रेखा थापा मोरङबाट चुनाव लड्ने 'प्रधानमन्त्री बने पनि फिल्म बनाउन छाड्दिन'

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

१९ जेठ, धरान । हालै औपचारिक रुपमा एकिकृत माओवादीमा प्रवेश गरेकी नायिका रेखा थापाले आगामी संविधानसभाको निर्वाचनमा चुनाव लड्ने घोषणा गरेकी छिन् ।राष्ट्रिय चलचित्र महोत्सवकालागि धरान आएकी रेखाले शनिबार राती ९ बजे ड्रिमल्याण्ड होटलमा पत्रकार सम्मेलन गर्दै आफु देशको जुनसुकै क्षेत्रबाटपनि चुनाव लड्न सक्ने घोषणा गरिन् । भनिन् ‘यसपालि डेफिनेट्ली चुनावमा उठ्छु, म समानुपातिक होइन प्रत्यक्षमै लड्ने पक्षमा छु ।

हाल काठमाण्डौ बस्ने रेखा मोरङ क्षेत्र नं. ८ मा पर्ने सलकपुर-९ की हुन् । सो क्षेत्रमा अघिल्लो संविधान सभामा गोपी अछामीले सभासद जितेका थिए । यसपाली रेखाले उक्त क्षेत्रबाटै उठ्ने सम्भावना ब्यक्त गरेकी छिन् ।उनले १२ बर्ष चलचित्र क्षेत्रमा विताए पनि अब समाजसेवामा सक्रिय रहने बताईन् । उनले आफ्ना बुवाको नाममा ‘प्रेम फाउण्डेसन’ नामक सामाजिक काम गर्ने संस्था सुरु गर्ने बताईन् । देशको सेवा गर्न पहिलादेखिको चाहना रहेको भन्दै उनले सुनाईन् ‘म देशको नीति निर्माणको तहमा पुगेर पछाडि परेका महिला र बालबालिकाकालागि काम गर्न चाहान्छु तर सभासद, प्रधानमन्त्री जे भएपनि फिल्म निर्माण गर्न भने छाड्दिन । 

‘प्रधानमन्त्री पनि हुने चाहना छ ?’ अनलाईनखबरको प्रश्नमा उनले जवाफ दिईन् ‘किन नहुनु अवश्य छ । सभासद् हुने- राजनीति गरेपछि प्रधानमन्त्रीसम्म हुने लक्ष्य त राख्नै पर्‍यो नि ।’ उनले आफ्नो नयाँ फिल्म ‘काली’को काम सकिए लगत्तै आफ्ना पिताका नाममा खुल्ने प्रेम फाउण्डेसनमार्फत् समाजसेवा थाल्ने बताउँदै पत्रकारहरुसँग सुझाव मागिन् ‘मैले आफ्नो ठाउँ पूर्वबाट थाल्दा राम्रो होला कि गरिब, अशिक्षित, पिडितहरु भएको कर्णालीबाट ?’ ’

चलचित्रमा जस्तो सजिलो नहोला नि राजनीतिमा स्थापित हुन् ?’ पत्रकारहरुको प्रश्नमा उनको जवाफ थियो ‘म सकलपुरकी केटी सानी हुँदा हिरोइन बन्छु भन्थें साथीहरुले तँ काली कसरी हिरोइन बन्छेस् ? भनेर जिस्क्याउँथे तर मेहनतले बनेँ । राजनीतिमा पनि मेहनत गर्नु पर्छ । राजनीतिमा साम, दाम, दण्ड, भेद लगाउनु पर्छ भन्ने पनि बुझेकी छु ।’ उनले आजकल ननभेज फिल्म बढि बन्न थालेको भन्दै आफु कहिल्यै त्यस्ता ननभेज् फिल्म नबनाउने बताईन् । भनिन् ‘मलाई अलि छोटो स्कर्ट लगाउँछे भनेर बढि चर्चा हुन्छ, त्यति हो तर अहिलेसम्म त्यस्तो ननभेज् किस वा अरु कुनै दृष्य देख्नु भएको छ मेरो फिल्ममा ?’

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
, , ,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस