संविधानसभा अगाडि गाई बहुलायो (भिडियोसहित)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

९ जेठ, काठमाडौं । नयाँ बानेश्वरस्थित संविधानसभा भवनको ३ नम्बर गेट अगाडि एउटा कालो गाई बहुलाएको अवस्थामा फेला परेको छ । बहुलाएको गाईले मानिसहरुलाई जथाभावी आक्रमण गर्न थालेपछि विहीबार बिहानै प्रहरी र स्थानीय युवाहरुले गाईलाई बिजुलीको पोलमा बाँध्न सफल भएका छन् । बहुलाएको गाईलाई भेटनरीका डाक्टरले परैबाट तीनवटा सुई हानेर छाडेका छन् । अब तीनदनिभित्र उक्त गाई मर्ने डाक्टरले बताएका छन् ।

बिजुलीको ठूलो खम्बामा अगाडिको एउटा खुट्टो र घाँटीमा समेत बाँधिएको सो गाई छेऊमा मानिस देख्नासाथ झम्टिने र मुखबाट फिँज निकालेर ड्वाँ ड्वाँ कराउने गरिरहेको छ ।

गाईलाई नियन्त्रणमा लिइएपछि चिडियाँखानाका सरकारी अधिकारी र जिल्ला पशुसेवा कार्यालयका कर्मचारी एवं पशु डाक्टरलाई घटनास्थलमा झिकाइएको हो । गाईलाई रेबिज लागेको उपचार हुन नसक्ने डाक्टरहरुले बताएको घटनास्थलमा रहेको प्रहरीले बताए ।

बिहीबार बिहान १० बजे बहुलाएको गाई हेर्न मानिसहरु वरिपरि झम्मिएका छन् । घरमा पालेको गाई उम्किएर सडकमा आएको र यसरी उपद्रो मच्चाएको गाईका धनीले बताए ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
, ,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस