पूर्व राजाको भ्रमण दलहरुलाई चुनौती, भ्रमणको उदेश्य धार्मिक हो की राजनीतिक (भिडियो हेर्नुहोस)
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
![]() |
आषाढे झरीझैँ भ्रमणमा निस्केका पूर्व राजा ज्ञानेन्द्र शाह यती बेला जनताका माजमा छन् । ज्ञानेन्द्र शाहले समय आएपछि नागरिकको चाहना अनुसार आफू सक्रिय हुन सक्ने संकेत गरॆका छन् । धार्मिक भ्रमणको क्रममा मंगलवार रौतहटको सदरमुकाम गौर आएका शाहले स्थानीय सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै समय आएपछि नागरिकको माझमा आउने संकेत गरॆका हुन् ।
‘समय आओस् जनताले जे भन्छन्, त्यो गर्छु’, अहिले आफू सक्रिय हुने समय नआएको बताउँदै शाहले भन्नुभयो ‘अहिले समयको बाटो हेर्दै बसेको छु ।’ आफू धार्मिक भ्रमणमा रहेकोले राजनीतिक कुरा नगर्न पत्रकारहरुलाई आग्रह गरेपनि पूर्व राजा शाहले दलहरुले निष्पक्ष रुपमा संविधानसभाको चुनाव सम्पन्न गरेर नागरिकलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनुभयो । उहााले चुनाव निष्पक्ष र धाँधलीरहित हुनु पर्ने र त्यसमा सबैले भाग लिनु पर्ने पनि बताउनुभयो ।
|
|
![]() |
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |