ठगी गर्ने सुनचाँदी ब्यवसायीलाई छुट दिईने- दश दिनपछि सुन पसल खुले (भिडियो हेर्नुहोस)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

Jewellery shops to open for business from today
अनुगमनका क्रममा गठी गरेको पाईएका व्यवसायीहरुलाई सरकारले कारबाही नगर्ने प्रतिबद्धता जनाएपछि सुन व्यवसायीहरु सहमतिमा आएका छन् । दश दिनदेखि बन्द सुनचाँदी पसलहरु खुलाउने सहमति भएको छ । सुनचाँदी व्यवसायीहरुले आन्दोलन सबै कार्यक्रम फिर्ता लिएपछि आजबाट सबै सुनचाँदी पसलहरु खुल्ने भएका हुन् । सरकार र व्यवसायीबीच हिजो भएको वार्तामा सुनचाँदी व्यवसायीका समस्या समाधान गर्ने सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष मणिरत्न शाक्यले सीआईएनलाई जानकारी दिनुभयो ।


हिजोको छलफलबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा सरकारका तर्फबाट पँच जना र व्यवसायीका तर्फबाट चार जनाको कार्यदल बनाइएको छ । कार्यदलको सोमवार बस्ने बैठकपछि योजना तर्जुमा गर्ने र काम अघि बढ्ने सहमति भएको छ । कार्यदलले सुनचाँदी व्यवसायीलाई कारवाहीका लागि अनुगमन मापदण्ड पनि तयार गर्ने भएको छ । सरकारले केही दिनअघि केही सुनचाँदी पसलहरुमा गरेको अनुगमनका विषयमा पनि छनविन भइरहेको छ । दश दिनदेखि सुनचाँदी पसल बन्द हुदा सरकारलाई हरेक दिन करिब डेढ करोड राजस्व घाटा हुने गरेको छ ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस