भारतमा समेत संविधानसभाको मतदान केन्द्र राखियोस् : माष्टर थापा

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)

Master Thapa- Voting Spots of Constitutional Assembly Election 2070
मुम्बईमा नेपाली महावाणिज्य दुतावास चाहियो

३ असार,काठमाडौं । मंसिर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचनमा आफुहरुले पनि मताधिकार पाउनुपर्ने प्र्रवासी नेपालीले माग गरेका छन् । साथै मुम्बईमा नेपाली महावाणिज्य दुतावास स्थापना गर्नुपर्ने माग गर्दै मुम्बईबाट शिव सेनाका माष्टर थापाको नेतृत्वमा एउटा टोली काठमाडौं आइपुगेको छ ।
नेपाली श्रमिक मजदुर यूनियनका अध्यक्षसमेत रहेका मास्टर थापाको टोलीले प्रमुख दलका शीर्ष नेताहरुलाई समेत भेटेको छ । भेटमा थापाको टोलीले भारतमा काम गर्ने नेपाली श्रमिकहरुको पीडा र राज्यले गर्नुपर्ने लगायतको माग अघि सारेको थापाले सोमबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा जानकारी दिनुभयो ।

लाखौं नेपालीहरु रहेको मुम्बईमा नेपाल सरकारको कुनै सम्पर्कस्थल नहुँदा नेपाली श्रमिक र प्रवासी नेपालीहरुले विभिन्न किसिमका अनावश्यक कानूनी झमेला बेहोर्दै आउनुपरेको पत्रकार सम्मेलनमा थापाले गुनसो पोख्नुभयो । त्यस्तै दिल्लीस्थित नेपाली दुतावासले समेत नेपालीहरुका समस्या समाधानमा बेवास्ता गर्ने गरेको थापाले गुनासो पोख्नुभयो । नेपालीमाथि पर्ने पीरमर्का हल गर्न तत्काल मुम्बईमा महावाणिज्य दुतावास स्थापना गर्न थापाले माग गर्नुभयो ।

आफूहरु पनि नेपाली आमाको सन्तान भएकाले नेपालको भविष्यको निर्धारण गर्ने संविधान सभाको निर्वाचनमा मतदान गर्न पाउनुपर्ने भन्दै त्यसका लागि भारतका प्रमुख शहरमा समेत मतदानकेन्द्र स्थापना गर्न थापाले आग्रह गर्नुभयो । १ करोड नेपालीहरु रहने भारतमा पनि यस्तो सुविधा दिन सके नेपालको विकासमा लगानी गर्न सकिने उहाँले बताउनुभयो ।

थापाले भारतमा दुःख गरेर कमाएको रकम नेपाल आउँदा सीमानामा नेपाली र भारतीय सुरक्षाकर्मीले लुट्ने गरेको बताउनुभयो । साथै नेपाली चेलिबेटी भारतमा तस्करी हुँदा नेपालीहरुले भारतमा शीर निहुर्‍याउनु परेको बताउँदै यसका लागि नेपालले सीमानामै यसको समाधानका लागि संयन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो । आफूहरुको मागमा चार पार्टीका शीर्ष नेताहरु सकारात्मक देखिएको थापाले बताउनुभयो ।

मुम्बई हुँदै खाडी मुलुकमा नेपाली चेलिवेटीहरु निर्वाध पठाउने गरिएकोमा त्यसलाई न्यूनीकरण गर्ने आफूहरुको प्रयास भए पनि सरकारले वास्ता नगर्दा यसलाई रोक्न नसकिएको भन्दै नेपालका म्यानपावर एजेन्सीमाथि कडा निगरानी गर्नुका साथै सीमा नाकाहरु र विमानस्थलमा कडा चेकजाँच गर्न थापाले आग्रह गर्नुभयो ।

केही महिनाअघि बाल ठाकरेको अस्तु सेलाउन मुक्तिनाथ र काठमाडौं आएका भारतीय शिव सेनासँग नजिक रहेका थापाले सोमबार रिपोर्टस क्लबमा भन्नुभयो- चार नेताले घोषणा गर्दैमा नेपाल धर्म निरपेक्ष हुन सक्दैन ।’ भारतमा निर्वाचनपछि हुने सरकार परिवर्तनसँगै नेपालमा पनि धर्म निरपेक्षता परिवर्तन हुने थापाले दाबी गर्नुभयो ।
- OnlineKhabar

(Watch Video Clip- पुरा भिडियो तलको बक्सभित्र हेर्नुहोस्)



प्रतिक्रिया दिनुहोस :
मन परेमा हामीलाई Like गर्नुहोस PressKhabar
,
Watch Latest Music Video Online

Watch Latest Updated Nepali Movie Online FREE
Powered by Blogger.

पुरा भिडियो हेर्न LIKE गर्नुहोस