६५ बर्षे बुढी आमैले ७५ बर्षे बाजेलाई भनिन्-मलाई जबर्जस्ती गर्न खोजे
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
४ असार, ओखलढुंगा । सदरमुकामनजिकको बेतनी गाविस १ की ६५ बर्षीया इन्द्रकुमारी धमलाले आफूलाई जबर्जस्ती पत्नी बनाउन खोजेको भन्दै आइतबार महिला तथा बालबालिका कार्यालयमा उजुरी दर्ता गराएकी छिन् । उनले उजुरीमा छिमेकी गाविस सल्लेरी ३ का एक ७५ बर्षीय वृद्धले जबर्जस्ती पत्नी बनाउन खोजेको जनाएकी छिन् ।
आफूलाई बैठक भएको भन्दै बोलाएर सल्लेरी ३ का बृहस्पति बास्तोलाले जबर्जस्ती पत्नी बनाउन खोजेको धमलाको दाबी छ । उनले सल्लेरी ३ का स्थानीय पृथबिहादुर तामाङको घरमा गुठीको बैठक भएको भन्दै आफूलाई बोलाई जबर्जस्ती पतिपन्तीको नाता कायम गरिदिन खोजेको आरोप लगाएको नयाँ पत्रिकामा खबर छ ।
कार्यालयमा उजुरी दर्ता भएपछि आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको महिला विकास अधिकृत सत्यदेवी अधिकारीले जानकारी दिइन् । केही बर्षअघि धमलाको श्रीमान्को मृत्यु भएको थियो । - Onlinekhabar

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |