महाकाली आतंकः हेर्दा हेर्दै एउटा सिंगो बस्ती नै बगायो,एकको मृत्यु

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)


दार्चुला, ३ असार । महाकाली नदीमा आएको बाढीका कारण दार्चुला सदरमुकाम खलंगा बजार अस्तव्यस्त भएको छ भने एक महिला बेपत्ता भएकी छन् ।

त्यस्तै,  जिल्ला वन कार्यालय, जिल्ला अस्पताल, शैक्षिक तालिम केन्द्र, प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयहरु महाकालीले बगाएका छन् । त्यसैगरी, गल्फैका ६ घर र एक क्लिनिक पनि बगाएको छ । छापरीमा तातोपानी मन्दिर र ४ वटा पसल बगाएको छ । ब्रहृमदेव कालागाड खोलाको लघु जलबिद्युत योजनाको पावर हाउस बगाएको छ । जिल्ला अस्पताल छेउसम्म नदी पुगेकाले बिरामीलाई अन्यत्र सारेको दार्चुलाका प्रहरी नायब उपरीक्षक कुबेर कडायतले बताउनु भयो । पानी अहिले पनि रोकिएको छैन भने जिल्ला बाहेक अरु ठाउँबाट कुनै किसिमको उद्दारको प्रयास नभएको स्थानीयहरु बताउछन् ।

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
, , ,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस