हेटौंडा पुग्दा पूर्व राजा ज्ञानेन्द्रको जयजयकार( धर्मकर्ममा ज्ञानेन्द्र)- भिडियो सहित
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार हेटौंडा नगरपालिका–९ पशुपतिनगरको चक्रवर्ती बौद्ध गुम्बामा पूजाआजा गर्नुभएको छ । सो अवसरमा उहाँले मन्दिर व्यवस्थापनका लागि रु एक लाख सहयोग समेत प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव सागर तिमिल्सिनाले बताए । यसैगरी पूर्वराजाले हेटौँडा नगरपालिका–४ स्थित पारिजातपथको श्रीकृष्ण प्रणामी मन्दिर तथा वडा नं. १० स्थित शक्तिपीठ भुटनदेवी मन्दिरमा पुगी पूजाआजा गर्नुभएको छ । उनले आफ्नो भ्रमण राजनीतिक नभए पनि जनताको निराशा देखेर आफूलाई चिन्ता लागेको बताएका छन्। तराईका विभिन्न जिल्लाको भ्रमण गरी हेटौंडा आइपुगेका पूर्वराजा ज्ञानेन्द्रले जनतामा देशको राजनीतिक अवस्था देखेर निराशा छाएको बताए।
हेटौंडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उनले आफू जनतामा उनीहरुको दुःख र पीडा सुन्न गएको बताए । जनताले सबै प्रकारका समस्याहरु खुलस्त भनेको बताउँदै उनले वर्तमान राजनीतिक अवस्थाबारे जनतामा निराशा छाएको आफूले पाएको बताए । भ्रमणका क्रममा जनताले आफूलाई सुनाएको पीडा स्मरण गर्दै उनले भने, ‘मलाई जनताको सामाजिक, आर्थिक र दिनका दिन हुने कामका बिषयमा चिन्ता लागेको छ ।’ उनले आफ्नो भ्रमणलाई धेरै धर्मिक भ्रमण भएको बताए। थोरै चाहिँ राजनीतिक उद्देश्य पनि छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अहिलेसम्म त धार्मिक नै थियो, बिल्कुल राजनीतिक होइन । तपाईँहरुलाई भेटपछि राजनीतिक जस्तो पनि भयो।’ जनताको पीडा र अप्ठायारा सञ्चारकर्मीले बुझेको बताउँदै उनले सम्प्रेषण गरिदिन आग्रह गरे। ‘तपाइँहरुलाइ नै थाहा छ, सबैतिर पुर्याइदिनुस्’, उनले भने ।
|
|
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |