दार्चुला संकटग्रस्त जिल्ला घोषणा, सरकारले ५० करोड दिने
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले दार्चुलाको पुनःनिर्माणका लागि सरकारले तत्काल रु ५० करोड रकम उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
बाढी प्रभावित क्षेत्रको निरीक्षण तथा राहत वितरणका लागि आज दार्चुला आइपुग्नुभएका रेग्मीले सदरमुकाममा भत्केका संरचना पुनःनिर्माणका लागि आगामि बजेटबाट उक्त रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो । आज बिहान हेलिकप्टरबाट दार्चुला आइपुग्नुभएका उहाँले बाढी पीडित घर परिवारलाई प्रतिपरिवार जनही रु ३५ हजारका दरले तत्काल राहत उपलब्ध गराइनेसमेत बताउनुभयो । बाढी पीडित, स्थानीय राजनीतिक दललगायत सरोकारवालासँग छलफल गर्दै रेग्मीले बाढी पीडितको अवस्था र भौतिक क्षतिको बारेमा जानकारी लिनुभएको थियो ।
बाढीपीडितले रेग्मीसँग सरकारले उद्धारमा ढिलाई गरेकाले आफूहरू समस्यामा परेको गुनासो गरेका थिए । छलफलका क्रममा रेग्मीले धौलीगङ्गा परियोजनाको बाँधबारे भारत सरकारसँग वार्ता गर्ने बताउनुभयो । उक्त टोलीमा गृहमन्त्री माधवप्रशाद घिमिरे, भौतिक निर्माण पूर्वाधार तथा सहरी विकासमन्त्री छविराज पन्त, स्थानीय विकास तथा स्वास्थ्यमन्त्री विद्याधर मल्लिक, सिँचाइमन्त्री उमाकान्त झा, मुख्य सचिव लिलामणि पौडेललगायत हनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |