चारदलको बैठक स्थगित भएपछि प्रचण्ड बाँकेतर्फ
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
|
|
२ असार, काठमाडौं । प्रमुख चार राजनीतिक दल संलग्न उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित भएपछि एमाओवादी अध्यक्ष प्रचण्ड बाँकेतर्फ लाग्नुभएको छ । आइतबार बिहान ९ : ४० को यति एयरलाइन्सबाट नेपालगञ्ज पुग्नुभएका प्रचण्ड राप्ती पारीको नरैनापुरमा आयोजित कार्यक्रममा भाग लिन हेलिकोप्टरबाट जानुपर्ने भएपछि नेपालगञ्जमा विमानस्थलमा केहीबेर रोकिनुपरेको उहाँका निजी सचिव चूडामणि खड्काले अनलाइनखबरलाई बताउनुभयो ।
‘हेलीकोप्टरको प्रतिक्षा पर्खनेक्रममा केहीबेर रोकिएका हौं ।’- खड्काले भन्नुभयो । बाँकेको विकट पूर्वीक्षेत्रमा पर्ने नरैनापुरमा आइतबार एमाओवादीले आमसभा र पार्टीप्रवेश कार्यक्रम राखेको छ । नरैनापुरको कार्यक्रम सकेर प्रचण्ड फर्केपछि दिउँसो नेपालगञ्जमा समेत कार्यक्रम राखिएको छ ।

- OnlineKhabar.com
|
|
|
|
|
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |