भारतले पाकिस्तानलाई ८ विकेटले हरायो

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

 India won Pakistan by 8 wicket in Champions Trophy 2013
२ असार, काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । वर्षाका कारण प्रभावित खेल पटक–पटक रोक्नु परेको थियो ।

पहिले व्याटिङ थालेको पाकिस्तानले भारतसामू १ सय ६६ रनको लक्ष्य प्रस्तुत ग¥यो । वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले अन्तिम २ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय ६५ रन बनायो । उसका लागि असद सफिकले सर्वाधिक ४१ रन बनाए । भारतका भुवनेश्वर कुमारले १९ रन दिएर २ विकेट लिए ।

जवाफमा भारतले व्याटिङ थाल्नु अघि नै वर्षा भएपछि डकवर्थ लुईसका आधारमा भारतलाई १ सय ५७ रनको लक्ष्य दिइयो । फेरि वर्षा भएपछि २२ ओभरमा १ सय २ रनको नयाँ लक्ष्य तोकियो । जुन, भारतले सहज रुपमा १७ बल बाँकी छँदा २ विकेटको क्षतिमा भेट्टायो । शिखर धवनले ४८ रन बनाए ।

जितपछि यसअघि नै सेमिफाइनल पुगेको भारतले सबै खेल जितेर ६ अंक बनाएको छ भने पाकिस्तानले अंकको खाता ने खोल्न सकेन ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस