कलर्सले ल्यायो ‘एक्स फ्याक्टर एचडी’ उच्चस्तरीय स्मार्टफोन मोबाइल
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
![]() |
Colors xFactor HD SmartPhone Mobile Available in Nepali Market
१ असार, काठमाडौं । रिजनल ब्राण्ड कलर्सको नयाँ स्मार्टफोन ‘एक्स फ्याक्टर एचडी’ नेपाली बजारमा भित्रिएको छ । नेपाली उपभोक्ता सुहाउँदो उक्त स्मार्टफोन कलर्स मोबाइलको नेपालका लागि आधिकारीक बिक्रेता टेलिटकले नेपाल भित्राएको हो । स्मार्टफोनको टेलिटकका अध्यक्ष रोहित गुप्ता र कार्यकारी निर्देशक सञ्जय अग्रवालले शुक्रबार संयूक्त रुपमा उद्घाटन गर्नुभएको थियो । स्मार्टफोन नेपाली बजारमा २५ हजार रुपैयाँभन्दा तल नै पाइने कम्पनीले बताएको छ ।
‘निम्न मध्यमवर्गीय उपभोक्ताहरुका लागि उच्च प्रविधियूक्त यो स्मार्टफोन उत्तम हुनेछ’ अग्रवालले भन्नुभयो- ‘नयाँ स्मार्टफोनले उपभोक्ताको मन जित्न सफल हुनेछ ।’ कलर्सको एक्स फ्याक्टर सिरिजले पछिल्लो समय नेपाली उपभोक्ताको मन जित्न सफल भएका छन् । कम मूल्यमा उच्च प्रविधिको स्मार्टफोन चलाउन पाएपछि उपभोक्ता कलर्सतर्फ आकषिर्त भएको कम्पनीको दाबि छ ।
सुविधा यस्ता छन्
एक्स फ्याक्टर एचडी स्मार्टफोनमा दूई सीम प्रयोग गर्न सकिने छ । ४.७ इन्चको टच स्क्रीन भएको यस स्मार्टफोनमा १ जीबी र्याम रहेको छ । स्मार्टफोनमा १.२ गिगाहर्ज मिडिया टेक क्वार्ड कोर प्रोसेसर रहेको छ । एन्ड्रोइड ४.२.१ ओएस जेलीवीन अपरेटिङ सिष्टम रहेको यसमा पछाडी ८ मेगापिक्सेल क्यामेरा र अगाडी २ मेगापिक्सेल क्यामेरा रहेको छ । यसमा पानोरामा क्यामेरा भएको हुँदा ३६० डिग्रीको फोटो खिच्न सकिन्छ । १८०० एमएएच ब्याटि्र भएको यो स्मार्टफोन खरिद गर्दा ग्राहकले लेदरको कभर ८ जीबी मेमोरी कार्ड सित्तैमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |