मैनालीले भने- टाउकाको मूल्य तोक्दा विधि खोज्नेहरु कहाँ थिए ?

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

'घर जलेका बेला आगो निभाउने कि बाँसुरी बजाउने !'

१६ जेठ, पोखरा । वरिष्ठ अधिवक्ता तथा गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एशोसियसनका अध्यक्ष रामनाथ मैनालीले मुलुक संकटमा परेका बेला विधि खोजेर मात्रै नहुने बताउनुभएको छ । बिहीबार पोखरामा सुरु भएको गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एशोसियसनको पश्चिमाञ्चल क्षेत्रीय भेलामा मैनालीले भन्नुभयो- ‘घर जलिरहेको छ, यस्तो अवस्थामा बाल्टिनको पानी हालेर आगो निभाउने कि रत्नपार्कमा बसेर बाँसुरी बजाउने ?’

चुनावले मात्र राष्ट्रिय राजनीतिलाई विधिसम्मत निकास दिने भन्दै मैनालीले चुनावलाई केन्द्रमा राखेर नै कानुन व्यवसायीहरुले पैरवी गर्नुपर्ने बताउनुभयो । ‘विधि ठूलो कि राष्ट्र ठूलो ?’ उहाँको प्रश्न थियो-’नेपाल अधिराज्यको संविधान-०४७ मा मृत्युदण्डको व्यवस्था छैन, तर ०५८ मा संकटकाल लगाएर टाउकाको मूल्य तोक्दा विधिको शासनको पैरवी गर्नेहरु कहाँ थिए ? यिनीहरुले सरकारको कदम ठीक छ भनेर समर्थन गरेका होइनन् ?’

टाउकाका मूल्य तोक्नेहरु सबै जनआन्दोलनका विरोधी भएकाले लोकमानको मात्रै विरोध गर्नु अनैतिक तर्क भएको मैनालीको टिप्पणी थियो । उहाँले भन्नुभयो-’एमालेले प्रस्ताव गर्ने, कांग्रेसले समर्थन गर्ने र अख्तियार प्रमुख बनाउने, अनि माओवादीका विरुद्ध कुप्रचार गर्ने ?’ भेलामा एमाओवादी नेता बर्षमान पुन अनन्तले संविधानसभाको निर्वाचन भाँड्न उग्र दक्षिणपन्थी र उग्र वामपन्थीहरु सक्रिय भएको बताउनुभयो । मूख्यतः एमाले, त्यसपछि कांग्रेस, मोहन बैद्य र राजावादी शक्तिहरु निर्वाचन हुन नदिन अनेकौं बखडा झिकेर राजनीतिक निकास प्रभावित गर्न खोजेको उहाँको दाबी थियो ।

उहाँले भन्नुभयो-’आर्थिक समृद्वि, राजनीतिक स्थिरता र गणतन्त्रलाई संस्थागत गर्न नयाँ निर्वाचनको विकल्प छैन, तर एकीकृत माओवादीले जित्ने डरले एमाले, कांग्रेस, वैद्य समूह र राजावादीहरु निर्वाचन हुन नदिने प्रपञ्चमा छन् । यसले उग्र दक्षिणपन्थी र उग्रवामपन्थीहरु निर्वाचन बिथोल्न सक्रिय छन् भन्ने कुरा प्रष्ट हुन्छ ।’ निर्वाचन बिथोल्नकै लागि गत संविधानसभा निर्वाचनमा भएको व्यवस्था उल्टाउने प्रस्ताव ल्याइएको पुनको दाबी थियो ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस