Breaking News- उर्लियो महाकाली (बाढी हेर्न गएकी महिलालाई महाकालीले बगायो)

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

लगातारको वर्षले गर्दा महाकाली नदी उर्लेको छ ।  सनिबार दिउंसोदेखि परेको अविरल वर्षका कारण दार्चुला सदरमुकामलाई नै खतरा उत्पन्न् भएको छ । महाकाली नदीमा पानीको भेल बढ्दा खतरा जहिले पनि तराईको कञ्चनपुर जिल्लालाई हुने गरेको छ । दार्चुलामा बाढी हेर्न गएकी एक महिलालाई महाकालीले बगाएको छ। आज बिहान बाढी हेर्न गएकी धाप गाविस–५ की ३० वर्षीया सरस्वती रैखोलालाई महाकालीले बगाएको हो। उनि बाढी हेर्न घर नजिकैको महाकाली नदी किनार पुगेकी थिइन्। बाढीले बगाएकी रैखोलाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। तीन दिनको लगातारको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम नजिकैको एउटा बस्ती नै बगाएको छ। बाढीले दार्चुला सदरमुकाम खलंगा–४ स्थित दलित बस्ती बगाएको हो। दशकौंयता कै उच्च बाढी आएपछि दार्चुला सदरमुकाम खलंगा यतिबेला जोखिममा छ। स्थानीय पत्रकार भोजराज जोशीले जानकारी दिए अनुसार नेपाल–भारत जोड्ने सीमा पुल खतरामा छ। बाढी पुलसम्म पुगेपछि उक्त पुलमा आउ–जाउ बन्द गरिएको छ।
Rain triggered flood in Mahakali River Breaking News 17th June 2013, Mahakali Nadi ma Badhi

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस