नेपाली युवाको शब तीन महिनादेखि साउदीमा अलपत्र

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

२ असार, दोलखा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका दोलखा मालीका एक युवाको मृत्यु भएको तीन महिना बितिसक्दा पनि उनको शव स्वदेश ल्याइएको छैन । फागुन १० गते सवारी दुर्घटनामा मृत्यु भएका माली- ८ का लालबहादुर बस्नेतको शव अहिलेसम्म पनि ल्याउन नसकिएको हो । मृत्यु भएको तीन महिनासम्म पनि उनको शव नेपाल ल्याउन नसकिएपछि पीडितका परिवारजन चिन्तित बनेका छन् ।

मृतक युवकको शव झिकाउन सम्बन्धित मेनपावर, परराष्ट्र कन्सुलर, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलगायतलाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको मृतकका काका ज्ञानबहादुर बस्नेतले गुनासो गर्नुभयो । मृतक बस्नेतको शव साउदीस्थित एक अस्पतालमा राखिएको र उनी कार्यरत कम्पनीले शव बुझ्न नमानेका कारण समस्या भएको बताइएको छ । विसं २०६९ वैशाखमा काठमाडौँस्थित नाइल इन्टरनेसनल ओभरसिजमार्फत साउदी अरब पुगेका बस्नेतको काम सुरु गरेको नौ महिना नपुग्दै दुर्घटनामा परी मृत्यु भएको थियो । रासस

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस