नेपालमा हुने गरेका विभिन्न विसंगती र विकृतीका विरुद्ध टेलिसिरयल मार्फत जनचेतना जगाउँदै आएका चर्चित हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अझै पनि थाकेका छैनन् । यो जोडीले सधै नै जनतालाई चेतना जगाउन अग्रसर हुने बताउँदै आएको छ ।यही क्रममा शुक्रबारदेखि मह जोडीको नयाँ सिरियल नेपाल टेलिभिजनबाट प्रशारण सुरू भएको छ । साउन ४ गते शुक्रबारबाट प्रशारण सुरू भएको यो सिरियलको नाम ‘आँsss ‘ राखिएको छ ।
स्थानिय स्तरमा हुने गरेका भ्रष्टचारलाई यो सिरियलले प्रस्तुत गर्ने छ । यो सिरियलमा हरिवंशलाई पत्रकारको भूमिकामा देख्न सकिन्छ । सिरियलमा नायिका झरना थापा, सिताराम कट्टेल ‘धुर्मुस’, आकाश खवास, कमलकृष्णलाई पनि देख्न सकिनेछ । आँsss प्रत्यक शुक्रबार बेलुकी ८ बजेर ५० मिनेटमा नेपाल टेलिभिजनमा प्रशारण हुन्छ।

शशांक कोइराला, कांग्रेस नेता
वीपी कोइरालाका छोरा एव्र नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । ‘जुन दिन ३ करोड जनताले हामीलाई राजा चाहिन्छ भन्छन्, राजा फेरि पनि फर्किएर आउँछन् ।’ कोइरालाले बीसीसी नेपाली सेवाका लागि रवीन्द्र मिश्रसँग कुरा गर्दै भन्नुभयो-’म तपाईलाई प्रष्ट भनिदिन्छु कि हुनसक्छ भोलि हामीले पुनः राजालाई ल्याएर राष्ट्र बचाउनु पर्छ ।’

बीबीसीलाई कोइरालाले दिनुभएको अन्तरवार्ता यस्तो छ-
नेपाली कांग्रेस र देशको वर्तमान परिस्थितिलाई हेर्दा तपाईलाई तपाईको बुबाले अख्तियार गरेको सिद्धान्त ठीकजस्तो लाग्छ कि त्यसलाई तोडेर काका गिरिजाप्रसाद कोइरालाले लिएको बाटो ठीकजस्तो लाग्छ ?
-म अहिले पनि वीपी कोइरालाको लाइनमा विश्वास गर्छु । कारण के छ भन्दा बीपी कोइरालाले जहाँसम्म राष्ट्रियताको कुरा हो, मेरो र राजाको एउटै ठाउँ छ र जहाँसम्म लोकतन्त्र प्रजातन्त्रको कुरा हो, मेरो विवाद छ भन्ने कुरा गर्नुभएको थियो । अहिलेको अवस्थामा तपाईले हेरिहाल्नु भो होला कि गत १० वर्षमा हामी कतातिर गइरहेका छौं ? २ सय ४० वर्षको राजतन्त्र पनि समाप्त भो । मेरो धारणा के हो भने यो दुर्भाग्यवस जुन परिस्थिति जन्मनुपथ्र्यो त्योबेला, सहमतिको परिस्थिति, मेलमिलापको परिस्थिति ०६२/६३ को आन्दोलनभन्दा पहिले । त्यो बेलाको माओवादीसँग पनि वार्ता गरेर नै उनीहरुलाई टेवलमा ल्याउनुपर्ने एउटा अवसर चाहीँ आएको हो । दोषी त सबै छन् यसमा, तर राजनीतिक बाटो यस्तो समाप्त भयो २ सय ४० वर्षको राजतन्त्र । हो त्यसबेला मलाई लाग्छ, गिरिजाप्रसाद कोइरालाले अठोट लिएर अर्कै बाटो लिएको भए सायद अर्कै परिस्थिति बन्थ्यो । तर, दुर्भाग्यवस बाध्य भएर कांग्रेसले पनि बाटो परिर्वतन गर्नुपर्यो । अहिले हामीले सच्याएनौं भने यो झन दुर्भाग्यपूर्ण हुनसक्ने म देखिराको छु ।
सच्याएन भने दुर्भाग्यपूर्ण हुन्छ भन्नु भो, वीपी कोइरालाले लिएको नीति ठिक थियो भनेर पनि भन्नु भो । अब अहिलेको परिस्थितिमा तपाईले त्यो कसरी सच्याउनु हुन्छ ?
-वीपी कोइरालाले सबैभन्दा पहिले उच्चारण गर्ने शब्द थियो राष्ट्रियता । अहिले राष्ट्रियताको बारेमा कोही प्रश्न पनि गर्दैनन्, चासो पनि राख्दैनन् । जातीय हिसावले देशको बाँडफाँड गर्नुपर्छ भन्ने कुराहरु आइराखेको छ । राष्ट्रियता यति कमजोर भएर गएको छ । जहाँसम्म त्यो बेला राजा थिए, वीपी कोइरालाले भन्नुभो राष्ट्रियताको बारेमा । राजाले राष्ट्रियता जोगाउँछ, किनभने जब राष्ट्र नै हुँदैन भने राजा कहाँको । त्यसैले उसको पनि इन्ट्रेस्ट हुन्छ । अहिले कस्तो देखियो भने राष्ट्रियता हैन कि महत्व भएको छ जातिको । सबैले आफ्नो आफ्नो डम्फु मात्र बजाइरहेका छन् । जब कि नेपालका लागि चिन्ता गर्नु पर्ने हाम्रो राष्ट्र हो, हामीले चलाउनु पर्छ । यो चिन्ता अब भएन भने राष्ट्र विखण्डनतिर जान्छ ।
आउँदो चुनाव छ, संविधानसभाको । यसमा दुईवटा कुरा छ। एउटा संविधानसभाको चुनाव हुन्छ कि हुँदैन, नभएको खण्डमा अर्को समस्या उत्पन्न भो । भएको अवस्थामा पनि संविधान लेखिन्छ कसरी ? भन्दाखेरि हामी झनझन ओझेलमा परिरहेका छौं । यो दुर्भाग्य हो । अब हामीले प्रस्थान गर्ने विन्दु भनेको यो राष्ट्र बनाउने र संविधान दिने । यो दुईवटा प्रमुख एजेण्डा म देखिरहेको छु ।
शशांक जी, अब राष्ट्र बचाउने भन्दा तपाईको बुबा वीपीले लिएको बाटोमा र्फकनुपर्छ, गल्ती सच्याउनु पर्छ भन्ने हो ?
-गल्ती त सुधार्नै पर्छ । हामीले गल्ती गरेका पनि छौं, नगरेका हैनौं । तर, मैले यो भन्न खोजेको हैन कि राजतन्त्र नै ल्याउनुपर्छ । त्यसलाई रिभाइव गर्ने नगर्ने जनताको कुरा हो । जुन दिन ३ करोड जनताले हामीलाई राजा चाहिन्छ भन्छन्, राजा फेरि पनि फर्किएर आउँछन् । म तपाईलाई प्रष्ट भनिदिन्छु कि हुनसक्छ भोलि हामीले पुनः राजालाई ल्याएर राष्ट्र बचाउनु पर्छ । तर, त्यस्तो अवस्था म अहिले देखिराको छैन । त्यस्तो परिस्थिति आएको खण्डमा, मधेसीहरुले टुक्राउन खोजे, जातीय हिंसातिर गयो भने, अहिले नै दुईवटा ‘एक्स्िट्रम थट’हरु आइसके, एउटा हैन यो मुलुक नै टुक्राएर मात्र हुन्छ भन्ने । अर्को हैन अब राजालाई नै ल्याउनु पर्छ भन्ने पनि एक्स्िट्रम हो । यो आउने सम्भावना देखिराको छु । जुन इमेज नेपाली कांग्रेसले दिएको थियो, त्यो विस्तारै विस्तारै धमिलो हुँदै गएको छ । त्यसलाई हामीले सच्याउनुपर्छ ।
तपाईले जनतामा कांग्रेसको एउटा छवि थियो भन्नुभो । छवि हुनका लागि दलको एउटा निश्चित परिचयको अवश्यकता पर्छ । ०६२/६३ को जनआन्दोलनपछि जब नेपाली कांग्रेस माओवादीको एजेण्डामा हिड्यो । त्यसपछि कांग्रेसको छवि के छ ? परिचय के छ ?
-हो, एउटा कमन एजेण्डा के भइदियो भने राजा फल्ने । त्यो गिरिजाप्रसाद कोइरालाको एक किसिमको राजनीतिक बाध्यता पनि रहृयो । किनभने जुन वार्ता गिरिजाप्रसाद कोइरालाले धेरै पटक, एक पटक पनि हैन, प्रयास गर्दा पनि हुन सकेन । अब के कारणवस हो, त्यो मलाई पनि थाहा छैन । दोस्रो कुरा, जुन अघि मैले भनें, संघीयताको बारेमा । वीपी कोइरालाले पहिले नै भन्नुभएको थियो, विकेन्द्रीकरणको नीति हुनुपर्छ । जुन हामीले पनि गर्न सकेनौं । बरु पञ्चायती व्यवस्थामा एउटा थियो कि अञ्चलाधीश बनाएको थियो । अधिकार अञ्चलाधीशलाई दिइएन, त्यहीबेलादेखि विकेन्द्रीकरण भइदिएको भए, त्यहिबेला सम्पूर्ण अधिकार अञ्चलाधिशलाई दिइदिएको भए एक किसिमको विकेन्द्रीकरण हुन्थ्यो र अहिलेको यो परिस्थिति आउँदैनथ्यो । वीपी के भन्नुहुन्थ्यो भने नेपाल भनेको गाउँ हो । त्यो कुरा पोलिटिकल स्टेटमेन्ट हो, त्यो सामाजिक स्टेटमेन्ट हो । भन्दाखेरि राजनीति पनि गाउँबाट हुनुपर्यो, विकास पनि त्यो गाउँबाट हुनुपर्यो । तर, यहाँ भइदियो भने भन्दा हामीले पनि पञ्चायती शैलीलाई कार्य सुरु गर्यौं । हामीले पनि केन्द्रीकृत राजनीति गर्यौं । हामीले महत्व कहिले पनि त्यो गाउँलाई दिएनौं ।
यो सबै कुरा होला तर, अहिले नेपाली कांग्रेसको परिचय के ?
- अहिले नेपाली कांग्रेसको परिचय एकदम स्पस्ट भन्ने हो भने त्यही समाजवादी चिन्तन हो । हामी मल्टीपार्टी डेमोक्रेसीमा विश्वास गर्छाैं । न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गछौं । त्यही नै हो नेपाली कांग्रेसको परिभाषा ।
तर, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता अहिलेको प्रमुख राष्ट्रिय एजेण्डा हो, त्यो सबै त तपाईहरुको परिचय हैन, माओवादीले तपाईहरुलाई दिएको अथवा तपाईहरुलाई घिसारेर लगेको बाटो हो ।
-धर्म स्वतन्त्र हुनुपर्छ । हेर्नुस् मेरो त भनाइ के हो भने धर्म न निरपेक्ष हुन्छ न सापेक्ष हुन्छ । न धर्म कम्युनिष्टहरुले भने जस्तो शून्य हुन्छ । धर्म भनेको स्वतन्त्र हुन्छ ।
अनि संघीयता र गणतन्त्र ?
सुन्नुस्, सुन्नुस, हरेक व्यक्तिलाई धर्म परिर्वतनका लागि जवरजस्ती प्रलोभनका आधारमा धर्म परिर्वतन हुनुहुँदैन । जुन पहिलेदेखि नै थियो तर, दुर्भाग्यवस, मुलुक धर्मनिरपेक्ष भइसक्यो, विदेशीहरुले धर्मका आधारमा यहाँ धेरै प्रवेश पाइसकेका छन् । धर्म परिर्वतन धेरै भएको छ, यो गलत भएको हो । दोस्रो कुरा तपाईले भन्नुभो संघीयताको बारेमा, मैले अघि नै तपाईलाई भनिहालेँ वीपी कोइरालाले भन्नु भएको थियो विकेन्द्रीकरणको बारेमा । त्यसको अन्तिम लक्ष्य हो फेडेरल स्टेल भनेर । त्यसका लागि पनि ओभरनाइट जादुको छडीले जस्तो ल संघीय भो भनेर अब तिमीहरु संघीय राज्य चलाऊ भन्ने आउन सक्छ भन्ने मलाई लाग्दैन । गणतन्त्र यो दुर्भाग्य भयो, सायद नेपालको इतिहासमा ठूलो दुर्घटना भयो, राजतन्त्र गयो । ०६२/०६३ को आन्दोलनमा मैले अघि भनिहालेँ, जतिसुकै मैले यसलाई लुकाउँ, इग्नोर गरुँ, त्यो वेलाको परिस्थिति थियो ।
दुर्भाग्य भने भनेको त्यतिबेला राजतन्त्र नजानु पर्ने थियो गयो भन्नु भएको ?
-हो त्यो वेला यस्तो परिस्थिति आयो । जनता उठे, स्ट्याण्ड लिन सक्ने, जनतालाई बुझाउन सक्ने नेतृत्वहरुले पनि धान्न सकेन । सायद वीपी कोइराला भइदिएको भए, अर्कै परिस्थिति आउँथ्यो होला । यो भनेर मैले कुनै नेतालाई ऊ गर्न खोजेको पनि हैन । तर, राजनीतिक परिस्थिति नै यस्तो थियो कि भनौं न गाह्रो थियो र वीपी कोइरालाको हाइटको मान्छे त्यहाँ थिएनन् कि जो टँुडिखेलमा उभिएर एकचोटि बोलिदिएपछि सबैले सुन्थे र बुझ्थे सिम्पल भाषामा । त्यो कुरा भएन ।
तसर्थ तीनवटा कुरा धर्म निरपेक्षताको कुरामा माओवादीको को त एजेण्डा नै छैन । तपाईले कसरी धर्म निरपेक्षता उनीहरुको एजेण्डा भन्नुहुन्छ ? एकातिर १२ वर्षको युद्धमा उनीहरुले गाई मारेनन् ? काटेनन् ? खाएनन् ? अनि अर्कोतिर गाईको पूजा गर्छन् के हो त्यो ? संघीयता उनीहरुको हो ? कुन कम्युनिष्ट मुलुकमा संघीयता थियो ? कि उनीहरु भन्छन् संघीयता हाम्रो एजेण्डा हो । गणतन्त्र हो, एक किसिमले राजा फल्ने उनीहरुको कुरा थियो ।
अब अन्त्यमा तपाईले सबैलाई दोष दिन चाहन्न त भन्नु भो । तर, अहिले नेपाली कांग्रेसले अख्तियार गरेको नीतिप्रति पूर्ण असहमति पनि जनाउनु भो, तपाईलाई थाहा छ अब के गर्यो भने ठिक हुन्छ ?
-यो एक्स्िट्रममा हामी गइरहेका छौं । अब पनि हामीले सच्याएनौं भने दुर्घटना हुन्छ । अहिलेको अवस्थामा सबैभन्दा पहिलो लक्ष्य के हो भने यो राष्ट्रलाई टुक्रिन दिनु भएन । नम्बर दुई, यो राष्ट्रलाई बचाउन सहमति गर्नुपर्यो । त्यसका लागि संविधानसभाको चुनाव हुनुपर्यो । समयमा नै हुनुपर्यो र २/४ वर्षभित्र हामीले जनतालाई संविधान दिन सक्नुपर्यो । त्यसपछि गएर स्थानीय चुनाव गराउनुपर्यो भन्ने मेरो धारणा हो । वीपी भन्नुहुन्थ्यो नि बाटो बिरायो भने माटो लेउ र सोच । त्यही हो कि हामीले माटो लिएर सोच्नुपर्यो नेपालका लागि के हुन्छ भनेर । - Onlinekhabar.com
चलचित्र ‘राहादानी’को एक दृश्यमा नायिका बिनिता घिमिरेले ब्रा लगाउन नमानेपछि विवाद उत्पन्न भएको रहस्य खुलेको छ । चलचित्रमा समावेश एक दृश्यमा नायिकाले रातो ब्रा लगाउने सहमती गरेपनि छायांकनको समयमा भने असहमती जनाएपछि विवाद भएको हो ।यसबारेमा निर्देशक डब्बु क्षेत्रीसँग वुझ्दा उनले रिहर्सलमा नायिकाले ब्रा नै लगाएपनि दृश्य छायांकन गर्दा नमानेको बताए । सिनेमाका लागि संझौदा गर्दा नायिका घिमिरेले लगाउने सहमती गर्दै रातो रंगको ब्रा किनेकी थिइन् । तर छायांकनको समयमा उनले ब्रा लगाउन नमानेपछि निर्देशकले नायिकालाई फोकस गर्न नसकेको बताए । दृश्यको छायांकन पश्चात नायिकाले आफूलाई कसैले मिस गाइड गरेको भन्दै सरी भनेको निर्देशक क्षेत्रीले अनलाइनखबरलाई बताए ।
‘जुन सुन्दरता र मादकता उहाँमा देखिनुपर्ने थियो, त्यो देखिएन यसैले घिमिरे जीलाई फोकस गर्न सकिएन’, निर्देशकले भने । तर अहिले नायिकाले यस बिषयमा सहमत जनाइसकेकाले पुन दृश्यको छायांकन हुनसक्ने बताइएको छ ।
‘बाल्यकालदेखिको आफ्नो प्रेमी मलेसिया जानु अघि आयोजना गरिएको पार्टीमा नायिकाले हिरोलाई सेक्सका लागि अपिल गर्नु पर्ने दृश्य थियो । यसैले नायिका घिमिरे केही उत्तेजक हाउभाउँमा प्रस्तुत हुनुपर्ने भएपनि रातो ब्रा नलगाएपछि उनको शरीरमा कुनै सुन्दरता देखिएन र फोकस नायकलाई गर्नुपर्यो’, निर्देशकले भने । लक्ष्मी ढकालको निर्माणमा छायांकन भइरहेको यो चलचित्रमा दिनेश दुलाल, रुपा खनाल, श्रृजना सुब्बा लगायतका कलाकारको पनि अभिनय छ ।

वास्तविक जीवनमा त नायक आर्यन सिग्देल अविवाहित नै हुन् । तर उनले चलचित्रको पर्दामा भने नायिका बेनिशा हमालसाग बिहे गरेका छन् । साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा बेनिशा र आर्यनको बिहे भएको देखाइन्छ । तर आर्यनले अर्की नायिका केकी अधिकारीसाग पनि चक्कर चलाएका छन् । यसैले पनि चलचित्र ‘महशुश’ यतिबेला चर्चा र कौतुहलतामा रहेको छ ।
असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘दबाब’को युनिटले चलचित्रको प्रचारमा खासै ध्यान नदिएपछि आर्यन यतिबेला ‘महशुश’मा केन्दि्रत छन् । कल्याण घिमिरेको निर्माणमा नबल नेपालले निर्देशन गरेको यो चलचित्रमा आर्यनका अलवा केकी अधिकारी र बेनिशा हमाललाई देख्न सकिन्छ । यसअघि ‘श्रीमान्’ सिनेमा बनाएर खुबै चर्चा कमाएका नबल नेपाल ‘महशुश’ अझै उत्कृष्ट बनेको दाबी गर्छन् ।
चलचित्र ‘महशुश’ आर्यन सिग्देलका लागि निक्कै महत्वपुर्ण छ । गतबर्ष २ वटा सिनेमा असफल भएकाले पनि आर्यन एक सफल सिनेमाको खोजीमा छन् । अर्कोतिर नायिका हमाल र अधिकारीका लागि पनि ‘महशुश’ महत्वपुर्ण रहेको छ । केकी र वेनिशाले सिने नगरीमा आएपछि खासै सफल चलचित्र दिन सकेका छैनन् । तर पनि आर्यन, केकी र वेनिशा दर्शकको रोजाइको कलाकारमा पर्छन् । यसैले पनि ‘महशुश’लाई दर्शकले मन भित्रैबाट महशुश गर्ने निर्माणपक्षको विश्वास छ ।

JUNE 23, KATHMANDU. The gold and silver enterprises that remained closed for around two weeks reopened from today. The gold entrepreneurs have started their services from Sunday following the understanding between them and the government representatives on Friday.
The entrepreneurs were in strike demanding that the standards for systematizing the gold and silver business be managed and that both the government and gold entrepreneurs should be included in the taskforce to prepare it, and increase the supply of gold, among others.
Federation of Nepal Gold, Silver, Gem and Jewelry Associations, and Nepal Gold and Silver Dealers´ Association (NEGOSIDA) had been leading the protests.Around 12,000 entrepreneurs are associated in the organizations.
All the programmes of protest were withdrawn after the government agreed to form a joint taskforce to settle the problems appearing time and again in the profession, said Chairman of the NEGOSIDA, Maniratna Shakya.
Meanwhile, the hallmark gold is traded at Rs. 50,500 per tola and silver at Rs. 825 per tola, today. Earlier on June 11, before the strike, gold was traded at Rs. 53,000 per tola, while silver was at Rs. 875 per tola, respectively.
Chairman Shakya said the bullion price was down following the fall on gold price in the international market. The price was down because of stocks remaining for the last 12 days.RSS

सरकार आफैं असन्तुष्टः सरकारका प्रवक्ता
९ असार, काठमाडौं । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकारले आफ्नो सय दिन पूरा गरेको छ । सामान्यतया संसदीय प्रक्रियामा यो अवधिलाई सरकारको हनिमून समय मानिने भए पनि संक्रमणकालमा बनेको सरकारको हरेक दिनलाई महत्वपूर्ण मानिन्छ ।
सरकारले आइतबार पत्रकार सम्मेलन गरेर १०० दिनमा गरेका गतिविधि र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को कार्यक्रयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले चुनावको मिति घोषणा, निर्वाचन क्षेत्र पुनःसंरचना आयोग गठन, राजनीतिक दलहरुसँग छलफल, ऐन कानून निर्माणदेखि विभिन्न रोगविरुद्ध सञ्चालन गरिएको कामलाई सरकारको उपलब्धीका रुपमा बेलिबिस्तार लगाउनु भयो ।
साथै उहाँले सय दिनको काम पनि सरकार स्वयंम सन्तुष्ट नरहेको बताउनुभयो । उहाँले भन्नुभयो-’सय दिनमा केही महत्वपूर्ण काम भएका छन् । तर, यसमा आफैं सन्तुष्ट छैनौं । धेरै गर्ने ठाउँ थियो । तर, संवैधानिक, कानूनी लगायतका सीमाका कारण हुनु पर्ने जति हुन सकेन ।’
सरकारले गरेका महत्वपूर्ण काम
- चैत २२ र वैशाख २७ गते विभिन्न राजनीतिक दलसँग वार्ता
- संविधानसभा निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र पुनःसंरचना आयोग गठन
- मतदाता नामावली, निर्वाचन आयोग, संविधानसभा सदस्य निर्वाचन ऐन लगायतका निर्वाचन सम्वन्धी अध्योदश जारी
- निजामती र स्वास्थ्य सेवा ऐन जारी, यसले सुशासनलाई मदत गर्ने सरकारको दावी
- सुदूर तथा मध्यपश्चिममा आएको बाढी पहिरो पीडितलाई राहत वितरण, दार्चुला सदरमुकाम पुनर्निमाणका लागि ५० करोड दिने घोषणा, दैवी प्रकोप उद्दार कोषको बजेट ५ करोडबाट १० करोड पुर्याउने निर्णय
- नदी कटान तथा तटवन्ध निर्माण, राहत व्यवस्थापन लगायतका विषयमा विभिन्न मन्त्रालयलाई दिएको निर्देशन
- अख्तियार, लोकसेवासहितका संवैधानिक निकायमा भएको नियुक्ति
- सरकार गठन र चुनावको मिति घोषणा प्रक्रियासँग असन्तुष्ट दलहरुसँगको वार्ता, जसमा केही माग पूरा भएको, केही प्रक्रियामा रहेको र केही पूरा हुँदै जाने सरकारको भनाई
- चुनावको वातावरण बनाउन विभिन्न समयमा भएको आहृवान
- ठूलो चुनौतीका रुपमा रहेको सम्पत्ति सुद्धीकरणसम्वन्धी ऐन पारित गरेर नेपाललाई अन्तराष्ट्रिय रुपमा कालोसूचीमा पर्नबाट जोगाएको
- चैत २७ गते पूर्ण आकारको बजेट ल्याएको
- निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेकेा
- अकुपाई बालुवाटार, मुक्ति कमलरी, सद्भावना पार्टी लगायतका दलसँगकेा वार्ता र सहमति ।
- मालपोतसहितका ५ बटा जनतासँग प्रत्यक्षसम्वन्ध राख्ने कार्यालयमा नागरिक बडापत्र राख्ने ।
- हेलो सरकारमा आएका गुनासो सम्बोधन ।
- सडक विस्तार, लगानी मैत्री वातावरण निर्माण र राजश्व असुली २ सय ५० अर्बभन्दा बढी ।
- दुई रंगको सिलिण्डर कार्यान्वयनको तयारी, बायु सेवा निगमलाई २ बटा जहाज खरिद गर्ने निर्णय ।
- विभिन्न रोगको खोप वितरण ।
सरकारले यस्तै आफ्ना काम कारवाहीलाई समावेश गरेर किताव तयार पारेको छ । ९५ पृष्ठको किताब आइतबार रातभर छापेर सोमबार सबै मन्त्रालयमा पुर्याइने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

हातमा कुटो बोकेर, हाते ट्याक्टर चलाउँदै गर्दाको अवस्थामा तपाइले नायिका विनिता बराललाई देख्नु भयो भने नसोच्नु होला, यो कुनै चलचित्रको सुटिङ हो । नायिका विनिता बराल यतिबेला सामाखुशीको टोखामा केही रोपनी जग्गा भाडामा लिएर अन्न उब्जाउन लागिपरेकी छिन् ।३ रोपनी ३ आना ३ पैसा जग्गा १० बर्षका लागि भाडामा लिएर विनिता अर्गानीक खेती तर्फ लागेकी हुन् । आफ्ना २ अन्य साथीहरुलाई साथमा लिएर विनिताले कृषि पेशा अपनाएको बताइन् ।
‘वाँझो खेतमा आफ्नै हातले परिश्रम गरेर माटोको ढल्ला फुटाउँदा निक्कै आनन्द आउँदो रहेछ’, विनिताले अनलाइनखबरसँग भनिन् । ‘सिनेमा भनेको सधै खेलिदैन तर कृषि पेशा सधै गर्न पाइन्छ, यसैले यता तर्फ आकषिर्त भए’, विनिताले भनिन् ।
नेपालमा खेतमा काम गर्नुलाई निक्कै तल्लो स्तरको कामको रुपमा हेरिदा नायिका बराल चिन्तित छिन् । उनले भनिन्, ‘अमेरिका जानु, रेष्टुरेण्ट खोल्नु, कप्युटरको काम गर्नुलाईर् निक्कै ठूलो पेशा मान्न थालिएछ, तर राष्ट्रिय आम्दानीको मुख्य श्रोत कृषिलाई तल्लो दर्जाको काम सोच्न थालिएकोमा दुख लागेको छ’, विनिता भन्छिन् ।

केही गरौ भन्ने सोच पहिले देखि नै थियो, तर साथीहरुको साथ पाएपछि यो पेशाले तानेको बताउँदै विनिता भन्छिन्, ‘यदि हामीले कृषिलाई अहिले देखि नै नअपनाउने हो भने देशमा ठूलै संकट आइपर्छ ।’किसानी पेशा गर्दा निक्कै रमाइलो लागिरहेको बताउँदै उनले कान्लाको घाँस काट्दा, फूलहरुले कोपिला हालेको देख्दा मन नै आनन्दित भएको बताइन् । सर्प, गड्यौला देखि डर लाग्न छोडेको बताउँदै चपली हाइट गर्लले भनिन्, ‘खेतमा काम गरेपछि जीम जानुपनि नपर्ने रहेछ । अहिले त मेरो स्वास्थ्यमा पनि धेरै परिवर्तन आएको छ ।’
उनले सम्पुर्ण नेपालीहरुलाई कृषि पेशालाई सानो नठान्न आग्रह पनि गरिन् । मौसम अनुसारका तरकारी र फलफूल उत्पादन गर्ने भन्दै विनिता यतिबेला आफै खेतमा काम गर्न कस्सिएकी छिन् ।

Watch Online New & Latest Nepali Movie: BINDAASS 2013 | Full Part Watch FREE
Nepali Movie 2011 Bindaas Part One,
Director: Raju Giri
Producer: Madhu Kumar Shrestha
Music: Arjun Pokhrel
This video is copyrights by Budha Subba Digital,Provided By Budha Subba Music Center.
Search Tags: Bindaas Nepali Film, Bindas 2013, Watch Free Nepali Film, Sushma Karki Bindaas, Latest Nepali Film Online, Movie Bindass 2013, Bindaas Part 1, Bindass Part 2, Full Part, FREE Bindaas Watch on Internet
७ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरो पीडितलाई बुहारी हिमानीले सञ्चालन गरेको ‘हिमानी ट्रष्ट’मार्फत २५ लाख सहयोग गर्नु हुने भएको छ ।
ज्ञानेन्द्रका सहयोगी फणिराज पाठकले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सुदूर तथा मध्यपश्चिमका बाढी पहिरो पीडितलाई ज्ञानेन्द्र र उहाँको परिवारका सदस्यहरुको तर्फबाट सो सहयोग प्रदान गर्न लागिएको हो ।
साथै पूर्वराजा ज्ञानेन्द्रले बाढी तथा पहिरो पीडितलाई नगद तथा अन्य सरसामान सहयोग गर्न आहृवान गर्नु भएको छ । Onlinekhabar

उनले चलचित्रमा समावेश द्वन्द्वको दृश्यमा आफूले वायर, म्याट, स्पि्रङ बोर्ड केही पनि प्रयोग नगरेको बताए । असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई शंकर आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा नायक निरज बराल, राज आचार्यको पनि अभिनय छ ।
पति पत्नी नै भएपछि अहिले छुट्टा छुट्टै बस्न र काम गर्न थालेका नायिका थापा र निर्माता ओझाबीच वास्तविक जीवनमा नभई दुवैले निर्माण गरेका चलचित्रहरुबीच आगामी दशैंमा भिडन्त हुन लागेको हो । रेखाले बनाएको चलचित्र ‘काली’ र छविले बनाएको चलचित्र ‘लोफर’ दशैंमा भिड्ने भएका हुन् ।
दुबै चलचित्र एउटै डेटमा रिलिज हुने सम्भावना बढेर गएको छ । यदि हल ब्ययसायी सहमत भएमा यो भिडन्त पक्का छ । निर्माता छवि ओझाले दशैंको फूलपातीमा चलचित्र रिलिज गर्ने भनेर निकै अगाडी नै घोषणा गरिसकेका छन् ।
नायिका रेखाले पनि दशैमा चलचित्र रिलिज गर्ने टार्गेट राखेर चलचित्रको सुटिङ धमाधम अगाडी बढाइरहेकी छिन् । निर्माता छवि ओझा आफ्नो चलचित्रसँग जुनसुकै चलचित्र जुध्न आए पनि आफू पछाडी नहट्ने बताउँछन् ।

दशैंमा एउटै मात्र चलचित्र रिलिज नभई अरु चलचित्र पनि रिलिज हुने भन्दै ओझा भन्छन्, ‘अरुसँग ब्यापारको भाग साझेदारी गर्नुभन्दा आफ्नै सन्तानसँग गर्नु फाईदा नि !’ निर्माता छवि नायिका रेखालाई आफुले जन्माएको सन्तान मान्छन् ।
रेखा पनि छविलाई ड्याडी भनेर सम्बोधन गर्छिन् । तर पछिल्लो समयमा यी दुई अलग अलग बस्ने मात्रै होइन, काम पनि अलग अलग गर्न थालेका छन् । विशेषतः छवि क्याम्पमा आर्यन सिग्देलको पुनः प्रवेश भएपछि यस्तो देखिएको हो ।
पूर्वपति पत्नीबीचको यो भिडन्त कस्तो हुने हो त्यो भने हेर्न बाँकी छ । आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा देखिएकी रेखा भन्छिन्, ‘भोलि जे पनि हुन सक्छ ।’ दशैंमा नै चलचित्रको रिलिज गर्ने योजना बनाएको उनको भनाइ छ ।
चलचित्र ‘काली’ रेखाले बनाएको पहिलो चलचित्र हो । रेखा फिल्मसको ब्यानरमा बनेको चलचित्र काली नारीप्रधान चलचित्र रहेको उनले बताइन् । चलचित्रमा उनी स्वयं लिड रोलमा देखिएकी छिन् ।
चलचित्र कालीका अन्य कलाकारहरुमा किशोर खतिवडा, कमलकृष्ण, शिरु विष्टलगायत छन् । हिमग्याप टाँसीले निर्देशन गर्ने बताइए पनि अन्ततः सविर श्रेष्ठले चलचित्रको निर्देशन गरिरहेका छन् ।
हिमग्यापले चलचित्र भीमदत्तको निर्देशन गर्न थालेपछि चलचित्रमा सविरलाई लिइएको हो । चलचित्रमा संगित भने महेश खड्काले दिएका छन् ।
चलचित्र ‘लोफर’मा भने आर्यन सिग्देल देखिँदैछन् । लामो समयपछि छवि क्याम्पबाट रेखाको बर्हिगमनसँगै आर्यनको प्रवेश भएको छ ।
लचित्रका अन्य कलाकारहरुमा शुसिलराज पाण्डे, दयाहाङ राई, सागर लम्साल, कमलमणी नेपाल, रजनी केसी, अनुपमा शर्मालगायत छन् ।
चलचित्रमा संगित सोनाल सापकोटाको रहेको छ भने द्वन्द्व चन्द्र पन्तको छ । चलचित्रलाई मदन काश्यमले खिचेका हुन ।
‘काली’ र ‘लोफर’ दुबै एक्सन फिल्म भएपनि ‘लोफर’मा कमेडीले पनि उच्चस्थान पाएको छ । लोफरको निर्देशन नवनिर्देशक आदित्य विक्रम लम्सालले गरेका छन् । उज्यालो
४ असार, काठमाडौं । जहाज अभावमा साख गुमाउँदै गइरहेको नेपाल बायुसेवा निगमले दुई नयाँ जहाज खरिदका सवैभन्दा महत्वपूर्ण मानिएको खुडकिलो पार गरेको छ । दुई जहाज खरिदका लागि ऋण दिन सैद्धान्तिक सहमति जनाएको कर्मचारी संचय कोष र निगमवीच मंगलबार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतासँगै निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसका दुई सानो आकारका जहाज किन्ने प्रकृया अगाडी बढेको छ । सरकारको जमानतमा कोषले निगमलाई एयरबस खरिदका लागि १० अर्ब रुपैयाँ ऋण दिने भएपछि २०७१ फागुन महिनामा पहिलो जहाज नेपाल आइपुग्ने भएको छ ।
ऋण सम्झौतापत्रमा निगमका प्रबन्ध निर्देशक मदन खरेल र सञ्चय कोषका कृष्णप्रसाद आचार्यले हस्ताक्षर गर्नुभयो । निगमले एयरबससँग ३२०-२०० सिरिजका दुई ‘न्यारो बडी’ विमान खरिद गर्न गत चैत २३ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार निगमले वैशाखमा बैनास्वरुप ५ लाख डलर एयरबसलाई पठाएको थियो । एयरबसले दूई चरणमा नेपाललाई विमान उपलब्ध गराउने सम्झौता भएको छ । पहिलो जहाज नेपाल भित्रिएको २ महिनापछि दोश्रो जहाज दिने एयरबसले बाचा गरेको छ ।
कोषले ऋण प्रदान गर्नका लागि निगमले खरिद गर्ने दुई विमान, निगमको न्युरोडस्थित केन्द्रीय कार्यालय र सिनामंगलको जग्गा धितोमा राख्ने भएको छ । निगमले १२ प्रतिशत ब्याजमा ऋण लिन लागेको हो । सम्झौतापत्रमा निगमले व्यापारीक उडान सुरु गरेको १५ वर्षभित्र ऋण चुक्ता गर्नुपर्ने उल्लेख छ । निगमले ऋणको ब्याजमात्र १ अर्ब २० करोड रुपैयाँ बुझाउनुपर्ने हुन्छ । सम्झौताअनुसार निगमले त्रैमाषिक रुपमा कोषलाई ३५ करोड रुपैयाँका दरले बुझाउनुपर्छ । निगमले असोज, पुस, चैत र असारमा किस्ता बुझाउने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
विमानको समष्टिगत बीमालेखा निगमले आफ्नो खर्चमा खरिद गर्नुपर्ने भएको छ । निगमले टिकट बिक्रिबाट प्राप्त हुने कुल आम्दानीको ३० प्रतिशत रकम कोषले तोकेको बैंकमा विशेष कोष खडा गरेर मासिक रुपमा जम्मा गर्नुपर्ने हुन्छ । कोषमा महिनाको १५ करोडका दरले जम्मा गर्ने र तीन/तीन महिनामा कोषको ऋण तिर्ने व्यवस्था गरिएको छ । जहाज खरिद भएपछि नेपालको पर्यटन विकासमा थप टेवा पुग्ने निगमका महाप्रबन्धक मदन खरेलले बताउनुभयो ।
निगमलाई उपलब्ध गराएको १० अर्ब रुपैयाँ ऋणमा निगमलाई जोखिम नरहेको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताउनुभयो । कोषको आम्दानी बढाउन ऋण प्रवाह गरेको उहाँले बताउनुभयो ।

नायिका रेजिना उप्रेती र निर्मात्री कविता श्रेष्ठ बिचको लफडा सुल्झने सम्भावना देखिएको छैन । निर्माता संघमा मंगलबार भएको छलफलमा कुरा नमिलेपछि निर्मात्री कविता श्रेष्ठले हुनमान ढोका नै जाने बताएकी छिन् ।सुरुमा रेजिना र कविता बिच छलफल भएको थियो । कविताले आफूलाई तत्काल १० लाख दिएको खण्डमा अरु रकम नलिने बताएकी थिइन् । तर नायिका उप्रेतीले तत्काल यति रकम दिन नसक्ने भन्दै ६ महिना भित्र मात्र तिर्न सक्ने बताएकी थिइन् ।
रेजिनासँग कुरा नमिलेपछि आफू उठेर हिडेको जानकारी निर्मात्री श्रेष्ठले दिएकी छिन् । रेजिनाले १८ लाखको २४ प्रतिशत ब्याजका हिसाबले २६ महिनाको रकम तिर्नुपर्ने भएतापनि आफूले १० लाख मात्र तत्काल दिन भनेको कविताको भनाई छ । यता निर्माता संघको न्यायिक समितीले कुरा नमिले हनुमानढोकामा पत्र पठाउने बताएको छ ।

मोडल लाउरेन गोडगर पुन टोइफमा फर्किएकी छिन् । उनी आइटीभी २ को ‘लभ टु हेट’ कार्यक्रममा दर्शकले दिएको मायाले पनि खुशी छिन् । २६ बषिर्या यि मोडलले हालै मात्र आफू नयाँ प्रेमीसँग खुशी रहेको बताएकी छिन् । मार्क राइटलाई छोडेर ज्याक म्याकलेनसँग सम्बन्ध गासेपछि आफू निक्कै खुशी रहेको प्रतिक्रिया उनले दिएकी छिन् । ज्याकले आफ्नो नितम्बलाई निक्कै रुचाउने उनको तर्क छ ।
नेपाली सिनेमाका चर्चित द्धन्द निर्देशक राजेन्द्र खड्गीले कुनै जमानामा राँगो समेत ढाल्थे भन्ने गरिन्छ । चलचित्र ‘युगदेखी युगसम्म’बाट राजेश हमाल, छविराज ओझा र खड्गीको चलचित्र यात्रा सुरु भएको बताइन्छ । लामो समयमसम्म चलचित्र अभिनय र द्वन्द्व निर्देशनमा व्यस्त राजेन्द्र यतिबेला निर्देशक बनेका छन् । उनले आफ्नै होमप्रोडक्शनमा निर्देशन गरेको चलचित्र ‘नोथिङ इम्पोसिबल’ असार २८ गतेबाट प्रदर्शनमा आउँदैछ । यसैले पनि राजेन्द्र चलचित्रको प्रचारका लागि दौडधुप गर्नमा नै व्यस्त छन् । ‘आफैले सिनेमा बनाएपछि कहाँ ढुक्कले बस्न पाइन्छ र’, यसै भन्छन् खड्गी ।
आफ्ना ८ बर्षका नाती आर्यन खड्गीलाई मुख्य भूमिकाका लिएर उनले निर्देशन गरेको यो चलचित्रमा छोरी रागिनी खड्गी, रोमी खड्गी पनि छन् । जहाँ नायिका रागिनी खड्गीले एउटा आइटम नृत्य पनि गरेकी छिन् । आफै निर्देशक बनेपछि राजेन्द्र सिनेमाको व्यापारलाई लिएर चिन्तित पनि छन् । राँगो ढाल्ने हात अहिले सिनेमाले गर्दा काँपेको देख्न सकिन्छ । चलचित्रमा ८ बर्षका आर्यनको चमत्कारी स्टन्ट देख्न सकिनेछ ।

४ असार, रौतहट । पूर्वराजाले केही गरिदिए हुन्थ्यो भन्ठान्ने राजावादीहरुलाई रौतहट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार निराश बनाइदिनुभएको छ । पूर्वराजा ज्ञानेन्द्रले अहिले नै आफूले केही गर्ने समय नआएको बताउनुभएको छ । तर, समय आएपछि आफूले केही गर्ने ज्ञानेन्द्रको प्रतिक्रिया छ ।
धार्मिक यात्राका क्रममा मंगलबार रौतहट पुगेका ज्ञानेन्द्रले स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै समय आएपछि जनताले भनेअनुसार नै अघि बढ्ने बताउनुभयो । देश बनाउन तपाईबाट केही हुन्छ कि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले भन्नुभयो-’त्यो समय नै आइपुगेको छैन । समय आओस्, जनताले जे भन्छ, त्यो समयमा हामीले जे गर्नुपर्छ, त्यो गरौंला ।’
संविधानसभाबारे के भन्नुहुन्छ भन्ने प्रश्नमा उहाँले मलाई केही भन्नु छैन भन्नुभयो । यद्यपि प्रजातान्त्रिक अभ्यासमा निर्वाचन हुनु राम्रो हो भन्दै उहाँले भन्नुभयो-’निश्पक्ष, धाँदलीरहित, सबैले भाग लिन पाउने निर्वाचन होस् भन्ने सबैको चाहना छ । हाम्रो पनि त्यही हो ।’ मुलुकको राजनीतिक अवस्था बारे सोधिएको प्रश्नमा पूर्वराजा शाहले यस्ता प्रश्नहरु नेताहरुलाई सोध्न आग्रह गर्नुभयो ।
बाढी पहिरो पीडितप्रति चिन्ता
उहाँले सुदूरपश्चिमा आएको बाढी पहिरो र त्यसले पुर्याएको क्षतिले आफू दुःखी भएको बताउनुभयो । ‘सुदूरपश्चिमाा आएको प्राकृतिक प्रकोपले दुःखी छु । मैले गरेका पूजाहरुमा सुदूरका जनताका लागि भगवानसँग प्रार्थना गरेको छु ।’ पश्चिमको पीडाले पोलेको भन्दै उहाँले त्यस क्षेत्रका जनतालाई तत्काल राहत आवश्यक भएको बताउनुभयो ।
मध्य तराईका विभिन्न जिल्लाका भ्रमणमा रहेका ज्ञानेन्द्र दिउँसो गौर पुग्नुभएको थियो । उहाँलाई स्थानीयबासी र समर्थकहरुले भव्य स्वागत गरेका थिए । रौतहटको मध्यबजार गरुडामा भगवती मन्दिर दर्शनपछि ज्ञानेन्द्रले सदरमुकाम गौर १ मा रहेको शिवालय मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो । पूजा अर्चनापछि केही क्षण विश्रामका लागि होटेल पुगेका पूर्वराजाले पत्रकारहरुसँग कुराकानी गर्नु भएको हो । ज्ञानेन्द्र मंगलबार नै सिमरा फर्किनुभएको छ । OnlineKhabar

भारतीय पक्षको ड्याम खोलेकाले समस्या : प्रजिअ
३ असार, दार्चुला । अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले सदरमुकाम खलंगा १० बटा सरकारी कार्यालयसहित झण्डै ५० घर टहरा बगाएको छ । सोमबार दिउँसोसम्म भारतले बाँध खोलेपछि नदीमा पानीको बहाब बढेको छ भने क्षति बढेको छ । ‘पानी परिराखेको छ । नदी बढ्यो भन्ने छ’ प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी अधिकारीले भन्नुभयो-’भारतीय पक्षको ड्याम खोलेकाले समस्या आएको छ ।’
केही दिनदेखिको अविरल वर्षाका कारण आइतबार मध्यरातमा महाकाली नदीमा पानीको सतह बढेपछि कटान सुरु भएको थियो । सोमबार साँझसम्ममा १० बटा सरकारी कार्यालय, २५ बटा पक्की घर र सुकुम्बासी बस्तीको १७ बटा टहरा बगाएको प्रजिअ अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार बाढीले जिल्ला अस्पताल र विद्युत गृह बगाएको छ भने जिल्ला प्रहरी कार्यालय र नेपाल टेलिकमको कार्यालयको आधा भाग बाढीले बगाइसकेको छ भने जिल्लामा रहेको खुलामञ्च पनि आधा बगाएको छ । दर्जनौं घरहरु कटानको जोखिममा रहेका छन् ।
जोखिममा परेका घरहरुबाट धनमाल तथा सामानहरु सुरक्षित स्थानमा सार्न तैनाथ गुल्मबाट ८१ जनाको टुकडीसँगै प्रहरी र सशस्त्र खटिएका छन् । ५ सय जतिलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरु मध्ये केही आफन्तकोमा गएका छन् भने धेरैलाई विद्यालय र क्याम्पसहरुमा राखिएको छ । अस्पतालबाट विरामी एवं बेडहरु लगायत औषधी र उपकरणहरु सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सरकारी कार्यालयका महत्वपूर्ण सामान तथा कागजातहरु समेत सुरक्षित स्थानमा सारिसकेको छ ।
त्यसैगरी बाढीले गल्फैदेखि नमस्कार भन्ने ठाउँसम्मको भू-भागमा तिब्र कटान गरिरहेको छ । बाढीले जिल्लाका धाप, दत्तु, उकु र लाली गाविसमा पनि कटान गरिरहेको प्रहरीले जनाएको छ । बाढी प्रभावितहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुदूर पश्चिममा तयारी हालतमा राखिएको छ । केन्द्रमा रहेको हेलिकप्टर तथा उद्धार कार्य गर्ने दक्ष जनशक्ति तयारी हालतमा रहेतापनि प्रतिकुल मौसमको कारणले हाल उक्त स्थानमा पठाउन कठिनाई भएको सेनाले जनाएको छ ।
बाँध पूरै नखोल्न भारतलाई परराष्ट्रको दबाब
महाकालीको बाढी दार्चुला सदरमुकाममा पसिरहेका बेला भारतले खलंलाभन्दा उत्तरमा रहेको धौलीगंगा जलविद्युतको बाँध खोल्ने जानकारी दिएपछि काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ । स्थानीय नेपाली सेना र स्थानीय प्रशासनले भारतको बाँध खोल्ने तयारी रोक्न मन्त्रालयमा आग्रह गरेपछि परारष्ट्र मन्त्रालायले बाँध पूरै नखोल्न र खोल्नै परे आंशिकरुपमा मात्रै खोल्न भारतलाई आग्रह गरेको छ । यद्यपि भारतले आंशिक रुपमा मात्रै बाँधको पानी खोलेको भए पनि त्यसले महाकालीमा पानीको बहाव बढ्न गई सोमबार अपरान्ह दार्चुला सदरमुकामका थप १८ घर बगेका छन् ।
भारतले बाँध फुट्ने र जलविद्युत आयोजनामा क्षती पुग्ने भन्दै खलंगाभन्दा माथिपटि्ट रहेको बाँध खोलिदिएपछि नदीमा पानीको बहाव बढेको हो । बाँधमा पानी भरिएपछि फुट्ने डरले आंशिक रुपमा बाँध खोलिएको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै दार्चुलाका प्रहरी नायब उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
सोमबार अपरान्ह चार बजेतिर भारतले बाँध खोलेको हो । भारतले दार्चुलाको स्थानीय प्रशासनलाई बाँध खोल्ने जानकारी गराएपछि आफुहरुले केन्द्रलाई जानकारी गराएको र परराष्ट्र मन्त्रालयको पहलमा भारतले आंसिक रुपमा मात्रै बाँध खोलेको निमित्त प्रमुख जिल्ला अधिकारी हर्कबहादुर सिंहले बताउनुभयो ।
एमाओवादी र एमालेको ध्यानाकर्षण
यसैबीच एमाओवादी र नेकपा एमालेले दार्चुला सदरमुकाम खलङ्गामा तत्काल उद्धार थाल्न माग गरेका छन् । एमाले सचिव विष्णु पौडेलले विज्ञप्ति जारी गरी तत्काल उद्धार कार्य गर्न र उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न सरकारसँग माग माग गर्नुभएको छ । यस्तै एमाओवादी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गरेर दार्चुलामा उद्दारमा जुट्न पार्टी कार्यकर्तालाई अपील गर्नु भएको छ ।
भारतमा पनि क्षति, गोर्खा पल्टनका १३ भवन बगे
पानीको बढ्दो बहावसंगै भारततर्फ पनि अहिले ठूलो क्षति पुर्याएको छ । भारतको धार्चुला नदी किनारमा अवस्थित गोर्खा पल्टनका १३ वटा भवन बगाएको छ । दिउँसो २ बजेसम्म भारततर्फ कुनै क्षति नभए पनि बाँध खोलेलगत्तै पानीको बहाव बढेपछि भारततिर पनि क्षति भएको हो ।
तीर्थयात्रीसमेत फसे
यसैबीच कैलास मानसरोवर दर्शन गर्न गएका सयौं नेपाली तीर्थयात्रीहरु भारतको गब्र्याधार भन्ने ठाउँमा फसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बिहानैदेखि सो क्षेत्रमा मुसलधारे पानी परिरहेको र अहिले विभिन्न ठाउँमा पहिरो जाँदा उनीहरु फसेको प्रहरीले बताएको छ ।
खलंगामा बाढीले मच्चाएको आतंक तस्वीरमा (Onlinekhabar)

३ असार, काठमाडौं । अमेरिकामा लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी अभिनेत्री मनिषा कोइराला निको भएर सार्वजनिक कार्यक्रममा देखिएकी छन् । उनले आफू पूर्णरुपमा निको भएको बताएकी छन्
नेपाली समदायले शनिबार न्युयोर्कमा आयोजना गरेको कार्यक्रममा सहभागी अभिनेत्री कोइरालाले आफू पूर्णरुपमा स्वस्थ्य भएको जानकारी दिएको न्यूयोर्कबाट ह्वाइट हिमाल टेलिभिजनले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।
क्यान्सरको उपचारपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी अभिनेत्री कोइराला सेतो शर्ट, खैरो पाइन्ट र रातो टोपी लगाएर सहभागी थिइन् । टोपीभित्र उनको शीर कपडाले पूरै ढाकिएको देखिन्थ्यो । कार्यक्रममा कोइरालाले दर्शकहरुका शुभेच्चछाका कारण आफू निको भएको भन्दै सबै शुभचिन्तकलाई धन्यवाद दिएको ह्वाइट हिमालले उल्लेख गरेको छ ।

# OnlineKhabar
त्यस्तै, जिल्ला वन कार्यालय, जिल्ला अस्पताल, शैक्षिक तालिम केन्द्र, प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयहरु महाकालीले बगाएका छन् । त्यसैगरी, गल्फैका ६ घर र एक क्लिनिक पनि बगाएको छ । छापरीमा तातोपानी मन्दिर र ४ वटा पसल बगाएको छ । ब्रहृमदेव कालागाड खोलाको लघु जलबिद्युत योजनाको पावर हाउस बगाएको छ । जिल्ला अस्पताल छेउसम्म नदी पुगेकाले बिरामीलाई अन्यत्र सारेको दार्चुलाका प्रहरी नायब उपरीक्षक कुबेर कडायतले बताउनु भयो । पानी अहिले पनि रोकिएको छैन भने जिल्ला बाहेक अरु ठाउँबाट कुनै किसिमको उद्दारको प्रयास नभएको स्थानीयहरु बताउछन् ।