भारतमा ५ टीभी अभिनेत्री यौन कार्य गर्दा गर्दै पक्राउ

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

मुम्बई (एजेन्सीहरू), असार ८ - भारतको व्यापारिक सहर मुम्बईको लोखण्डवालास्थित एक आईएएस अधिकारीको अपार्टमेन्टमा सञ्चालित सेक्स र्‍याकेटको खुलासा भएको छ । प्रहरीले त्यहाँबाट ५ हाइप्रोफाइल कलगर्ललाई पनि पक्राउ गरेको छ । उनीहरू सबै चर्चित टीभी कलाकार भएको प्रहरीले पुष्टि गरेको छ  ।

उनीहरूले सासू-बुहारी शैलीको धारावाहिक, भोजपुरी र सी ग्रेडका फिल्ममा काम गरिसकेका छन् । यो कारबाहीमा एक प्रसिद्ध टीभी अभिनेत्री एवं मोडेल कोर्डिनेटरको रूपमा काम गर्ने परिचित अनुहार इम्त्ियाज खान पनि परेकी छन् । खानले दलाली गर्थिन् ।

भारतमा निकै सम्मानित पद मानिने एक आईएएस अधिकारीले प्रचलित दरभन्दा दुईगुणा बढी भाडामा ती अभिनेत्रीहरूलाई फ्ल्याट भाडामा दिएका थिए । दलालहरू जानीबुझीकन सुरक्षित ढंगले यौन व्यवसाय गर्न आईएएस अधिकारीको घर छानेका थिए ।

वरिपरिकाले पनि फेसबुक र टि्वटरमा हजारौं फ्यान भएका ती अभिनेत्रीले यौन व्यवसाय सञ्चालन गर्लान् भन्ने कल्पनासम्म गरेका थि

एनन् । चौबिसै घन्टा महँगा गाडीको ओहोर-दोहोर हुने उक्त घरलाई सबैले सम्मानको दृष्टिले हेर्थे । उनीहरूले त्यहाँ आउनेहरू ठुल्ठूला कलाकार होलान् भन्ने धारणा बनाएका थिए ।

प्रहरी आफंै ग्राहक बनेर सबै सूचना संकलन गरेपछि छापा मारेको थियो । उनीहरूले एउटा ग्राहकबाट दिनभरि वा रातभरिका लागि २५ हजार भारतीय रुपैयाँ लिने गरेको प्रहरीले जनाएको छ । ग्राहक बनेर गएका प्रहरीसँग कुरो मिल्नेबित्तिकै दलालले एक हिरोइनलाई बाहिर लिएर आएका थिए । त्यसपछि प्रहरीले उक्त घरलाई घेरा हालेर सबैलाई पक्राउ गरेको थियो । भारतीय महानगरहरूमा अभिनेत्री एवं मोडेल यौन व्यवसायमा संलग्न भएर पक्राउ भएको यो पहिलो घटना भने होइन । उच्च स्तरीय यौनकर्मी गिरोहविरुद्ध हुने शृंखलाबद्ध कारबाहीमा सबभन्दा बढी उनीहरू नै पक्राउ पर्छन् । 

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस