क्यानडामा भिषण बाढी, ३ को मृत्यु, विद्युत आपूर्ति बन्द (भिडियो सहित)
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
![]() |
काठमाडौं, ८ असार । क्यानडामा बाढीका कारण कम्तिमा तीन जनाको मृत्यु भएको छ भन्ने अविरल वर्षाकासँगै आएको बाढीका कारण क्यानाडाको दक्षिणी अल्बर्टा प्रान्तको कालगेरी, क्यानमोर, बनाफ लगायतका शहरहरुबाट करिब १ लाख भन्दा बढी मानिस विस्थापित भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार बाढीका कारण सडक, पुल बगाएको छ भने विद्युत आपूर्ति बन्द भएको अधिकारीहरुले बताएका छन् ।
क्यानडाका प्रधानमन्त्री स्टेफिन हार्पेरले प्रभावित क्षेत्रको भ्रमण गरी पीडितहरुलाई राहत दिइने आश्वासन दिनु भएको छ ।नदीमा पानीको सतह बढेपछि स्थानीय सरकार चिन्तित रहेको यहाँका संञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । शुक्रवारदेखि यहाँका विद्यालय तथा चर्चहरु बन्द गरिएका छन् । अधिकारीहरुले स्थानीयलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइरहेका छन् । वाढीको प्रकोपसँग जुध्न यहाँ संकटकालीन अवस्थाको घोषणा गरिएको छ । अल्बर्टा कालगेरीका अधिकारीहरुले यो सन् २००५ पछिको खतरानक बाढी भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |