ओबामाको हत्या प्रयास: २ जना पक्राउ !

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

वासिङटन, असार ७,  अमेरिकाको जांच एजेन्सी फेडरल ब्‍यूरो अफ इनभेस्‍टीगेशन (एफबीआई) ले अमेरिकी राष्ट्रपति बराक ओबामालाइ एक्सरे किरणहरूबाट मार्नका लागी गरिएको प्रयास विफल बनाएको छ ।

एक रिपोर्ट अनुसार एक्सरे रेजको यस्तो एक सिस्टम विकसित गरिएको थियो, जस मार्फत घातक किरणहरू छोड्न सकिन्थ्यो । रिमोट मार्फत यी किरणहरूलाइ छोडने तयारी गरिएको थियो ।
यस प्रणाली मार्फत ओबामाको हत्याको योजना गरिएको थियो । एफबीआईका अनुसार ग्लेन्डेन स्कोट क्राफोर्ड र एरिक जे.फ्राइड ले ओबामाको हत्याका लागी नरसंहारक हतियार तयार गरेका थिए । दुबैले बताए अनुसार बोस्टन हमलाका लागी उनीहरूले ओबामालाइ जिम्मेवार मानेका छन ।

क्रफोर्डले बोस्टन हमलाका लागी ओबामाको नितिहरूलाइ जिम्मेवार ठहराउदै भने कि अमेरिकाका राष्‍ट्रपतिले सरकारलाइ निर्देशन दिएका थिए कि कुनै जाँच बिनानै ती मुस्लिमहरूलाइ अमेरिका ल्याइयोस । एफबीआईका अनुसार क्राफोर्ड कू क्लूक्स क्लेनका सदस्य हुन । उनले आफ्नो हतियारको नाम `हिरोशिमा अन ए लाइट स्वीच` राखेका थिए ।

एफबीआईले गएको बसन्त ऋतुमा क्राफोर्डका बिरूद्ध जांच शुरू गरेको थियो । त्यतिबेला क्रफोर्ड यहूदी प्राथनागृहमा गएका थिए । त्यहाँबाट उनले यस प्रविधिका बारेमा पत्ता लगाएका थिए । यो योजना त्यसबेला तुहिएको थियो,  जब क्रफोर्ड र एरिक डिभाइसको अन्तिम कम्पोनेन्टलाइ जोडनका लागी जीई कम्पनीको अफिसमा गएका थिए ।

एफबीआईले यी दुबैलाइ पक्राउ गरेको छ । 

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस