नेपाली नेपालीबीचको झगडाले सात महिना जेल
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
![]() |
१० जेठ, क्वालालम्पुर । विदेश आएर खुरुखुरु आफनो काम गरेर पैसा कमाउने वेलामा साथी साथी विच लडेपछि कस्तो दुख पाईएला । तपाईले कल्पना गर्नु भएको छ । यदि छैन भने अव सुन्नुस । घटना गएको दशैको दिन जोहोरको पेकननासमा रहेको एक कम्पनीमा कार्यरत नेपालीको हो । दशैको दिन कम्पनीमा भएका साथीहरु रमाईलो गर्दै दशै मनाईरहेको थिए ।
यहि रमाईलो गर्ने क्रममा तारापाल गाविस वडा न ९ वर्दियाका वल वहादुर सुनुवार र संखुवासभाका प्रदिप केसिको सामान्य भनाभन भयो । सामान्य भनाभनले अलि ठुलो रुप लिन थाले पछि दुवै पक्षका साथीभाईहरु जम्मा भए । त्यहाँ रहेको स्थानियवासिले भने त्यो कुरा मनपराएनन र प्रहरीलाई खवर गरे । प्रहरीले एकएक गर्दै धेरै जनालाई पक्राउ गर्यो र प्रहरी कार्यालयमा पुर्यायो । कोहिका साहुहरु अलि राम्रा थिए आफना कामदारहरुलाई प्रहरी कार्यालयवाट निकालेर काममा लगाए भने केहिलाई तुरुन्तै नेपाल पठाईयो ।

तर तारापालका वल वहादुरलाई भने नत कम्पनीले वास्ता गरयो नत अन्य कुनै निकायले । उनलाई जेलवाट निकाल्ने प्रयास सात महिनासम्म पनि कहि कतैवाट नभएपछि केहि साथीहरुले उनको खोजीनिति गर्न थाले । खोजीनिति गर्दै जाँदा वल वहादुरले पेकननासमा रहेको जेलमा वन्दि जीवन विताईरहेका रहेछन । त्यसपछि कम्पनीमा काम गर्ने साथी खिमानन्द भण्डारी, पेकनासमै एभरेष्ट रेष्टुरण्ट सन्चालन गरेका वस्नुभएका गणेश गुरुङ र छविलाल गिरीको पहलमा उनलाई नेपाल पठाउने तयारी भएको छ । आउदो जुन ३ तारिखमा वल वहादुर नेपाल र्फकदै छन । विदेशमा भगडा गरेर सात महिनासम्म दुःख पाएकोमा वल वहादुर अहिले निकै पछुतो लागिरहेको छ ।
|
|
![]() |
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |