मानव स्वास्थ्य माथी गम्भीर खेलवाड- यो दूध की बिष ? (भिडियो हेर्नुहोस)
(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)
|
![]() |
भक्तपुरका तीनवटा दूध उत्पादन डेरीमा केन्द्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार सिलबन्दी गरेको छ । दैनिक प्रयोग गर्ने दूधमा दिसामा पाइने परजीवी (कोलिफर्म) पाइएपछि केन्द्रीय खाद्य प्रविधि तथा गुण नियन्यण विभागले ती उद्योगमा सिलबन्दी गरेको हो । सिलबन्दी भएका उद्योगमा भक्तपुर औद्योगिक क्षेत्रमा अवस्थित भक्तपुर डेरी प्राली, बागिश्वरी–२ मा सञ्चालित सैँजु डेरी र छालिङमा रहेको खरीपाटी डेरी रहेका छन् । विभागले गत साता उपत्यकामा भएका दूध डेरीहरूको पाकेटको दूध परीक्षण गर्दा कोलिर्फम नामक परिजीवी भेटिएपछि अनुगमन सुरु गरेको हो ।मानव स्वास्थ्यमा असर गर्ने र झाडा पखाला, आउँ, हैजालगायत रोग सार्ने जीवाणु दूधको पाकेटमा फेला परेपछि विभागले सिलबन्दी गरी कारबाहीको दायरामा ल्याउन लागेको विभागले बतायो ।
|
|
![]() |
प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar |