त्रिशुलीमा पौडी खेल्ने क्रममा एकै परिवारका चारसहित ५ वेपत्ता (भिडियो हेर्नुहोस)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

Five youths go missing in Trishuli River 

काठमाडौं, १ असार । त्रिशुली नदीमा पौडी खेल्ने क्रममा डुबेर शनिवार ५ जना किशोर किशोरी बेपत्ता भएका छन् । भरतपुरबाट पृथ्बीराजमार्ग अन्तर्गत कुरिनटार घुम्न गएका ४ किशोरी र १ किशोर बेपत्ता भएको सशस्त्र प्रहरी बल बिपद ब्यवस्थापन तालिम केन्द्र कुरिनटारले जनाएको छ ।बेपत्ता हुनेमा भरतपुर चौविस कोठीका रजनी रेग्मी,लिना रेग्मी,अस्मिता रेग्मी,मनिका रेग्मी र जनक राउत छन् । उनीहरु मध्ये सुसान्त रेग्मी सकुशल छन् । सार्वजनिक गाडी चढेर कुरिनटार घुम्न गएका उनीहरु दिउंसो १२ बजे कुरिनटारको रिभर साईट होटलमा खाजा खाएर नदी छेउमा खेल्न गएका थिए ।

सामान्य रुपमा पौडी खेल्दै गर्दा बगेपछि एकले अर्कोलाई बचाउने क्रममा ५ जना नै बगेर बेपत्ता भएको सशस्त्र प्रहरी बल बिपद ब्यवस्थापन तालिम केन्द्र कुरिनटारका डिएसपी दीपेन्द्र गिरिले जानकारी दिए । राजमार्गबाट १ सय ५० मिटरको दुरीमा घट्ना भएकाले तालिम केन्द्रबाट प्रहरी निरिक्षक प्रद्युम्न थापाको नेतृत्व टोलीले नदीमा रेस्कु सामान सहित खोजी कार्य जारी राखेको छ ।पानी घुम्ने ठाउंमा घट्ना घटेकाले खोजीमा कठिनाई भएको छ । सुशान्त भने पौडी नखेलेकाले नबगेको प्रहरीले जनायो । नदीमा बेपत्ता किशोरीहरु भने एकै परिवारको रहेको जनाईएको छ ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
, ,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस