एसएलसी पास भाइबहिनीलाई केही टिप्स
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
|
|
विवाहभन्दा पनि ठूलो निर्णय गर्ने यही बेला हो
अनिलकेशरी शाह, प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक लिमिटेड
सर्वप्रथम त एसएसली पास गर्नुभएका सबै भाइबहिनीहरुलाई बधाइ । पास प्रतिशत अलि बढी भएको भए हुन्थ्यो तर, जेजति पास हुनुभएको छ, तपाईहरु सबैलाई बधाई दिन चाहान्छु ।
तपाईंहरुको जिन्दगीमा पहिलोपटक यस्तो स्थानमा आइपुग्नुभएको छ, जहाँ पहिलोपटक तपाईहरुले आफ्नो बाँकी जिन्दगीको निर्धारण आफैले गर्नुपर्ने भएको छ । अहिलेसम्म त सवै बाबुआमाले निर्धारण गरिदिएको बाटोमा हिँड्नुभएको थियो, अब आफैंले बाटो बनाउने बेला भएको छ । एसएलसी पास त गरियो तर, अब कुन विषय पढ्ने, के पढ्दा राम्रो हुन्छ ? भन्ने प्रश्नहरु तेर्सिएका छन् । अब तपाईहरुले प्लस टु पढ्नुपर्ने बेला आएको छ । बुबाआमा र आफन्तको कुरा पनि सुन्दै निर्णय आफैले गर्नुपर्ने बेला आएको छ ।

जेमा रुची, त्यसमै जिन्दगी
कुन विषय पढ्ने भन्ने कुरा छान्न सबैभन्दा पहिले आफ्नो रुचीलाई ध्यान दिनुस् । १० कक्षासम्म पढ्दा तपाईलाई सवैभन्दा मन पर्ने विषय के थियो ? कसैलाई विज्ञान, कसैलाई गणित, कसैलाई अंग्रेजी त कसैलाई लेखा राम्रो लाग्थ्यो होला । तपाईलाई त्यो विषय किन मन पर्दथ्यो त ? किनभने त्यसमा तपाईको धेरै नम्बर आउँथ्यो । मैले अहिलेसम्म त्यस्तो विद्यार्थी भेटेको छैन, जसलाई अंग्रेजी सबैभन्दा गाह्रो लागोस् र पनि उसलाई अंग्रेजी नै मन परोस् । तपाईलाई त्यसमा रुची थियो र त्यसमा बढी नम्बर आयो, तपाईले त्यसको गहिराइ बुझ्नुभयो । अब कता अगाडि बढ्ने भन्ने कुरा निर्णय गर्नका लागि सबैभन्दा पहिले १० बर्ष पढेर कुन विषयमा बलियो जग बनाइएको छ भनेर हेर्नुपर्छ । त्यही जगमा टेकेर तपाईले बाँकी जिन्दगी बनाउने हो । त्यो नै सबैभन्दा ठूलो सूचक हो जिन्दगीका लागि । मेरा धेरै साथीले साइन्स वा म्यानेजमेन्ट पढेका छन् भनेर भेडाजस्तै त्यसकै पछि नलाग्नुस, किनकि यो तपाईको जिन्दगी हो ।
तपाई केही बर्षपछि गएर सम्बन्धमा जोडिनुहुन्छ होला, बिहेवारी गर्नुहुन्छ होला । मानिसहरु विवाहलाई जिन्दगीको सबैभन्दा ठूलो निर्णय भन्छन्, तर विवाहभन्दा पनि ठूलो निर्णय गर्ने यही बेला हो । किनभने अहिलेको समाजमा तपाईको कामसँगै नाम जोडिने हो, स्टिभ जब्स भन्नासाथ एप्पल, बिल गेट्स भन्नासाथ माइक्रोसफ्ट र अनिल शाह भन्नासाथ बैंकर भनेर बुझिन्छ । तपाईका बुबाआमा, श्रीमती वा छोराछोरी कोही पनि त्यहाँ जोडिन्नन्, केवल तपाईको कामले मात्र अर्थ राख्छ । र, ९५ प्रतिशतभन्दा बढी मान्छेले जे पढ्छन्, त्यही काम गर्छन् । यो चाहिं तपाईको आफ्नै जिन्दगीसँगको विवाह हो, न कि जीवनसाथीसँगको विवाह । ब्याचलर्स र माष्टर्ससँगै साँच्चै प्रगाढ सम्बन्ध बन्छ होला, तर, अहिले यो तपाईले रिलेसनसीप सुरु गर्ने बेला हो आफ्नै जिन्दगीसँग । अब तपाईले रिलेसनसीप साइन्स, कमर्स वा आट्र्स केसँग सुरु गर्नुहुन्छ, त्यो मैले, तपाईका बुबाआमाले वा साथीले भनेर नगर्नुस्, आफ्नै विवेकले गर्नुस् ।
तपाईका बुबाआमालाई चिन्ता हुन्छ कि छोराछोरीले राम्रो जागिर पाउन्, धेरै पैसा कमाउन्, समाजमा इज्जत होस् । हाम्रो समाजमा डाक्टर, इन्जिनियरलाई त्यस्तो मानसम्मान र पैसा भएको पेशाका रुपमा ब्याख्या गरिन्छ । तर, अमेरिकामा बास्केटवल, फुटवल खेलाडीको जस्तो नाम र दाम कसैको पनि हुन्न । हाम्रो समाजमा कसैले म बास्केटवल खेलाडी बन्छु भन्यो भने जुनसुकै बाबुआमालाई स्वीकार्न निकै कठिन पर्छ । त्यसैले कुन पेशामा नाम र दाम छ भन्ने कुरा देश र समाजअनुसार फरक-फरक छ । विश्व नै एउटा सानो गाउँ बनिरहेको अवस्थामा कुनै एक पेशालाई मात्र उच्च कोटीको भन्न सकिँदैन । त्यसैले कुन पेशा अपनाउने भन्ने कुराको मापक नाम र दाम हैन, छोराछोरीको खुसी हो । मानिलिउँ, बाबुआमाले भनेअनुसार डाक्टर, इन्जिनियर, पाइलट वा बैंकर नै बन्नुभयो, तर उहाँ जीवनभर खुसी हुन सक्नुभएन भने बाबुआमा कसरी सन्तुष्ट हुने ?
मैले कैयौं साथीहरु भेटेको छु जसले बुबाले भन्नुभयो, आमाले भन्नुभयो त्यसैले डाक्टर बनेको भन्नुहुन्छ । उहाँहरु जिन्दगीमा खुसी हुनुहुन्न । मेररी छोरी पनि ठूली भइसकिन्, अब उनलाई मैले डाक्टर बन्न भनेँ । तर, उनी त्यसमा खुसी छैनन् भने म सन्तुष्ट हुन सक्दिँन । यदि उनको रुची कलाकार बन्नुमा थियो भने उनलाई कलाकार नै बन्न दिँदा म पनि खुसी हुन्छु र छोरी पनि ।
खुसी भन्दैमा अहिले नै हलिउड र बलिउड गएर अभिनय गर्छु भन्ने सपना देख्नुभएन । खुसी र आफ्नो क्षमतालाई पनि हेर्नुपर्छ । मेरो दृष्टिकोणमा त कुनै पनि पेशा नराम्रो, कुनै उच्चकोटीको पेशा कुनै निम्नकोटीको भन्ने लाग्दैन । सबै पेशाको समाजमा उत्तिकै सम्मान छ, सबै पेशामा भएकाले उत्तिकै नाम र दाम कमाएका छन् ।
उदाहरणका लागि अहिले कुनै बच्चाले म राजनीति गर्छु भन्यो भने बुबाआमाले गाली गर्नुहुन्छ । तर, पछि त्यही छोराले कुनै दिन म त अर्थमन्त्री भएँ नि बुबा, आमा भन्यो भने उहाँहरु कति खुसी हुनुहुन्छ ? अहो मेरो छोराले क्या इज्जत राख्यो, ठूलो मान्छे भयो भन्नुहुन्छ ।
आज कसैलाई साइन्स पढाउन जोड गर्ने, त्यसमा बच्चाको रुची हुँदैन अनि भोलि गएर साइन्स पढाउन खोजेको थिएँ तर सकेन भनेर किन जिन्दगीभर असक्षमको भारी बोकाउने ? यो सकिँन, त्यसैले यो पढेँ भनेर छोराछोरीको जिन्दगीलाई सधैभरि हीन भावनाले ग्रस्त बनाउने काम कुनै पनि बाबुआमाले गर्नुहुँदैन ।
जिन्दगी भनेको फिल्म हेरेजस्तो हैन । कुनै फिल्म मन पर्दैन, तर साथीले भन्यो भनेर हेरिदिएजस्तो हैन । जिन्दगी एउटै छ, यो जिन्दगीलाई खुसी राख्न आफुलाई मनपर्ने काम गर्नुपर्छ । आफुलाई मनपर्ने विषय पढ्नुपर्छ ।
हबी र प्रोफेसन फरक हुन्
त्यो भन्दैमा आफूलाई जे चिज मनपर्छ त्यहीमात्र गर्छु भनेर पनि हुँदैन । आफ्नो हबी र प्रोफेसन यी दुई बेग्लाबेग्लै कुरा हुन् । हबी के हो र प्रोफेसन के बनाउने हो त्यसमा प्रष्ट हुनुपर्छ । हबीले मात्र हुँदैन, त्यसमा खरो उत्रिन सक्ने तपाईसँग क्षमता पनि छ कि छैन, क्षमता विकाश गर्ने ठाउँ र सम्भावना छ कि छैन भन्ने पनि ख्याल गर्नुपर्छ । हलिउडमा अभिनय गर्ने इच्छा सबैलाई हुन्छ । तर, सबैको त्यो क्षमता हुँदैन ।
तपाईसँग जिन्दगीमा सवै कुराको ज्ञान, सीप र क्षमता हुन्छ भन्ने हुँदैन् । तपाईसँग एउटा सीप वा क्षमता हुन्छ त्यसैलाई अगाडि बढाउँदै लैजाने हो । तपाईको कमजोरी जे छ, त्यो छाडिदिनुस, त्यो स्ट्रेन्थ जे हो त्यसलाई समातेर अगाडि बढ्नुस् । तपाईलाई म्याथमा निकै रुची । तर, अंग्रेजी आउँदैन भने छाडिदिनुस् अंग्रेजी राम्रो बनाउने चक्कर । किनभने तपाईले अंग्रेजीको जति ट्युसन लिए पनि अंग्रेजीमा अब्बल बिद्यार्थीभन्दा अगाडि जान सक्नुहुन्छ । तर, म्याथमा तपाईले धेरै गर्न सक्नुहुन्छ ।
के विषय पढ्यो भने राम्रो रोजगारी पाइन्छ, धेरै अवसर पाइन्छ, धेरै पैसा कमाइन्छ र सजिलो गरी राम्रो जिन्दगी जिउन सकिन्छ भन्ने चासो सबैको हुन्छ । तर, अहिले ग्लोबल मार्केटमा एउटा देशमा अवसर नभए अर्को देशमा छन् । अहिले धेरै बहिनीहरु देख्छु जसले अमेरिका, अष्ट्रेलियामा राम्रो रोजगारी पाइन्छ भनेर नर्सिङ पढिरहनुभएको छ, कति म्यानेजमेन्ट वा अकाउन्टिङ पढ्नेहरुले खाडी मुलुकमा अवसर पाइन्छ भन्ने दिमागमा राखेर पढिरहनुभएको छ । त्यसैले अवसर जहाँ पाइन्छ त्यहाँ गएर काम गर्ने हो । पहिलो कोसिस नेपालमै गर्नुस् । नेपालमा सन्तुष्ट हुन सकिएन भने नेपालमै बसेर नेपाललाई नसराप्नुस् । नेपालमा तपाईलाई मिल्ने वातावरण बनेपछि फर्किएर आउनुस् । सीप र पैसा लिएर आउनुस, नेपालमा लगानी गर्नुस् । तर मनमा कुण्ठा पालेर नेपाललाई गाली गर्दै नबस्नुस् ।
ग्लोवल मार्केटमा जाँदा यहाँजस्तो भनसुन र नाताको सिफारिसले त अवसर पाइँदैन । आफ्नो क्षमताका आधारमा काम पाउने हो । तपाईले त्यहीअनुसार सीप विकास गर्दै जानुपर्छ ।
जसले म्यानेजमेन्ट पढ्न चाहनुहुन्छ उहाँलाई मेरो सुझाव के छ भने तपाईहरु बैंकमा बोनस पाइन्छ, धेरै तलव हुन्छ भनेरमात्र नआउनुस् । म्यानेजमेन्ट भनेको रिसोर्स म्यानेजमेन्ट हो । त्यसभित्र पैसासँगै जनशक्ति व्यवस्थापन चाहिं मुख्य कुरा हो । यो क्षेत्रमा अब्बल ठहरिने हो भने तपाईसँग मान्छेलाई व्यवस्थापन गर्ने क्षमता हुनुपर्छ, तपाईसँग इन्टरपसर्नल कम्युनिकेसनको शीप हुनुपर्छ । त्योसँगै यो पनि भुल्नु हुन्न कि म्यानेजमेन्ट भनेको एउटा कला हो । यो जिन्दगीबाटै सिक्नुपर्छ, किताबी ज्ञानले मात्र हुँदैन् । राम्रो नम्बर ल्याएर, किताब घोकेरमात्र राम्रो म्यानेजर हुन्छु, राम्रो जागिर पाउँछु भनेर सोच्नु हुँदैन । त्यसैले हामीले जहिले पनि नयाँ मान्छे हायर गर्दा जहिले पनि लिखित परीक्षापछि ग्रुप डिस्कसन गराउँछौं, टीमवर्कमा कतिको भिज्न सक्छ भनेर उसको सीप परीक्षण गर्छौ । यसले कसरी सबै चिजलाई म्यानेज गर्न सक्छ भन्ने कुराले नै उ सफल म्यानेजर बन्न सक्छ कि सक्दैन भन्ने निर्धारण गर्ने हो । सैद्धान्तिक ज्ञानले तपाईलाई जग त दिन्छ तर जिन्दगीबाट सिकेकै सीप र कलाले घर बनाउने हो ।
नेपालमा पनि व्यवस्थापन क्षेत्रमा निकै धेरै अवसरहरु देख्छु म । सरकारी तथा निजी संस्थाहरुमा, बैंक बित्तीय संस्थाहरुमा जताजतै व्यवस्थापनको सीप भएको मान्छेको अवसर छ । त्यतिमात्र हैन, नेपालका राजनीतिमा पनि व्यवस्थापन पढेका मान्छेको अभाव छ । उहाँहरुले जेजति जिन्दगीबाट सिक्नुभयो, त्यहीअनुसार नेपालको राजनीतिलाई व्यवस्थापन गरिरहनुभएको छ, सैद्धान्तिक ज्ञानको अभाव उहाँहरुलाई पनि छ । नयाँ पुस्ताले म्यानेजमेन्ट पढेर राजनीतिमा जानुभयो भने मुलुकले कुसल राजनीतिज्ञ पाउने छ ।
धेरै आतंकित नबनौं
कहिलेकाहीँ हामी आफ्नो लक्ष्यबारे ओभर फोकस्ड हुन्छौं । म डाक्टर बन्छु, म बैंकर बन्छु, म इन्जिनियर बन्छु भनेर किटानै गरेर अघि बढ्छौं । तपाईको जिन्दगी टाप लगाएको घोडाजस्तै हुनुहुँदैन् । टाप लगाएको घोडाले अगाडि मात्र देख्छ, दायाँबायाँ देख्न सक्दैन । हुनसक्छ उसको छेउछाउँ निकै ठूला ठूला अवसर होलान, निकै आनन्दको जिन्दगी होला । तर ती अवसर गुम्छन् । त्यसैले तपाईले यही नै बन्नुपर्छ भनेर ओभर फोकस्ड भएर टाप लगाएको घोडाजस्तो नबन्नुस, यो तपाईको जिन्दगीको अन्तिम प्रवेशद्वारा हैन ताकि तपाई र्फकनै नसक्नुहोस् । तपाई एउटा विषयमा रुची लागेन वा त्यो भन्दा ठूलो अवसर अर्को क्षेत्रमा देख्नुभयो भने पेशा नै परिवर्तन पनि गर्न सक्नुहुनछ । मैले त्यस्ता धेरै पेशाकर्मी भेटेको छु, जसले आफुले बषौर्ं पढेको पेशा छाडेर अर्कै पेशामा लाग्नुभएको छ र त्यसमै खुसी हुनुहुन्छ । तर, तपाईलाई जतिबेला लाग्छ कि यो क्षेत्रमा अबसर छैन, वा म यो पेशामा खुसी रहन सक्दिँन वा योभन्दा अर्को पेशामा म रमाउन सक्छु र सीप पनि छ भन्ने लाग्छ, त्योबेला निर्णय गरिहाल्नुस् र बाटो बदल्नुस् ।
जिन्दगीलाई बदल्ने अनेक मोडहरु हुन सक्छन् । अहिलेको निर्णय नै अन्तिम हो, यसमै जिन्दगी बिताउनुपर्छ भन्ने छैन । विवाह त डिभोर्समा पुगेर समाप्त हुन्छ भने अरु चिजलाई करेक्सन गर्न सकिन्न भन्ने छैन । करियरका विषयमा धेरै आतंकित हुनु जरुरी छैन, तर ठण्डा दिमागले सोंचेर निर्णय लिँदा राम्रो हुन्छ ।
मैले ओ लेभल पास गरेपछि के पढ्ने भन्ने विषयमा मेरा बुबाआमाले मलाई कहिल्यै पनि फोर्स गर्नुभएन । मलाई व्यवस्थापनमा रुची थियो, मैले यही क्षेत्रको अध्ययन गरेँ । बैंकर बन्छु भन्ने त मलाई बैंकमा जागिर खाने बेलासम्म पनि थिएन । अब मेररी छोरीलाई पनि म यही पढनुपर्छ भनेर फोर्स गर्दिँन । यो पढ्दा राम्रो हुन्छ भनेर सुझावसम्म दिन्छु, तर मुख्य कुरा माथि मैले भनेजस्तै उनी जे विषय पढ्दा खुसी हुन्छिन्, त्यही पढ्न दिन्छु । तर, जे पढ्ने, त्यसमा अब्बल हुनुपर्छ, राम्रो गर्नुपर्छ ।

- अनलाइनखबर
|
|
|
|
|
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |