पहिलो रोजाईको ब्राण्ड बन्ने तयारीमा कलर्स मोबाइल
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
![]() |

उच्च क्षमताका एन्ड्रोइड स्मार्टफोन चलाउने रहर भएर पनि धेरै पैसा हाल्न नसकेर बसेका उपभोक्ताको रहर र आवश्यकता कलर्सका एन्ड्रोइड स्मार्टफोनले पुरा गरिदिएका छन् । कलर्सले सामसुङ र नोकियाकै गुणस्तरमा आकर्षक फिचर र डिजाइन भएका एन्ड्रोइड फोनहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको उदासले दाबि गर्नुभयो । ‘प्रविधिप्रति आकषिर्त कुनै पनि नेपाली पैसा कमाउँला र ब्राण्डेड सामसुङ र आइफोन किनौंला भनेर बस्दैन’ उहाँले भन्नुभयो- ‘उसले ब्राण्डेड फोनका जस्तै फिचरहरु भएका सस्ता फोनहरु किनेर प्रयोग गरिहाल्छ ।’
कलर्सका एन्ड्रोइड स्मार्टफोनहरु महंगा स्मार्टफोनहरु भन्दा कम नभएको कम्पनी दाबि गर्छ । कम्पनीका अनुसार कलर्सले पछिल्ला एन्ड्रोइड फोनहरुमा सामसुङले प्रयोग गर्ने चिप्सहरु, सामसुङको जस्तै क्वाड कोर चिप्स, आइफोन-५ मा प्रयोग गर्ने ग्राफिक्स प्रोग्राम, क्यामेरा र अन्य टेक्नोलोजी प्रयोग गरेको छ ।जस्ले गर्दा कलर्सको प्रोसेसिङ क्षमता ब्राण्डेड स्मार्टफोन सरह रहेको छ । गुणस्तर र पछिल्ला प्रविधि प्रयोगमा कलर्सले कुनै सम्झौता नगर्ने सचिन उदासले बताउनुभयो ।xfactor-quad-full
न्यूनतम ५ हजार रुपैयाँदेखि अधिकतम २४ हजार रुपैयाँसम्म कलर्सका टच स्मार्टफोनहरु बजारमा उपलब्ध रहेका छन् ।५ हजार ५ सय रुपैयाँमा राम्रो डिजाइन, अगाडी क्यामेरा, आकर्षक फिचर भएको कलर्स स्मार्टफोन पाइने हुँदा तल्लो बर्गका उपभोक्ता यसतर्फ आकषिर्त भएका हुन । ५ हजार रुपैयाँभन्दा तल्लो मूल्यका लाइफ स्टाइल फोनहरुले पूर्व र पश्चिम क्षेत्रका खासगरी ग्रामिण क्षेत्रका उपभोक्ताको मन जित्न अत्याधिक सफल भएको सचिन उदासको दाबी छ ।
विगतका वर्षहरुमा शहरी युवाहरुलाई आकषिर्त गर्न नसकेको कलर्सले १ वर्ष अगाडी बजारमा ल्याएको एक्स फ्याक्टर बोल्ड र मिनीबाट शहरी युवाहरु पनि आकषिर्त गर्न सफल भएको छ । कलर्सले पछिल्लो समय बजारमा ल्याएको एन्ड्रोइड स्मार्टफोनहरु एक्स फ्याक्टर बोल्ड, एक्स फ्याक्टर साइन, एक्स फ्याक्टर बोल्ड टु लगाएतका मोडेलले पछिल्ला पुस्ता (प्रविधिका पारखी हुन) लाई आकषिर्त गर्न सफल भएको छ । पछिल्लो पटक कलर्सले क्वाड कोर, जेलिबिन ४.२.१ अपरेटिङ सिष्टम, ८ मेगा पिक्सेल क्यामेरा भएको थि्रजी स्मार्टफोन एक्स फ्याक्टर साइन २ बजारमा ल्याएको छ । जुन स्मार्टफोन सामसुङका पछिल्ला स्मार्टफोनभन्दा कम नभएको कम्पनीको दाबि छ ।
कलर्स पछिल्लो समय आक्रमक बजारमा विस्तारमा लागेको छ । नेपाली बजारमा नम्वर वान पोजिसनमा पुग्ने लक्ष्य साथ कलर्सले मोबाइल प्रविधि विस्तार गर्दै समय सुहाउँदा सेटहरु बजारमा ल्याउने बताएको छ । नेपालमा हाल कलर्सले मासिक ३० हजार सेट बेच्दै आएको छ । कम्पनीले मुलुकभर रहेका १८ वटा सर्भिसेन्टरहरुलाई थप विस्तार गर्ने जनाएको छ । कलर्सका मोबाइलमा उपभोक्ता सन्तुष्ट रहेको बताउँदै उदासले केही मोबाइलमा मात्र खराबी देखिने गरेको बताउनुभयो । ‘केही खराबी त ब्राण्डेड भनिने मोबाइलमा पनि देखिन्छ’ उहाँको भनाई छ ।
|
|
![]() |
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |