कर्मचारीका छोराछोरीको छात्रवृत्तिका लागि ८ करोड १० लाख

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

८ असार काठमाडौं, सरकारले चालू आर्थिक वर्षको अन्तमा आएर निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिस्वरुप ८ करोड १० लाख रुपैयाँ वितरण गरेको छ ।


निजामती कर्मचारीका एमबिबिएस, इन्जिनियरिङ, स्टाफ नर्स, बिएस्सी, बिबिएस तथा बिडिएस विषय अध्ययन गर्न छोराछोरीका लागि सरकारले त्यति धेरै रकम वितरण गर्न लागेको हो । सरकारले सबै निजामती कर्मचारीलार्य राहातस्वरुप यस्तो व्यवस्था गरिएको बताए पनि घुमाइफिराइ यो सुविधा लिनेमा अधिकांश उच्च कर्मचरीकै छोराछोरी रहने गरेका छन् ।


सामान्य प्रशासन अन्तर्गत विद्यार्थीहरुलाई छात्रवृत्रि बितरण हुँदै आएको छ । उक्त मन्त्रालयको छात्रवृत्रि शाखामा बिहबिार अन्तिम दिनसम्म छात्रृत्तिका लागि दरखास्त दिने विद्यार्थीको संख्या सत सय ५६ पुगेको छ ।

मन्त्रालयका अनुसार एमबिबिएस र बिडिएस अध्ययन गर्नका लागि छात्रवृत्ति स्वरुप अधिकतम ५ लाख दिइने छ भने विज्ञान संकाय, व्यवस्थापन तथा कृषि र वन विज्ञानलगायतका विषयका लागि कलेजको सिफारिसका आधारमा डेढदेखि २ लाखसम्म दिइने छ ।


सरकारले आर्थिक वर्ष ०६६/६७ देखि निजामती कर्मचारी सन्तति छात्रवृत्ति वितरण गर्दै आएको हो । हालसम्म छात्रवृत्तिका लागि २२ करोड २० लाख विरण भइसकेको छ भने आठ सय जनाले छात्रवृत्ति पाइसकेका छन् ।

नया पत्रिका दैनिक को आधारमा

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
, ,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस