राष्ट्रका गहना मानिने कलाकारहरुमा जुवा र दुर्व्यसनीको मोह बढ्दो (भिडियो हेर्नुहोस)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

नेपाली सुगम संगीतका चर्चित गायक यम बराल शुक्रबार बिहान मल्ल होटलको क्यासिनोबाट पक्राउ परेका छन् । उनी शुक्रबार विहान जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका हुन। दरबारमार्ग प्रहरी टोलीले लैनचौरस्थित मल्ल क्यासिनो अनुगमन गर्न गएको बेला गायक बराललाई बिहीबार राति २ बजे पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ । गायक बराललाई रातभर दरबारमार्ग प्रहरी कार्यालयमा राखिए पनि विहान १० बजे हनुमानढोका प्रहरी परिसरमा लगिएको प्रहरी उच्च स्रोतले जनाएको छ। कानून अनुसार नेपालीले क्यासिनोमा जुवा खेल्न मनाही छ । पछिल्लो समय क्यासिनोमा नेपालीको प्रवेश रोक्न कडाइ गर्न थालिएको छ । सादा पोसाकका प्रहरीसमेत क्यासिनो वरपर सक्रिय रहँदै आएको दरबारमार्ग प्रहरी कार्यालय स्रोतले जानकारी दियो। अनुगमनमा नेपालीले जुवा खेलिरहेको भेटिए सम्बन्धित जुवाडे र क्यासिनो व्यवस्थापकलाई समेत पक्राउ गर्न थालिएको छ । पहिले जुवाडेलाई मात्र समातिन्थ्यो । जुवा खेलाउनेले भने छुट पाउँथे । यो कडाइपछि नेपालीको प्रवेश घटे पनि पूरै निमिट्यान्न भइसकेको छैन । यम बराल समातिनु यसैको उदाहरण हो ।

‘वनको काफल वनकै चरीलाई’ भन्ने चर्चित गीत गाएर कलाकारीतामा प्रवेश गरेकी यी गायीका सिर्जना बिरही थापा नीकै छिटो श्रोत माज प्रिय भईन तर बाहिरी रुपमा उनि गीत संगीतमा लागॆपनि भित्र भित्र एउटा खेलमा मस्त थीईन !ढुकुटी खेलाएर ५० लाख रुपैंया ठगेको आरोपमा गायिका सृजना बिरही थापालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई वुधबार बिहान केही व्यक्तिहरुको उजुरीको आरोपमा काठमाडौंको सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि गायिका बिरहीले आफू रोडमा आएको भन्दै सबै सकिएको बताएकी थिइन् । २ वर्षा पहिला उनि सामाखुसी टाउन प्लानिङस्थित एक सुविधा सम्पन्न जुवाधरमा प्रहरीले छापा मार्दा जुवाघरबाट लोकगायिका सिर्जना विरही थापा पक्राउ परेकी थीईन । घुम्ने कुर्सी राखिएको जुवाघरमा घुमी-घुमी जुवा खेलिरहेका सबैजना पक्राउ परेपछि चिसो हिरासतमा लीएको थीयो । उनलाई फेरि प्रहरीले कुटपिट गरेको र ढुकुटी खेलाएको आरोपमा पक्राउ गरेको छ !

काठमाडौं,माघ २७ । लागु औषध खैरो हेरोईन प्रयोगको शंकामा पक्राउ परेका गायक सुगम पोख्रेललाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । उहाँको साथबाट लागुऔषध नभेटिएपनि दुव्र्यसनीको शंकामा प्रहरीले पुनस्र्थापना केन्द्र पठाउने शर्तमा परिवारलाई जिम्मा लगाएको हो । सुगमको साथबाट लागुऔषध नभेटिएको तर दुब्र्यसनिमा फसेको हुन सक्ने भएकाले पुनस्र्थापना केन्द्रमा पठाउने शर्तमा परिवारलाई जिम्मा लगाईएको लागु औषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी नायब महानिरिक्षक केदार साउदले बताउनुभयो । काठमाडौंको सेतोपुलबाट प्रहरीले शुक्रबार सुगमसहित अरु ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये एक जना मात्रै विक्रेता रहेको र गायक सुगम पोखरेलले ती व्यक्तिबाट लागू औषध लिने गरेको प्रहरीले जनाएको छ ।


काठमाडौं,बैशाख १९ । नेपाली सुगम संगितका चर्चित गायक रामकृष्ण ढकालको घरजग्गा लिलामीमा परेको छ । ढकालको घर लिलामीका लागि ललितपुरको एक सहकारीले आज ३५ दिने सुचना प्रकाशित गरेको छ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋणको सावाँ, ब्याज र अतिरिक्त ब्याजको रकम पटक–पटक ताकेता गर्दा समेत नबुझाएपछि धितोमा रहेको घरसहितको जग्गा लिलामी गर्ने सुचना कान्तिपुर दैनिकमा छापिएको छ । गायक ढकालकी श्रीमती निलम शाह ढकालले उक्त सहकारीबाट ऋण लिएकी थिइन् । श्रीमतीको नाममा निकालिएको ऋणको व्यक्तिगत जमानत ढकाल आफैले दिएका थिए । स्रोतका अनुसार ढकालले उक्त सहकारीबाट झण्डै दुई करोड ऋण लिएका थिए । ऋणको धितो रहेको ललितपुर जिल्ला स्थीत सैवु गाविस–८ मा अवस्थित कित्ता नं. ३९२, ३९३ को ८७.४४, २००.७१ वर्गमिटर क्षेत्रफल भएको जग्गासहित उक्त जग्गामा निर्मित घर लिमामीका लागि सहकारीले आगामी जेठ २३ गतेको मिति तोकेको छ ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
, , ,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस