दयाहाङले प्रियंकालाई भने, ‘तिमी नै मेरो साँझ बिहानी’(भिडियो)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

चलचित्रको पर्दामा नायिकासँग अहिलेसम्म कुनै पनि गीतमा ननाँचेका कलाकार दयाहाङ राइले नयाँ अनुभव गरेका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘झोले’ को तिमी नै मेरो साँझ बिहानी बोलको गीतमा दयाहाङलाई नायिका प्रियंका कार्कीसँग नृत्य गर्दै गरेको अवस्थामा देख्न सकिन्छ ।दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘झोले’मा समावेश यो गीतलाई निक्कै आकर्षक बनाइएको छ । यो गीतमा रिनशा राइको नृत्य निर्देशन, हरि लम्सालको संगीत, राजेश पायल राई र रजिना रिमालको स्वर समावेश छ ।गीत हेरिसकेपछि अधिकांश रंग पत्रकार र चलचित्रकर्मीले कलर, कोरियोग्राफी उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । अधिकांश सिनेमामा कलाकारको रुपमा देखिएका दयाहाङलाई यो सिनेमाले नायकको रुपमा परिचित गराउने विश्वास गरिएको छ ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
, ,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस