एमाओवादी ठूलो पक्का, कांग्रेस प्रतिश्पर्धी : पौडेल
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
'एमाले प्रतिश्पर्धी होइन, बरु राप्रपाको बढ्छ'
७ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य देवेन्द्र पौडेल सुनीलले आगामी संविधानसभाको चुनावमा आफ्नो पार्टीको प्रतिश्पर्धा नेपाली कांग्रेससँग हुने बताउनुभएको छ । साथैं उहाँले आफ्नो दल सबैभन्दा ठूलो सावित हुने ठोकुवा गर्दै एमालेले तेस्रो स्थानमा र्झछ भन्नु पूर्वाग्रही टिप्पणी भएको दाबी गर्नुभएको छ ।
नेकपा एमालेले आगामी चुनावमा एमाओवादी तेस्रो शक्ति बन्ने र एमाले र कांग्रेसवीच प्रतिश्पर्धा हुने निश्कर्ष निकालेको विषयमा अनलाइनखबरले राखेको जिज्ञासामा पौडेलले भन्नुभयो- ‘चुनावको वातावरण बनाउनुपर्ने बेलामा कुन दल पहिलो र दोस्रो हुन्छ भन्ने टिप्पणी गर्नु हतारो हुन्छ, तर एमालेले के आधारमा उसको पोजिसन राम्रो हुने देख्यो ? मधेसमा पनि उसको स्थिति बिग्रेको छ । पूर्वमा पनि फुटको प्रभाव छ ।’
एमाओवादी नेता पौडेलले यसपालिको चुनावमा ३०/४० सीट नै घट्यो भने पनि आफ्नै दल ठूलो पार्टी हुने बताउनुभयो । ‘पहाडमा १५/२० सीट घट्यो भने पनि मिथिलाबाट त्यसको भरपुर हुन सक्छ ।’ उहाँले भन्नुभयो, ल अझै २० सीट घट्यो भने पनि हामी नै सबैभन्दा ठूलो दल हुन्छौं ।’
आगामी चुनावमा नेपाली कांग्रेसको सीट बढ्न सक्ने तर एमालेको बढ्ने सम्भावना नरहेको उहाँले दाबी गर्नुभयो । ‘कांग्रेसको स्थिति बिगि्रएको देखिन्न, कांग्रेस हाम्रो प्रतिश्पर्धी हुन सक्छ । तर, एमाले केही ठाउँमा बाहेक हाम्रो प्रतिश्पर्धी नै होइन ।’ पौडेलले भन्नुभयो ।
नेता पौडेलका अनुसार पार्टीले देशभरिको चुनावी स्थितिबारे अध्ययन र विश्लेषण गरेको छ । पहिलो १० हजारभन्दा बढीको मतान्तरले जितेका स्थानमा स्थिति केही खस्किए पनि आफ्नै पकट रहेको एमाओवादीको निश्कर्ष छ । ‘हाम्रो बिग्रेको र एमालेको सुध्रेको काँहि छैन । हामीले यसबारे धेरैपटक समीक्षा गर्यौं ।’- पौडेलले अनलाइनखबरसँग भन्नुभयो ।
यस्तो छ एमाओवादीको विश्लेषण
एमाओवादीको दाबी अनुसार पश्चिम पहाडमध्ये सेती अञ्चल र महाकालीमा विगतको सीट संख्या घट्दैन । त्यस्तै कर्णालीमा एक सीट रहेको मुगुमा मात्रै वैद्यपक्षको प्रभाव रहेको र अन्यन्त्र विगतको परिणाममा कमी नआउने एमाओवादकिो विश्लेषण छ ।
राप्तीमा पहिले जितेको सबै जितिने तर दाङ र बाँकेमा वैद्यको प्रभावले केही सीट घट्न सक्ने एमाओवादीको अनुमान छ । तर, त्यहाँ घटेको सीटमा एमाले नभएर कांग्रेस आउने उसले विश्लेषण गरेको छ । बर्दिया, कैलाली र कन्चनपुरमा पहिलेकै स्थितिमा जितिने एमाओवादी दाबी छ ।
कपिलवस्तु हिजो स्थिति नरहे पनि नवलपरासी र रुपन्देही राम्रो प्रगति भएको दाबी नेताहरुले गरेका छन् । एकसीट जितेको अर्घाखाँचीमा दुबै सीट जित्ने दाबी छ । गुल्मीमा दुई र प्युठानका सबै जित्ने उसको दाबी छ । पाल्पामा केही कमजोर भएको एमाओवादी विश्लेषण छ । त्यस्तै म्यादी जितिने र बाग्लुङमा पनि मसालको बर्चस्व तोड्ने एमाओवादीको निश्कर्ष छ । पर्वतमा राम्रो र स्याङ्जामा कमजोर भएको विश्लेषण एमाओवादी नेताहरुले गरेका छन् । कास्की र गोर्खामा पुरानो स्थिति कायम राख्ने उसको दाबी छ ।
ललितपुर र भक्तपुरमा संगठन राम्रो भएको भन्दै उपत्यकामा पहिलेको भन्दा बढाउने एमाओवादीको दाबी भए पनि काठमाडौंका केही क्षेत्रमा पार्टीको प्रभाव खस्किएको नेताहरुले स्वीकारेका छन् । तर, काठमाडौंमा एमालेसित नभएर कांग्रेससित प्रतिश्पर्धा हुने एमाओवादी निश्कर्ष छ । ताम्सालिङमा हिजोको कायम रहने र । चितवनमा वैद्यपक्षको सामान्य प्रभाव रहेको नगर क्षेत्रबाहेक अन्यत्र राम्रो रहेको उसको अध्ययन छ ।
पूर्वी नेपालको कुार गर्दा किरातमा एक एक दुईवटा घट्न सक्ने र पहिले दुई सीट मात्रै जितेको लिम्बुवानमा पहिलेको भन्दा कमी नहुने एमाओवादीले अनुमान लगाएको छ । २२ सीट रहेको कोचिलामा पहिलेको नगुमाउने एमाओवादीले लक्ष राखेको छ ।
मधेसमा बढाउने रणनीति
एमाओवादीले पहाडमा केही स्थान गुमाउनुपरे पनि विगतमा न्युन विजय हासिल गरेको मिथिलाबाट सबैतिरको क्षतिपूर्ति उठाउने रणनीति बनाएको एमाओवादी नेताले बताएका छन् । ‘३१ सीट रहेको मिथिलामा अब बढ्छ ।’ एमाओवादी नेता पौडेलले अनलाइनखबरसँग भन्नुभयो- ‘पहाडमा १५/२० घट्यो भने पनि मधेसटाट थप हुन्छ । थप २० सीट गुमे पनि पहिलो दल माओवादी नै हुन्छ ।’ पौडेलले भन्नुभयो- ‘कांग्रेस र एमालेले एलायन्स गरे भने हामी पनि गछौं । हामी तेस्रो बन्ने एमालेको विश्लेषण प्रोपोगान्डा मात्रै हो । बरु राप्रपाको बढ्न सक्छ, तर एमालेले कहाँ बढायो ? स्ववियू चुनावको स्थिति पनि हेरियो ।’ - Onlinekhabar

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |