केदारनाथमा अलपत्र ७० नेपालीको उद्दार(फोटोफिचर सहित)
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
बद्री-केदारनाथको चारधाम तीर्थयात्राका क्रममा बाढीपहिरोले अलपत्रमा परेका नेपालीहरुको उद्दार सुरु भएको छ । नेपाल सरकारको अनुरोधमा भारत सरकारले उनीहरूको उद्धार गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार अलपत्र परेका करिब ४ सय नेपालीमध्ये झण्डै ७० जनालाई हेलिकोप्टरबाट उद्धार गरेर देहरादुन र हृषिकेशमा निर्माण गरिएका अस्थायी शिविरमा पुर्याइसकिएको छ भने अन्यको उद्धारको कार्य जारी छ । ‘दिल्लीस्थित नेपाली दूतावासले पनि भारतीय उद्धारकर्मीहरूसँग निरन्तर सम्पर्क एवम् समन्वय कायम गरी अलपत्र परेका नेपालीलाई सुरक्षित स्थानमा पुर्याउन आवश्यक कार्य गरिरहेको र हालसम्म कुनै नेपालीको सो विपत्तिमा परी ज्यान गुमाएको जानकारी प्राप्त नभएको” प्रवक्ता थापाले भन्नुभयो ।
भक्तपुरबाट गएका मात्रै सयभन्दा बढी अलपत्र परेका छन्। अरु जिल्लाबाट समेत गरी चारसय भन्दा बढी तीर्थयात्री सम्पर्कबिहीन भएको अनुमान गरिएको छ ।
उत्तराखण्डमा गएको बाढीपहिरोमा परी करिब ६० हजार भारतीय प्रभावित भएका तथा व्यापक भौतिक संरचना ध्वस्त भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बाढीले बगाएपछि केदारनाथ
बाढीले पुरिएको शिवको मुर्ति । जुन बगाइसकेको छ ।
|
|
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |