थ्रीस्टार क्लब गोर्खा कप फुटबलको क्वाटरफाइनल नजिक

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

एपीएफले देशभक्तलाई हरायो
 
१५ जेठ, काठमाण्डौ । थ्रीस्टार क्लब राजधानीमा जारी गोर्खा कप फुटबलको क्वाटर फाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)लाई ५-१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले अन्तिम आठ प्रवेशको सम्भावना बलियो बनाएको  हो ।

थ्रीस्टारका लागि खेलको छैठौँ मिनेटमा प्रकाश वुढाथोकीले गोल गर्दै सुरुवाती अग्रता दिलाए । स्टार खेलाडीले भरिएको थ्रीस्टारका लागि खेलको  २३ औँ मिनेटमा कप्तान सन्तोष साहुखल,  ३० औँ मिनेटमा विराज महर्जन, ४९ औँ मिनेटमा जगजित श्रेष्ठ र ६४ औँ मिनेटमा डोजोजले गोल गरे । खेलको २० औँ मिनेटमा आरसीटीका सुमन लामाले सान्तोना  गोल गर्दै गरेपनि टोलीलार्इ हार जोगाउन सकेनन् ।

यसैवीच अर्को खेलमा राजेन्द्र रावलको चार गोलको मदतमा सशस्त्र प्रहरीको एपीएफ क्लबले मोफसलको देशभक्त क्लबलाई १०-१ गोल अन्तरले पराजित गरेको छ । पहिलो खेलमा एपीएफले देशभक्तलाई १०-१ गोल अन्तरले पराजित गरेको हो । राजेन्द्रले खेलको १४ औँ, २६ औ, ४३ औँ र ५२ औँ मिनेटमा हृयाटि्रक पूरा गरे ।

यस्तै खेलको ३३ औँ मिनेटमा सुदीप शिखाकार, ६५ औँ मिनेटमा नविन लामा, ६७ औँ मिनेटमा जाङ्वु शेर्पा, ७७ औँ मिनेटमा विशाल श्रेष्ठ र गणेश लावतीले ९० औँ मिनेटमा गोल गरे । देशभक्तका लागि एकमात्र सान्तोना गोल खेलको ६२ औँ मिनेटमा अषिश शाक्यले गरे । खेलको ५८ औँ मिनेटमा देशभक्तका अजय पौडेलले आत्मघाती गोल गरेका थिए ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस