छुट्टी मनाउन गएका दिदीबहिनीसहित पाँच जना त्रिशुली नदीमा बेपत्ता

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

तनहुँ/धादिङ- पौडी खेल्न त्रिशुली नदीमा पसेका पाँच जना बालबालिकालाई शनिबार दिउँसो चितवनको दारेचोक गाविस–३ कुरिनटरस्थित रिभरसाईड रिसोर्ट नजिकैबाट त्रिशुली नदीले बगाएर बेपत्ता बनाएको छ। चितवनको चौबिसकोठी घर भएका दुई परिवारका पाँच बालबालिका नदीमा वेपत्ता भएको सशस्त्र प्रहरी वल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारले जनाएको छ। बेपत्ता हुनेमा एकै परिवारका ३ सहित ४ जना केटी र एक केटा छन्।

बेपत्ता हुनेमा मोनिका रेग्मी, रजनी रेग्मी, लिजा रेग्मी, अस्मिता थापा र जनक रावत रहेको सशस्त्र प्रहरीवल कुरिनटारका प्रहरी नायव उपरीक्षक दिपेन्द्र गिरीले जानकारी दिए। प्रनाउ गिरीका अनुसार रेग्मी तीन दिदी बहिनी एकै परिवारका हुन्। पारिवारिक स्रोतका अनुसार चितवन चौबीसकोठीका श्रीकृष्ण रेग्मीका छोरीहरु मोनिका स्टाफनर्स, रजनी हेल्थ असिस्टेन्ट र लिजा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।

चितवनबाट ६ जना आएकामा पाँच जनालाई नदीले बगाएको छ भने एक सकुशल छन्। घटनाका प्रत्यक्षदर्शी सकुशल रहेका सुसान्त रेग्मीले प्रहरीलाई बताएअनुसार बिहान साँढे १० बजे शनिबार विदा मनाउन कुरिनटारस्थित रिभर साइड रिसोर्टमा आएका थिए। करिब १२ बजे रिसोर्टमा खाजा खाएर नदीमा फोटो खिचाउन निस्किएका उनीहरु गर्मी छल्न पानी खेल्दै थिए। करिव ४ बजेतिर ६ जना मध्यका जनकले पौडि खेलौं भनेपछि सबैजना पौडी खेल्न तयार भए। नदीमा पस्ने वित्तिकै एक जनालाई बगाएपछि बचाउन गएका पाँचै जनालाई बगाएको भावबेहोल अवस्थाका सुशान्तले प्रहरीलाई बताएका छन्।

घटनाबारे जानकारी पाएको ३ मिनेटमै घटनास्थल पुगेको विपद् व्यवस्थापनको टोलीले नदीमा दुई वटा डुङ्गासहित खोजी कार्य गरेको थियो। प्रहरी निरीक्षक प्रधुम्न थापा र बसन्त धितालको कमाण्डमा दुई वटा टोली पानीमा उद्वार समाग्रीसहित खोजी गरेको थियो, साँझसम्म खोजी गर्दा फेला पार्न नसकेपछि टोली फर्किएको छ प्रहरी नायब उपरीक्षक दिपेन्द्र गिरीले भने। घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिङ र विपद् व्यवस्थापनको टोली खटिएको थियो।

घटनाको प्रत्यक्षदर्शी सुशान्त पीडाले विछिप्त छन्। छिनछिनमा भक्कानिँदै अर्धचेत अवस्थाका उनी प्रहरीको सुरक्षामा छन्। साँझ प्रहरीको सम्पर्कमा आएका परिवारका मानिस पीडाले विछिप्त छन्। दुई हप्ताको बीचमा त्रिशली नदीमा बगेर बेपत्ता भएको यो समेत तीन वटा घटना हो। यसअघि जेठ २० गते धादिङ कल्लेरीका एकै घरमा दिदी भाइलाई बैरेनी नजिकैबाट वगाएको थियो।

जेठ २८ गते मलेखु नजिकैबाट त्रिशुलीमै शैक्षिक भ्रमणमा निस्किएका कान्तिपुर इञ्जिनियरिङ कलेज धापाखेलका विद्यार्थी हाङताङ–७, ताप्लेजुङका २१ वर्षिय हस्त आङ्बुहाङ हालसम्म बेपत्ता छन्।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस