पारसको क्यानडा भिसा लाग्यो, ज्ञानेन्द्र र बसन्त कुर्दै
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
![]() |
१६ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले कप्तान पारस खड्कासहितका ३ क्रिकेटरलाई व्यवसायिक खेलका क्यानडा पठाउने तयारी गरेको छ । २ खेलाडीलाई श्रीलंका पठाउने तयारी भने अन्यौलमा परेको छ ।
क्यानका महासचिव अशोकनाथ प्याकुरेलका अनुसार कप्तान पारससँगै उपकप्तान ज्ञानेन्द्र मल्ल र बलर बसन्त रेग्मीलाई क्यानडाको काउन्ट्री लिग खेल्न पठाउने तयारी भइरहेको छ । गत वर्ष वनि खेलेका पारसको भिसा आइसकेको छ भने ज्ञानेन्द्र र बसन्त भिषाको पर्खाइमा छन् । ‘मेरो भिसा लागिसकेको छ, ज्ञानेन्द्र र बसन्तको आइसकेको छैन’ कप्तान पारसले अनलाइनखबरसँग भन्नुभयो-’म र ज्ञानेन्द्र ओन्टारियो र बसन्त जीपीए च्यालेन्जर्सबाट खेल्ने खोजेका छौं ।’ दायाँ पाखुराको चोटका कारण पारसको क्यानडा यात्रा रोकिएको छ । पारसले गत वर्षपनि ओन्टारियाबाट खेल्नु भएको थियो ।
क्यानका महासचिव प्याकुरेलका अनुसार विनोद भण्डारी र प्रदीप ऐरीलाई श्रीलंका पठाउने प्रयास भने अन्यौलमा परेको छ । ‘२ जनालाई श्रीलंका पठाउन खोजेका हौं । तर, कष्टका हिसावले पनि गाह्रो भएको छ’- उहाँले भन्नुभयो । नेपालमा इण्डोर अभ्यास मैदान नभएकाले खेलाडीहरुलाई विदेश पठाउनु परेको प्याकुरेलको भनाई छ ।
३ विदेश भ्रमणको प्रस्ताव
क्यानले ३ वटा विदेश भ्रमणका लागि आर्थिक सहयोग गर्न राष्ट्रिय खेलकुद परिषद् समक्ष प्रस्ताव गरेको छ । क्यानका महासचिव प्याकुरेलका अनुसार आगामी अक्टोबरमा हुने टी-२० विश्वकपको छनोट अघि श्रीलंका वा अन्य देशको भ्रमणको प्रस्ताव गरेको छ भने विश्वकप छनोट खेल पूर्व भारतको भ्रमण गर्ने योजना अघि सारेको छ । यो बीचमा एक हाई लेभलको टुरको प्रस्ताव गरेका छौं । तर, अहिलेसम्म ठोस कुरा आएको छैन-प्याकुरेलले भन्नुभयो ।
यसैगरी मुलपानीमा क्रिकेट मैदान निर्माणलाई पहिलो प्राथमिकता दिन समेत क्यानले प्रस्ताव गरेको छ । हालै मात्र नेपालले डिभिजन थ्री क्रिकेटको उपाधि जितेपछि सरकार र राखेपले क्रिकेटलाई उच्च प्राथमिकता दिने भन्दै ठोस प्रस्ताव ल्याउन क्यानलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |