कमिसनको खेलले अन्धकारमा विद्यार्थीको भबिष्य,पुगेन पाठ्यपुस्तक (भिडियो हेर्नुहोस)
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
![]() |
जिल्लाका अधिकांश विद्यालयमा पाठ्य पुस्तकको अभाव भएको छ । शैक्षिक वर्ष सुरु भएको २ महिना बितिसक्दा पनि पाठ्य पुस्तक नपुग्दा जिल्लाका दुर्गम गाविसका विद्यालयमा पाठ्य पुस्तकको अभाव भएको हो । विद्यालयमा समय मै पाठ्य पुस्तक नपुग्दा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । शिक्षकहरुलाई पनि अध्यापन गराउन समस्या भएको बिद्यालयले जनाएको छ । विद्यालय सुचारु भएको दुई महिना बित्न लाग्दा समेत नयाँ पाठ्य पुस्तक नपुग्दा हाल अधिकांश विद्यार्थीहरुले लेख्ने कापी मात्र लिएर विद्यालय जाने गरेका छन् । जसका कारण वर्षेनी विद्यार्थीहरुले पुरा पाठ्यक्रम अध्ययन गर्न नपाई परीक्षा दिने गरेका छन् । सरकारले निशुल्क पाठ्य पुस्तकको व्यवस्था गरेपनि समयमै विद्यार्थीहरुले किताब नपाउदा केहीले पुराना पुस्तकलाई प्रयोगमा ल्याएका छन् । पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरु विद्यालय समेत आउन छाडेको छन् । तर यस विषयमा सरोकार वाला निकायले भने चासो नदिई ढाकछोप गर्ने गरेका छन् ।
|
|
![]() |
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |