उपचारको लागि राष्ट्रपति यादवलाई आज जापान लगिदै (भिडियो हेर्नुहोस)
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
काठमाडौं, ३ असार । राष्ट्रपति डा. रामवरण यादव सोमबार अपराह्न २ बजे स्वास्थ्य उपचारका लागि जापान लगिने भएको छ । राष्ट्रपति डा. यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राससलाई दिनुभएको जानकारी अनुसार उहाँ आज २ बजे थाई एयरबाट बैंकक हुँदै जापान जान लाग्नुभएको हो ।
राष्ट्रपति डा. यादवसँग उहाँका छोरा डा. चन्द्रमोहन यादव, छोरी अनिता, एक निजी सहयोगी, सल्लाहकार सूर्य ढुंगेल, निजी चिकित्सक यादव भट्ट, तीन जना सुरक्षाकर्मी र परराष्ट्र मन्त्रालयका एक अधिकारी जापान जानु हुने सल्लाहकार दाहालले जानकारी दिनु भयो ।
पेटको आन्द्रामा समस्या देखिएपछि थप उपचारका लागि सरकारले आइतबार मात्रै उहाँलाई जापान पठाउने निर्णय गरेको थियो । जापानमा उपचारलगायत व्यवस्थापनको जिम्मा नेपाली राजदूतावासले मिलाउने भएको छ ।
गएको शनिबार मात्रै उहाँले यहाँस्थित ग्रान्ड इन्टरनेसनल हस्पिटलमा उपचार गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |