बेला राजा थिए, वीपी कोइरालाले भन्नुभो राष्ट्रियताको बारेमा । राजाले राष्ट्रियता जोगाउँछ, किनभने जब राष्ट्र नै हुँदैन भने राजा कहाँको । त्यसैले उसको पनि इन्ट्रेस्ट हुन्छ । अहिले कस्तो देखियो भने राष्ट्रियता हैन कि महत्व भएको छ जातिको । सबैले आफ्नो आफ्नो डम्फु मात्र बजाइरहेका छन् । जब कि नेपालका लागि चिन्ता गर्नु पर्ने हाम्रो राष्ट्र हो, हामीले चलाउनु पर्छ । यो चिन्ता अब भएन भने राष्ट्र विखण्डनतिर जान्छ ।
आउँदो चुनाव छ, संविधानसभाको । यसमा दुईवटा कुरा छ। एउटा संविधानसभाको चुनाव हुन्छ कि हुँदैन, नभएको खण्डमा अर्को समस्या उत्पन्न भो । भएको अवस्थामा पनि संविधान लेखिन्छ कसरी ? भन्दाखेरि हामी झनझन ओझेलमा परिरहेका छौं । यो दुर्भाग्य हो । अब हामीले प्रस्थान गर्ने विन्दु भनेको यो राष्ट्र बनाउने र संविधान दिने । यो दुईवटा प्रमुख एजेण्डा म देखिरहेको छु ।
शशांक जी, अब राष्ट्र बचाउने भन्दा तपाईको बुबा वीपीले लिएको बाटोमा र्फकनुपर्छ, गल्ती सच्याउनु पर्छ भन्ने हो ?
-गल्ती त सुधार्नै पर्छ । हामीले गल्ती गरेका पनि छौं, नगरेका हैनौं । तर, मैले यो भन्न खोजेको हैन कि राजतन्त्र नै ल्याउनुपर्छ । त्यसलाई रिभाइव गर्ने नगर्ने जनताको कुरा हो । जुन दिन ३ करोड जनताले हामीलाई राजा चाहिन्छ भन्छन्, राजा फेरि पनि फर्किएर आउँछन् । म तपाईलाई प्रष्ट भनिदिन्छु कि हुनसक्छ भोलि हामीले पुनः राजालाई ल्याएर राष्ट्र बचाउनु पर्छ । तर, त्यस्तो अवस्था म अहिले देखिराको छैन । त्यस्तो परिस्थिति आएको खण्डमा, मधेसीहरुले टुक्राउन खोजे, जातीय हिंसातिर गयो भने, अहिले नै दुईवटा ‘एक्स्िट्रम थट’हरु आइसके, एउटा हैन यो मुलुक नै टुक्राएर मात्र हुन्छ भन्ने । अर्को हैन अब राजालाई नै ल्याउनु पर्छ भन्ने पनि एक्स्िट्रम हो । यो आउने सम्भावना देखिराको छु । जुन इमेज नेपाली कांग्रेसले दिएको थियो, त्यो विस्तारै विस्तारै धमिलो हुँदै गएको छ । त्यसलाई हामीले सच्याउनुपर्छ ।
तपाईले जनतामा कांग्रेसको एउटा छवि थियो भन्नुभो । छवि हुनका लागि दलको एउटा निश्चित परिचयको अवश्यकता पर्छ । ०६२/६३ को जनआन्दोलनपछि जब नेपाली कांग्रेस माओवादीको एजेण्डामा हिड्यो । त्यसपछि कांग्रेसको छवि के छ ? परिचय के छ ?
-हो, एउटा कमन एजेण्डा के भइदियो भने राजा फल्ने । त्यो गिरिजाप्रसाद कोइरालाको एक किसिमको राजनीतिक बाध्यता पनि रहृयो । किनभने जुन वार्ता गिरिजाप्रसाद कोइरालाले धेरै पटक, एक पटक पनि हैन, प्रयास गर्दा पनि हुन सकेन । अब के कारणवस हो, त्यो मलाई पनि थाहा छैन । दोस्रो कुरा, जुन अघि मैले भनें, संघीयताको बारेमा । वीपी कोइरालाले पहिले नै भन्नुभएको थियो, विकेन्द्रीकरणको नीति हुनुपर्छ । जुन हामीले पनि गर्न सकेनौं । बरु पञ्चायती व्यवस्थामा एउटा थियो कि अञ्चलाधीश बनाएको थियो । अधिकार अञ्चलाधीशलाई दिइएन, त्यहीबेलादेखि विकेन्द्रीकरण भइदिएको भए, त्यहिबेला सम्पूर्ण अधिकार अञ्चलाधिशलाई दिइदिएको भए एक किसिमको विकेन्द्रीकरण हुन्थ्यो र अहिलेको यो परिस्थिति आउँदैनथ्यो । वीपी के भन्नुहुन्थ्यो भने नेपाल भनेको गाउँ हो । त्यो कुरा पोलिटिकल स्टेटमेन्ट हो, त्यो सामाजिक स्टेटमेन्ट हो । भन्दाखेरि राजनीति पनि गाउँबाट हुनुपर्यो, विकास पनि त्यो गाउँबाट हुनुपर्यो । तर, यहाँ भइदियो भने भन्दा हामीले पनि पञ्चायती शैलीलाई कार्य सुरु गर्यौं । हामीले पनि केन्द्रीकृत राजनीति गर्यौं । हामीले महत्व कहिले पनि त्यो गाउँलाई दिएनौं ।
यो सबै कुरा होला तर, अहिले नेपाली कांग्रेसको परिचय के ?
- अहिले नेपाली कांग्रेसको परिचय एकदम स्पस्ट भन्ने हो भने त्यही समाजवादी चिन्तन हो । हामी मल्टीपार्टी डेमोक्रेसीमा विश्वास गर्छाैं । न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गछौं । त्यही नै हो नेपाली कांग्रेसको परिभाषा ।
तर, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता अहिलेको प्रमुख राष्ट्रिय एजेण्डा हो, त्यो सबै त तपाईहरुको परिचय हैन, माओवादीले तपाईहरुलाई दिएको अथवा तपाईहरुलाई घिसारेर लगेको बाटो हो ।
-धर्म स्वतन्त्र हुनुपर्छ । हेर्नुस् मेरो त भनाइ के हो भने धर्म न निरपेक्ष हुन्छ न सापेक्ष हुन्छ । न धर्म कम्युनिष्टहरुले भने जस्तो शून्य हुन्छ । धर्म भनेको स्वतन्त्र हुन्छ ।
अनि संघीयता र गणतन्त्र ?
सुन्नुस्, सुन्नुस, हरेक व्यक्तिलाई धर्म परिर्वतनका लागि जवरजस्ती प्रलोभनका आधारमा धर्म परिर्वतन हुनुहुँदैन । जुन पहिलेदेखि नै थियो तर, दुर्भाग्यवस, मुलुक धर्मनिरपेक्ष भइसक्यो, विदेशीहरुले धर्मका आधारमा यहाँ धेरै प्रवेश पाइसकेका छन् । धर्म परिर्वतन धेरै भएको छ, यो गलत भएको हो । दोस्रो कुरा तपाईले भन्नुभो संघीयताको बारेमा, मैले अघि नै तपाईलाई भनिहालेँ वीपी कोइरालाले भन्नु भएको थियो विकेन्द्रीकरणको बारेमा । त्यसको अन्तिम लक्ष्य हो फेडेरल स्टेल भनेर । त्यसका लागि पनि ओभरनाइट जादुको छडीले जस्तो ल संघीय भो भनेर अब तिमीहरु संघीय राज्य चलाऊ भन्ने आउन सक्छ भन्ने मलाई लाग्दैन । गणतन्त्र यो दुर्भाग्य भयो, सायद नेपालको इतिहासमा ठूलो दुर्घटना भयो, राजतन्त्र गयो । ०६२/०६३ को आन्दोलनमा मैले अघि भनिहालेँ, जतिसुकै मैले यसलाई लुकाउँ, इग्नोर गरुँ, त्यो वेलाको परिस्थिति थियो ।
दुर्भाग्य भने भनेको त्यतिबेला राजतन्त्र नजानु पर्ने थियो गयो भन्नु भएको ?
-हो त्यो वेला यस्तो परिस्थिति आयो । जनता उठे, स्ट्याण्ड लिन सक्ने, जनतालाई बुझाउन सक्ने नेतृत्वहरुले पनि धान्न सकेन । सायद वीपी कोइराला भइदिएको भए, अर्कै परिस्थिति आउँथ्यो होला । यो भनेर मैले कुनै नेतालाई ऊ गर्न खोजेको पनि हैन । तर, राजनीतिक परिस्थिति नै यस्तो थियो कि भनौं न गाह्रो थियो र वीपी कोइरालाको हाइटको मान्छे त्यहाँ थिएनन् कि जो टँुडिखेलमा उभिएर एकचोटि बोलिदिएपछि सबैले सुन्थे र बुझ्थे सिम्पल भाषामा । त्यो कुरा भएन ।
तसर्थ तीनवटा कुरा धर्म निरपेक्षताको कुरामा माओवादीको को त एजेण्डा नै छैन । तपाईले कसरी धर्म निरपेक्षता उनीहरुको एजेण्डा भन्नुहुन्छ ? एकातिर १२ वर्षको युद्धमा उनीहरुले गाई मारेनन् ? काटेनन् ? खाएनन् ? अनि अर्कोतिर गाईको पूजा गर्छन् के हो त्यो ? संघीयता उनीहरुको हो ? कुन कम्युनिष्ट मुलुकमा संघीयता थियो ? कि उनीहरु भन्छन् संघीयता हाम्रो एजेण्डा हो । गणतन्त्र हो, एक किसिमले राजा फल्ने उनीहरुको कुरा थियो ।
अब अन्त्यमा तपाईले सबैलाई दोष दिन चाहन्न त भन्नु भो । तर, अहिले नेपाली कांग्रेसले अख्तियार गरेको नीतिप्रति पूर्ण असहमति पनि जनाउनु भो, तपाईलाई थाहा छ अब के गर्यो भने ठिक हुन्छ ?
-यो एक्स्िट्रममा हामी गइरहेका छौं । अब पनि हामीले सच्याएनौं भने दुर्घटना हुन्छ । अहिलेको अवस्थामा सबैभन्दा पहिलो लक्ष्य के हो भने यो राष्ट्रलाई टुक्रिन दिनु भएन । नम्बर दुई, यो राष्ट्रलाई बचाउन सहमति गर्नुपर्यो । त्यसका लागि संविधानसभाको चुनाव हुनुपर्यो । समयमा नै हुनुपर्यो र २/४ वर्षभित्र हामीले जनतालाई संविधान दिन सक्नुपर्यो । त्यसपछि गएर स्थानीय चुनाव गराउनुपर्यो भन्ने मेरो धारणा हो । वीपी भन्नुहुन्थ्यो नि बाटो बिरायो भने माटो लेउ र सोच । त्यही हो कि हामीले माटो लिएर सोच्नुपर्यो नेपालका लागि के हुन्छ भनेर । - Onlinekhabar.com
चलचित्र ‘भूली गए पाप लाग्ला’, ‘मौसम’ जस्ता सिनेमामा अभिनय गरेपछि कलाकार भावना गुरुङ एकाएक हराइन् । २ बर्षको ग्यापपछि उनी फेी केही म्यूजिक भिडियोमा देखिन थालेकी छिन् । हालै मात्र वीपी वाग्लेको आवाजमा समावेश २ गीतमा काम गरिसकेकी भावनासँग अनलाइनखबरले गरेको कुराकानीः
२ बर्षसम्म कता हराउनु भयो तपाई ?
म कतै पनि हराएको होइन । जर्मन जानका लागि कोशिश गर्दा गर्दै २ बर्ष बितेछ ।
फिल्म नगरी छोडेको हो र ?
मैले छोडेको छैन । मैले रेष्ट गरेको हुँ ।
कस्तो लाग्यो फिल्म नगरी ?
एकदमै रमाइलो लाग्छ मलाई सिनेमामा काम गर्दा । सबै साथीसँग निकट हुने भएकाले पनि काम गर्न मजा आउने रहेछ ।
तपाई त २ बर्षसम्म दुबईमा हुनुहुन्थ्यो भन्छन् नि ?
होइन, यो हल्ला मात्र हो । म काठमाण्डौमा नै थिएँ ।
फिल्मी कि म्यूजिक भिडियो ?
मलाई त भिडियो नै मनपर्छ । छोटो समयमा नै रेस्पोन्स आउने भएकाले मलाई भिडियो रमाइलो लाग्छ ।
ग्ल्यामर र अंगप्रदर्शनमा के फरक छ ?
आफै जानी जानी देखाउनु अंगप्रदर्शन हो । कपडा लगाए पनि ग्ल्यामर देखिन्छ ।
कस्तो सिनेमा गर्न मन लागेको छ ?
हाम्रो समाजमा भइरहेको कथावस्तुमा सिनेमा गर्न मन लागेको छ । भावनाले यस्तो सिनेमा गरी है भनेर तारिफ गर्ने खालको सिनेमा गर्न मन लागेको छ ।
अहिले आएको अश्लिल सिनेमाको बाढीलाई के भन्नुहुन्छ ?
यो समयको माग हो भन्ने लाग्छ मलाई त ।
तपाइ दिन सक्नुहुन्छ त्यस्ता खालका दृश्य ?
म यस्तो दृश्य कदापी दिन्न ।
आफ्नो सेक्सी अंग कुन लाग्छ ?
मेरो ओठ साह्रै सेक्सी छ भन्छन् सबैले ।
ऐना कत्तिको हुर्नुहुन्छ ?
एकदमै धेरै हेर्छु म । ऐना नहेरि त कसरी बस्न सकिन्छ र ?
कुन पहिरनमा सेक्सी देखिन्छु जस्तो लाग्छ तपाइलाई ?
हाफ पाइन्ट र सिम्पल टिसर्ट लगाउदा म सेक्सी देखिन्छु भन्ने लाग्छ ।
मिठो खानेकुरा के पकाउनुहुन्छ ?
चिया पकाउन आउँछ मलाई ।
कुन हिरोसँग फिल्म खेल्न मनपर्छ ?
मलाई जीवन लुइटेल क्यूट लाग्छ । बोल्ने स्टाइल पनि स्टान्डर्ड लाग्छ मलाई ।
डेटमा जान मन लागेको हिरो ?
मलाई धिरेन शाक्यसँग डेटमा जान मन लागेको छ । उहाँ निक्कै ह्यान्डसम लाग्छ ।
विश्वमै आकषिर्त गर्ने पुरुष को हो तपाइलाई ?
मेरो प्रेमी राज कटुवाल मलाई आकर्षित गर्ने पुरुष हो ।
प्रेममा परेको कत्ती भयो र ?
हामी ५ बर्षदेखि डेटमा रमाउँदै छौ ।
कुन सेलिबेटीलाई देख्यो भने चुम्बन गर्न मन लाग्छ ?
मलाई सलमान खानलाई पर्दामा देख्दा चुम्बन गर्न मन लाग्छ ।
पहिलो प्रेम याद छ ?
मेरो पहिलो प्रेम नै राज हो । हामी ५ बर्षदेखि प्रेममा छौँ । उसले मलाई पहिले प्रपोज गरेको थियो ।
२ बर्षपछि पुन यो क्षेत्रमा स्थापित हुन गाह्रो हुन्छ जस्तो लाग्दैन ?
पहिला पनि क्यामेरा फेस गरेको हुँदा अहिले खासै गाह्रो भएन मलाई त ।
रुचि के के मा छ त ?
सिनेमा हेर्न मन लाग्छ । लङ ड्राइभमा जान मन लागेको छ ।
आफ्नो शरीर नाङगै हेर्दा कस्तो लाग्छ त ?
मैले आजसम्म मेरो नाङगै शरीर देखेको छैन । बाथरुममा पनि माथी माथी शिशा भएकाले पुरै हेर्न पाएको नै छैन ।

नायिका रेखा थापा यतिबेला चर्चामा छिन् । एकीकृत नेकपा माओवादीमा प्रवेश गरेपछि थापाको चर्चा अरु बढेको छ । पार्टीमा प्रवेश गरिसकेपछि पनि उनी काली नामको चलचित्र बनाउन सक्रिय छिन् । यसै सन्दर्भमा भर्खरै अनलाइनखबरका लागि रेखाले दिएको एक अन्तरवार्तामा उनले आफूमाथि हुँदै आएका आलोचनाहरुको यसरी प्रतिवाद गरेकी छन् :
कलाकार राष्ट्रको गहना हुन्छन् । तर तपाई त माओवादीको कार्यकर्ता बन्नुभयो, हामी तपाईलाई कलाकार भनौं कि पार्टीको कार्यकर्ता ?
–म गहनाबाट अब देशको सेवक हुन चाहन्छु । मलाई कुनै पनि पार्टीको कार्यकर्तामात्रै भन्दा पनि तपाईहरु र राष्ट्रको सेवकका रुपमा चिनिदिनुभए हुन्छ । म माओवादीमा प्रवेश गरेको पनि देश र जनताको सेवा गर्नकै लागि हो । समाजको सेवक बन्नका लागि हो ।

के देखेर, र के गर्छु भनेर माओवादीमा प्रवेश गर्नुभयो ? पार्टीमा तपाईको भूमिका के रहन्छ ? पार्टीको नीति नियमको बारेमा कत्तिको स्पष्ट हुनुहुन्छ ?
–पार्टीमा लागिसकेपछि त्यसका नीति नियमहरुको पालना गर्नैपर्छ । कतिपय नीति नियम नयाँ पनि बन्दै जान्छन् । पार्टीमा लागिसकेपछि नबुझेका विषय पनि बुझिन्छ । जहाँसम्म मेरो भूमिकाको प्रश्न छ, मलाई यस्तै भूमिका चाहिन्छ भन्ने आग्रह छैन, राजनीतिमार्फत समाजको सेवा गर्ने मेरो भूमिका रहने छ । बाँकी भूमिका भविश्यले निर्धारण गर्नेछ ।
तपाईले पार्टी प्रवेश गर्दा माओवादी गरीवको पार्टी भन्नुभएको थियो । तर, तपाईका नेताहरु आलिसान महलमा बसिरहेका छन् । गरीव जनताको कुरा सुनिरहेका छैनन् । तपाई यसलाई कसरी लिनुहुन्छ ?
–युद्धका बेला नेताहरुको भूमिका बेग्लै थियो । तर, अहिले सरकारमा जाने र अन्य भूमिका निर्वाह गर्ने क्रममा उहाँहरुले प्रयोग गरेका महलहरु नेताका पेवा होइनन् जस्तो मलाई लाग्छ ।
पहिला छवि ओझालाई प्रयोग गर्नुभयो, अब फेरि माओवादी पार्टीलाई प्रयोग गरेर अगाडि बढ्न थाल्दै हुनुहुन्छ भन्ने तपाईलाई आरोप लाग्ने गरेको छ, के यो साँचो हो ?
हिजोका दिनमा कसले कसलाई प्रयोग गर्यो, त्यो इतिहासले प्रष्ट पार्ने कुरो हो । चेतनशील मान्छेले कसैलाई यस्तो आरोप लगाउन सक्दैन । म कसैलाई प्रयोग गर्ने वा कसैबाट प्रयोग हुने मान्छे होइन । मान्छेले अपमानित गर्नका लागि यस्ता आरोपहरु लगाएका मात्र हुन् । तपाईहरु कोही पनि यस्तो भ्रममा नपर्नुहुन आग्रह गर्छु ।
देशमा बढदो अशान्ति गरीविले गर्दा लाखौ युवाहरु विदेशिएका छन । तपाईको पार्टि प्रवेशले ति युवाहरुलाई स्वदेशमै राख्ने खालको कुनै योजनाहरु छन् ?
–म पार्टीमा नरहँदा पनि र नरहँदा पनि यस विषयमा सोच्ने गरेकी छु । अमेरिका गएर फर्केपछि मैले देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने कुरा गर्दा धेरैले मेरो विरोध गरे । हामीकहाँ राम्रो काम गर्न खोज्दा विरोध गर्ने चलन छ । तर, म विचलित नभई युवाहरुको पक्षमा काम गर्न तयार छु । म आफैं पनि युवा हुँ । त्यसैले युवाहरुले विदेश जानु नपरोस्, रोजगारीका लागि भनेर एकजना पनि नेपालीले एयरपोर्ट टेक्नु नपरोस् । त्यसका कहाँ कहाँ संघर्ष गर्नुपर्ने हो, त्यसका लागि लड्न म तयार छु । बरु यसका लागि मैले पार्टीभित्र र बाहिर कसरी संघर्ष गर्नुपर्छ, सल्लाह र सुझाव दिनुहोला, तपाईहरुसँग हातेमालो गरेर अघि बढ्न म तयार छु । तपाई हामीले मिलेर यो काम गर्नुपर्छ र देशको भलो हुने काम सोच्नुपर्छ । तपाईहरुको माया पाएपछि मैले यसबारे अवश्यै केही गर्न सक्छु भन्ने सोचेकी छु ।
तपाई आफुलाई कतिको सेक्सी ठान्नुहुन्छ ? जति उमेर ढल्कँदैछ, उति सेक्सी देखिन थाल्नुभएको छ, यसको राज के होला ?
–मेरो उमेर कहाँ ढल्केको छ र ? झनै जवानी पो चढ्दैछ ! जहाँसम्म सेक्सी देखिएको भन्ने कुरा छ, मलाई त्यस्ती छु जस्तो लाग्दैन, तपाईहरुलाई लाग्यो होला ।
सेक्सबारे तपाईको धारणा के हो ?
–सेक्सका बारेमा भन्दा पनि म देशका बारेमा सोच्न चाहन्छु । धेरै युवायुवतीले देश छाडेर, विदेशमा गएर काम गरिराख्नुपरेको छ । हाम्रा सबै नेपाली दाजुभाइले आफ्नै देशमा बसेर काम गर्ने र खुशीसाथ जीवन बिताउने वातावरण बनाउनुपर्छ ।
अर्को विवाह गर्ने सोचाइमा हुनुहुन्छ कि ? के सोचाइ बनाउनुभएको छ ? घरबार गर्ने हो भने कस्तोखालको रोज्नुहुन्छ ?
–मैले विवाहबारे केही पनि सोचेकी छैन र अहिले विवाह मेरो कल्पनाभित्र छैन । जहाँसम्म मेरो कस्तोखालको घरबार हुन्छ भन्ने प्रश्न छ, मैले केटाको धन सम्पत्ति हेर्दिँन । मेरो घरबार रिक्साचालक वा सब्जी ब्यापारीसँग पनि हुन सक्छ । वैदेशिक रोजगारीमा गएकाहरुसँग पनि हुन सक्छ । मैले यसबारे अहिल्यै सोचेकी छैन ।
तपाई र छविको सम्बन्ध टुटेको रहेछ, अब तपाईको साथ पाउने भाग्यमानी को होला ?
–विवाह, सम्बन्ध र मृत्यु आफूले चाहेर नहुँदोरहेछ । अब मेरो कोसँग विवाह होला, यो मेरो कल्पना बाहिरको कुरा हो ।
छवि ओझालाई छाडनुको कारण के हो ? धन, उमेर या सेक्स ?
–छविजीलाई मैले छाडेकी हैन, माथिबाटै यस्तो हुन गएको हो । लेखान्तको कुरो हो ।
तपाईको नाम प्रकाश दाहाल र जीवन लुइटेलसँग जोडिन थालेको रहेछ, सत्य के हो ?
–जीवन लुँइटेल र म एउटै गाउँका हौं । उनी मेरी मम्मीलाई मम्मी भन्छन् । हाम्रो परिवारमा उनको आवत-जावत पनि भैरहन्छ । उनी मेरा असाध्यै राम्रा साथी हुन् । उनले पनि चलचित्र क्षेत्रमा १० वर्षभन्दा बढी संघर्ष गरेर यहाँसम्म आएका छन् । उनी विवाहित मानिस हुन् । जहाँसम्म प्रचण्डपुत्रको कुरा छ, काम नभएका मान्छेले फुर्सद कटाउन लगाउने यस्ता उट्पट्याङ आरोपका पछाडि लाग्ने मलाई फुर्सद छैन ।
(मलेसियाबाट प्रकाशित हुने अनलाइनखबरको सहप्रकाशन नेपालीखबरका लागि त्यहाँस्थित विभिन्न नेपाली युवाहरुले सोधेका प्रश्न र नायिका थापाले दिएको जवाफमा आधारित)