दार्चुलामा बस दुर्घटना, ७ को मृत्यु ४१ घाइते

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

अपडेट : ९ जेठ, दार्चुला । दार्चुलामा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दुर्घटनामा परि अन्य ४१ जना यात्रु घाइते भएका छन् ।

महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ४ ख ८२८५ नम्बरको बस गोकुलेश्बर-६, मा बिहीवार विहान ६ बजेतिर दुर्घटना हुँदा बसमा सवार ७ जनाको ज्यान गएको दार्चुलाका प्रहरी प्रमुख कुबेर कठायतले जानकारी दिनुभयो । दुर्घटनामा परी दार्चुलाका मोतिराम भट्ट, गोपालसिंह खत्री, महादेव भट्ट, मथुरा भट्ट, नरसिंङ धामी, कृष्ण भट्ट र करण साउदको ज्यान गएको प्रहरी प्रमुख कठायतले जानकारी दिनुभयो ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । बसमा ५० भन्दा बढि यात्रु सवार थिए । बसमा क्षमताभन्दा बढि यात्रु भएकाले उकालो तान्न नसकेर बस पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ । बस सडकबाट झण्डै ५० फिट तल खसेको प्रहरीले जनाएको छ ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस