विदेशस्थित नेपाली नियोगमा ६६ करोड भ्रष्टाचार

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

६ असार, काठमाण्डौं । पेरिस र ब्रसेल्सस्थित नेपाली दूतावासका कर्मचारीले छोराछोरीलाई पढाएको भन्दै बिलबिनै पोहोर ६ लाख ८२ हजार रुपैयाँ भुक्तानी लिए । २९ विदेशी नियोगमा कार्यरत कर्मचारीले आश्रति परिवार साथमा नरहे पनि पारिवारिक भत्तालगायत सुविधाबापत सात करोडभन्दा बढी भुक्तानी लिएका छन् ।

यसरी विभिन्न शीर्षकमा बिल पेस नै नगरी र बजेटमै नभएका शीर्षकमा विदेशस्थित नेपाली नियोगले ६५ करोड ८४ लाख १८ हजार रुपैयाँ अपचलन गरेको महालेखा परीक्षकको अध्ययनले देखाएको बिहीबार प्रकाशित नागरिक दैनिकमा खबर छ ।

सरकारले २०५१ सालमा नियोग प्रमुखलगायत कर्मचारीका आश्रति पाँच बर्षभन्दा माथि र १८ बर्षमुनिका अधिकतम दुई छोराछोरीलाई बढीमा १२ कक्षासम्म देश हेरी तोेकेबमोजिम शैक्षिक भत्ता दिने निर्णय गरेको थियो ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस