सगरमाथामा निशाले फरफराइन् नेपाली सिनेमाको ब्यानर (फोटो फिचरसहित)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

नायिका निशा अधिकारी सफल सगरमाथा आरोहण पश्चात काठमाण्डौ फर्किएकी छिन् । उनी शुक्रबार बिहान ११ बजे काठमाण्डौ आइपुगेकी हुन् । उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्का लगायतका चलचित्रकर्मी पुगेका थिए ।विमानस्थलमा चलचित्रकर्मीहरु सामु निशा निक्कै खुशी देखिएकी थिइन् । उनलाई कलाकार लक्ष्मी गिरी, आकाश खवास लगायतले टिका, माला र खादा लगाइदिएर स्वागत गरेका थिए । नायिका निशा अधिकारी सगरमाथा तर्फ लागेपछि आलोचना र टिप्पणी खुबै भएको थियो । उनी आरोहीको रुपमा नभई भरियाको रुपमा सगरमाथाको चुचुरोमा पुगेकी हुन् । यसैले पनि उनलाई नेपाल सरकारले भरियाकै प्रमाणपत्र उपलब्ध गराउनेछ । निशाले आफूलाई सगरमाथा चढ्न पाउँदा गर्भ लागेको बताइन् । उनले सगरमाथाको टुप्पोमा आफूले ‘नेपाली चलचित्रलाई माया गरौ’ भन्ने ब्यानर फरफराएको बताइन् । निशाले चुचुरोमा पुगेपछि सगरमाथा नेपालमै छ भनेर गर्भ लागेको बताइन् ।

सगरमाथा आरोहणका लागि जानु अघि स्लिम देखिएकी निशा र्फकदा केही मोटाएकी छिन् । उनको शरीरको वजन केही बढेको स्पष्ट देखिन्छ । उनले सगरमाथा चढ्नु अघि प्रोटिन खानेकुरामा विशेष ध्यान दिएको बताएकी थिइन् । निशा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली नायिका हुन् ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
, , ,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस