कन्ट्रयाक्ट किलर लगाएर आफ्नै छोरीको हत्या, को हुन यी निर्दयी बाबु ? (भिडियो हेर्नुहोस)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

असार १ – पेसेवर हत्यारामार्फत छोरीको हत्या गराउने बाबुलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । बथनाहा गाविस ७ का चन्द्रिकाका राउतले १६ वर्षीया छोरी रुविलाई जेठ ६ गते १ नेपाली र २ भारतीय पेसेवर हत्यारालाई १० हजार दिएर हत्या गराएको प्रहरीले दाबी गरेको छ ।प्रहरी टोलीले कोइलाडी गाविस ९ स्थित खेतमा हत्या गरेर जलाएको अवस्थामा रुविको शव जेठ ७ गते फेला पारेको थियो । त्यतिबेला खुट्टाबाहेक शवको अन्य भाग जलेकाले पहिचान हुन सक्ने अवस्था थिएन ।



प्रहरीको अनुसन्धान क्रममा रुविकै शव भएको प्रमाणित भएपछि अनुसन्धानका लागि बुबा चन्द्रिकामाथि प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा रुविले अरू जातिका युवकसित प्रेम गरेर समाजमा बदनाम पारेको झोंकमा बुबाले हत्या गराएको तथ्य खुलेपछि उनलाई साताअघि नियन्त्रणमा लिएको थियो । हत्यामा संलग्न कोइलाडी ३ का मोहन साहलाई समेत प्रहरीले पक्राउ गरेको छ । रुविको गाउँकै अरुणकुमार साहसित प्रेम सम्बन्ध थियो ।प्रेम सम्बन्धले उनीहरू गएको चैत ३ गते भागेर दिल्ली पुगेका थिए । गाउँमा भएको पञ्चैयतीले दुवैलाई झिकाएर ल्याउने र केटा पक्षले केटी पक्षलाई क्षतिपूर्तिबापत ५० हजार दिने सहमति भएको थियो । साथै पुनः केटीकेटासित भागेको खण्डमा केटी पक्षलाई १ लाख तिर्नुपर्ने सहमति पनि भएको रहेछ । केटाकेटीलाई दिल्लीबाट ल्याएर छुट्याए पनि उनीहरूबीच सम्बन्ध कायमै रहेकाले केटीका बुबालाई एक लाख तिर्नुपर्ने र समाज पनि बदनामी भएकाले छोरी मार्ने योजनामा उनी पुगेको प्रहरी अनुसन्धानले देखाएको छ ।रुविका बुबा चन्दि्रकाले पनि आफू जेठ ६ गते मोहन साहसहित तीन जनालाई दस हजार र छोरीलाई जिम्मा लगाइदिएको स्वीकार गरेका छन् । चन्द्रिकाले छोरीलाई उनीहरूको जिम्मा लगाएको भोलिपल्टै रुविको हत्या गरेर जलाएको अवस्थामा फेला परेको थियो । यता रुविको हत्यामा संलग्न बुबा र कोइलाडी बरसाइनका मोहन साहलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस