उत्तर भारतमा आएको बाढीले कम्तीमा ५०० को ज्यान लियो ! (भिडियो हेर्नुहोस)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

India flooding death toll nears 500 | June 22nd 2013
उत्तर भारतमा आएको भिष्ण बाढीमा शनिबार बिहानसम्म कम्तीमा ५०० सय जनाको मृत्यु भएको पुष्टि भएको छ । सयौं बेपता रहेको अधिकारीहरूले बताएका छन् ।


उत्तराखण्डमा चार धामको मार्ग बन्द हुँदा बद्रीनाथ, केदारनाथ, यमुनोत्री र गंगोत्री घुम्न आएका अझै ६२ हजार तीर्थयात्री अलपत्र परेको केन्द्रीय सरकारले जनाएको छ । तीन दिनभित्र ११ हजारलाई उद्धार गरिएको छ । सबभन्दा बढी क्षति उत्तराखण्ड र हिमाचल प्रदेशमा भएको छ । उत्तराखण्डका थुप्रै धार्मिक तीर्थस्थल बाढीबाट प्रभावित बनेका छन् । कतिपय मन्दिरहरू पानीमा बगेका छन् । रुद्रप्रयागस्थित शिवनगरी केदारनाथ जस्तो मुख्य मन्दिर पनि हिलोमा डुबेको छ । मन्दिरको भित्री भागमा समेत हिलो र पानी जमेको छ । मन्दिरको यत्रतत्र शव मात्र छन् । वरिपरिका मन्दिरको अस्तित्व सखाप भएको छ । उक्त मन्दिर जाने मार्ग ध्वस्त भएकोले पुनः यात्रा सुरु गर्न २/३ वर्ष लाग्ने भएको छ । भत्केको सडक र हिलोमा गाडिएका गाडीहरूले आवागमन सुचारु हुन सकेको छैन ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस