नातिनीलाई गर्भ बोकाएर मार्नेलाई जन्मकैद
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
|
|
आफ्नै नातिनी नाता पर्नेलाई बलात्कार गरी गर्भवती बनाएर हत्या गर्ने एक नेतालाई जन्मकैदको सजाय भएको छ । यो भारतको घटना हो । भारतको मध्यप्रदेशका चर्चित डन नेता तथा पूर्व सांसद अशोक विर विक्रम सिंह उर्फ भैया राजाले जन्मकैदको सजाय पाएका हुन् । बहुचर्चित बसुंधरा हत्याकाण्डमा अशोक सहित अरु तिन जनालाई दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएको हो ।सन् २००९ को डिसेम्बर ११ मा नातामा नातिनी पर्ने एक छात्रा वसुन्धराको बलात्कार गरी गर्भवती बनाएर गर्भपात समेत गराई गोली हानी हत्या गरेको आरोप अशोकमाथि लागेको छ । यो मामिलामा अशोक सहित उनका ड्राइभर भुपेन्द्र, पंकज शुक्ला, तथा छोटु अभिमन्यु समेत दोषी ठहर भएका छन् ।
अदालतमा अन्तिम सुनुवाइका क्रममा बसुन्धराका आमाले आफ्नी छोरीमाथि भैया राजाले पहिले देखि नै गिद्धे दृष्टि लगाउने गरेको बताउँदै छोरीलाई बचाउनका लागि भोपाल पढ्न पठाएपनि अपराधीले नछाडेको बताइन् ।
|
|
|
|
|
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |

