बन्द खुल्यो ! दिनभरी के भयो ? (देश भरिको विवरण सहित )
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
|
|
२ असार, काठमाडौं- चुनावको मिति घोषणामा असन्तुष्टि जाउँदै सरकार विरुद्ध आन्दोलन गरिरहेका दलहरुले गरेको आज नेपाल बन्दले देशभरीको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि गरिएको बन्द अहिले बेलुका ५ बजेदेखि खुलेको छ । दिनभरीको बन्दमा कहाँ के भयो खबरपार्टीको विशेष रिपोर्ट ।
उच्चस्तरीय समितिको बैठक स्थगित
फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले समितिको नेतृत्व सम्हालेपछि आज बोलाइएको पहिलो वैठक बन्दका कारण स्थगित गरिएको छ । गच्छदारले हिजोदेखि समितिको संयोजकको जिम्मेवारी पाएका थिए ।
उच्चस्तरीय समितिको बैठक स्थगित
फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले समितिको नेतृत्व सम्हालेपछि आज बोलाइएको पहिलो वैठक बन्दका कारण स्थगित गरिएको छ । गच्छदारले हिजोदेखि समितिको संयोजकको जिम्मेवारी पाएका थिए ।
सरकारले घोषणा गरेको निर्वाचन र असन्तुष्ट दलहरुको आन्दोलनका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे बैठक बोलाइएको थियो । समितिका संयोजक गच्छदारले बन्दकर्ताको भावनालाई पनि मध्यनजर गरेर बैठक स्थगित गरिएको जानकारी दिए ।
सञ्चारकर्मीको मोटरसाइकलमा तोडफोड
बन्दको समयमा मोटरसाइकल चलाएको भन्दै कारोवार दैनिकमा कार्यरत सञ्चारकर्मी समिर रेग्मीको मोटरसाइकलमा आक्रमण भएको छ । आफ्नो निवास थानकोटबाट कार्यालयतर्फ आउँदै गर्दा काठमाडौंको कलंकी चोकमा बन्दकर्ताले उनीमाथि आक्रमण गरेका थिए । आन्दोलनकारीले पत्रकार रेग्मीमाथि दुव्र्यबहार गर्दै उनी सवार बा २० प ७६३२ नम्बरको मोटरसाइकलको अगाडीको भाइजर, लुकिङ ग्लास लगायत तोडफोड गरेका हुन । आफू सञ्चरकर्मी भएको भनेर भन्दाभन्दै पनि आक्रमण गरेका उनले बताए । घटनाको नेपाल पत्रकार महासंघ कारोवार दैनिक शाखाले भत्सना गरेको छ ।
सवारीसाधन ठप्प
बन्दका कारण बिहानैदेखि गाडी नचल्दा सर्वसाधरण कठिनाइमा प¬रेका छन् । उपत्याकाबाट बाहिर जाने र भित्रिने गाडीहरु सूचारु भएका थिएनन् । प्रेस कुटनीतिक नियोग, एम्बुलेन्स बाहेक सडकका खासै सवारी साधन कुदेको देखिएन् ।
हेटौडामा ट्रक र मोटरसाइकलमा तोडफोड
बन्दको अबज्ञा गरेर ट्रक चलाएको भन्दै नेकपा माओबादी लगायतका दलका कार्यकर्ताहरुले हेटौडाको बसपार्क नजिकै ना ४ ख ४६०४ नंम्बरको ट्रकमा पनि तोडफोड गरेका छन् । बन्दकर्ताहरुले हेटौंडामा १२ वटा मोटरसाइकल तोडफोड गरेका छन् भने अरु २५ वटा मोटरसाइकल बन्दमा चलाएको भन्दै नियन्त्रणमा लिएर बेलुकीपख छाडेका छन् ।
हेटौंडाका ४ वटा उद्योगमा तोडफोड
बन्दको समयमा पनि उद्योगसंचालन गरेको भन्दै नेकपा–माओबादीलगायतका दलका कार्यकर्ताहरुले हेटौंडा औद्योगिक क्षेत्रमा संचालन भएका चारवटा उद्योगमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले औद्योगिक क्षेत्रमा रहेको गोर्खा लहरी, सिएसआई प्रालि, एशियन पेन्ट, नेशनल कास्टिङ उद्योग प्रालिमा तोडफोड भएको उद्योग संघ ले जनाएको छ ।
विभिन्न जिल्लामा सवारीसाधन तोडफोड
बन्दको समयमा सवारी साधन चलाएको भन्दै देशका विभिन्न जिल्लामा सवारी साधनमाथि तोडफोड भएको छ ।
- काभ्रे : काभ्रेमा बन्दकर्ताले दुईवटा मोटसाइकल तोडफोड गरेका छन् । काभ्रेको चारदोबाटोमा बा ४६प ६२९५ नम्बरको मोटरसाइकल र सोही ठाउँको गोदाम चोकमा बा ३७ प २६३७ नम्बरको मोटरसाइकल बन्दकर्ताको निशानामा परेका छन् ।
- गोरखा : बन्दको मारमा गोर्खामा एउटा नीजि कार परेको छ । बन्दको अवज्ञा गरेको भन्दै बा ५ च ८२३८ नम्बरको नीजि कार माओवादीले तोडफोड गरेका हुन् । कारको अघिल्लो भागको सिसा पूर्णरुपले क्षतिग्रस्त भएको छ ।
खोटाङमा भने अवज्ञा
खोटाङको सदरमुकाम दिक्तेलका व्यवसायीले बन्दको अवज्ञा गरेका छन् । व्यवसायीले बन्दको विरोध गर्दै सरमुकाममा रहेका पसल तथा बजार संचालन गरेका हुन् । बजार तथा पसल खोलेको भन्दै तोडफोड गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती बजार बन्द गराउँदै तोडफोडमा उत्रेका संघीय समाजवादी पार्टी खोटाङका सहसचिव जितेन राई र वैद्य नेतृत्वको नेकपा माओवादी अखिल क्रान्तिकारीका सदस्य बबी राई पक्राउ परेका हुन् ।
- KhabarPati.com
General strike by 42 parties- special report of Nepal Banda 2nd Ashad 2070
|
|
|
|
|
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |


