बिदेशबाट नेपालका मोबाइलमा अबैध ब्यालेन्स ट्रान्सफर

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)


६ असार, काठमाण्डौं । ‘हेलो मलाई तुरुन्त ५ सय रुपैयाँ ब्यालेन्स पठाइदिनुस् त,’ संखुवासभा मनकामना नगरपालिका–१३ की गीता श्रेष्ठले दुबई फोन गरेको केही समयमै उनको मोबाइलमा ब्यालेन्स वृद्धि भयो । दुबईमा रहेका श्रीमान् प्रकाश श्रेष्ठले खाडी मुलुकबाटै नेपाल टेलिकमको मोबाइलमा रिचार्ज गरेपछि उनको मोबाइलमा ब्यालेन्स बढेको हो । अहिले यूएईलगायत खाडी मुलुकका लाखौं नेपालीले परदेशमै बसेर नेपालमा सञ्चालित एनटीसी, एनसेल, ल्यान्डलाइन तथा एडीएसएलको बिल भुक्तानी र रिचार्ज गर्दै आएका छन् ।
यसले नेपालका दुर्गम गाउँ र बस्तीका सेवाग्राहीलाई सजिलो बनाइदिएको छ । बजारसम्म पुग्ने झन्झटबाट मुक्त मात्र गरेको छैन समयको पनि बचत भएको छ । तर, यसबाट विदेशी मुद्राको ठूलो परिमाणमा अवैध कारोबार भइरहेको छ । यूएई मात्र होइन, कतार, साउदी अरब, मलेसिया, लेबनान, इजरायललगायतका मुलुकबाट हरेक दिन ई–सिस्टमबाट लाखौं रुपैयाँ ब्यालेन्स ट्रान्सफरको नाममा अवैध तरिकाले नेपाल भित्रिरहेको छ ।

सञ्जाल नै निर्माण गरेर नेपालीहरूको एउटा समूहले ५ प्रतिशतसम्म सर्भिस चार्ज भन्दै विदेशी रुपैयाँ लिएर नेपालका मोबाइलमा ब्यालेन्स पठाउने व्यवसाय गरिरहेका छन् । अवैध तवरले विदेशी मुद्रा नेपाल भित्र्याउन सञ्चालित हुन्डी, विनादर्ताका मनी ट्रान्सफरहरूझैं नेपाली मुद्राको तोकिएको रेटभन्दा कम दिएर टप अप प्लिज नामक संस्थाको पर्चा बाँड्दै त्यसमार्फत ब्यालेन्स ट्रान्सफर गर्ने व्यवसाय गरिरहेका छन् । यूएईको आबुधाबीमा लेखनाथ पोख्रेललगायतले आफूहरू वैध रहेको दाबी गर्दै नेपालीसँग दिराम असुल गर्दै नेपालका मोबाइलमा ब्यालेन्स ट्रान्सफर गरिरहेका छन् ।

आफूलाई मार्केटिड अफिसर बताउने उनले यूएईमा आफूहरूको संस्था लाकिया ५२ एफजेड ४०६१२५७०७ मा दर्ता गरेको भन्दै आबुधाबीको रस अल खेमा बिल्डिङमा अफिस नै राखेर नेपालका मोबाइलमा ब्यालेन्स पठाउने गरिरहेका छन् । तर, उनले नेपालका मोबाइलमा विदेशी मुद्रा लिएर ब्यालेन्स ट्रान्सफर गर्ने अधिकार या सम्झौता कुनै संस्थासँग भएको प्रमाण भने देखाउन सकेनन् । उनले भने, ‘हामीले सेवा दिएका छौं, झन् नेपालीलाई सजिलो भएको छ ।’ तर, विदेशी मुद्रा लिएर इन्टरनेटको माध्यमबाट ब्यालेन्स ट्रान्सफर गर्दा विदेशी मुद्राको कालो धन्दाको विषयमा बोल्न चाहेनन् ।

‘म नेपाल टेलिकमको ६० प्रतिशत बजार होल्ड गर्ने क्षमता राख्छु हामीले नेपालीका लागि सजिलो बनाइदिएका छौं,’ उनले भने । अवैध विदेशी मुद्राको कारोबार गरेर राजस्व छली गर्ने गिरोह नयाँनयाँ शैलीमा विकास भइरहेको छ भन्ने पछिल्लो प्रमाण यसले दिएको छ । विदेशमा नेपालीद्वारा सञ्चालित अवैध हुन्डीलगायत अन्य विषयमा विदेशी मुद्राको कालो बजार गर्ने र नेपाल भित्रिने रेमिटेन्स छली गर्ने कार्य बढिरहेको र सरकारले नियन्त्रण गर्न नसकिरहेका बेलामा दूरसञ्चार कम्पनीलाई माध्यम बनाएर कालोबजारी गर्नेउपर कारबाही या नियन्त्रण नगरे यसले झन् ठूलो विकराल रूप लिन सक्ने राजधानी दैनिकमा खबर छ ।

नेपाल टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले टेलिकमको एमपोसबाट रिचार्ज वा ब्यालेन्स ट्रान्सफर गर्न सकिने बताइन् । ‘कसैले बैंकमा एकाउन्ट खोलेर एमपोस किनेर ब्यालेन्स ट्रान्सफर र रिचार्ज वा अन्य सुविधा लिन सक्छ,’ उनले भनिन् । Onlinekhabar

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस